आयोजना बने पनि त्यसको बिजुली १० हजार मेगावाटको निर्यात सम्झौतामा गनिने हो कि होइन, सम्झौतामै उल्लेख छैन ।
भा रतीय कम्पनीले जिम्मा लिएका नेपालका करिब ४७ सय मेगावाट क्षमताका सात ठूला जलविद्युत् आयोजनामध्ये हाल एउटा मात्रै निर्माणाधीन छ । ती आयोजना बनिहाले पनि तिनले उत्पादन गर्ने बिजुली भारतसँगको १० हजार मेगावाट निर्यात सम्झौताअन्तर्गत पर्ने हो कि होइन, सम्झौतामा उल्लेख छैन ।
भारतीय कम्पनीले जिम्मा लिएकामध्ये निर्माण भइरहेको आयोजना ९ सय मेगावाटको अरुण–३ हो । तर त्यसको समयसीमा पनि फागुन २०८४ सम्म धकेलिएको छ । तल्लो अरुणको जग्गा अधिग्रहण भए पनि वित्तीय व्यवस्थापन बाँकी छ । २०६५ मा समझदारी भएको माथिल्लो कर्णालीमा १८ वर्षपछि बल्ल लगानी बोर्डले निर्माण अघि बढाउन सहजीकरण गर्ने निर्णय गरेको छ । पश्चिम सेती र सेती नदी–६ को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अध्ययनकै चरणमा छ, अरुण–४ को समझदारीको म्याद सकिएको छ भने फुकोट कर्णाली निःशुल्क बिजुलीसम्बन्धी विवादमा अड्किएको छ ।
कान्तिपुर डिजिटल सदस्यता गहन समाचार पढ्नेहरूका लागि बनाइएको सदस्यता शीर्षक र सारांश मात्र पर्याप्त छैन। पूर्ण रिपोर्ट, पृष्ठभूमि र विश्लेषण अहिले नै अनलक गर्नुहोस् — बिना विज्ञापन, बिना सीमा। सबै प्रिमियम समाचार, विशेष रिपोर्ट र विश्लेषण अनलिमिटेड शान्त, विज्ञापनरहित पठन अनुभव मोबाइल, ट्याब्लेट र डेस्कटपमा एकै खाताबाट पहुँच स्वतन्त्र पत्रकारितालाई प्रत्यक्ष सहयोग
कान्तिपुर डिजिटल सदस्यता गहन समाचार पढ्नेहरूका लागि बनाइएको सदस्यता शीर्षक र सारांश मात्र पर्याप्त छैन। पूर्ण रिपोर्ट, पृष्ठभूमि र विश्लेषण अहिले नै अनलक गर्नुहोस् — बिना विज्ञापन, बिना सीमा। सबै प्रिमियम समाचार, विशेष रिपोर्ट र विश्लेषण अनलिमिटेड शान्त, विज्ञापनरहित पठन अनुभव
सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।