Trending
Prev Story
Next Story

अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च बिन्दुमा

Ekantipur •
November 19, 2026 • 02:02 PM
3
3 reads 0 reactions

अस्ट्रेलियाली तथ्यांक विभाग (एबीएस) का अनुसार सेप्टेम्बरमा ४.७ प्रतिशत रहेको बेरोजगारी दर अक्टोबरमा बढेर ४.९ प्रतिशत पुगेको हो ।

अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च बिन्दुमा

अस्ट्रेलियाली तथ्यांक विभाग (एबीएस) का अनुसार सेप्टेम्बरमा ४.७ प्रतिशत रहेको बेरोजगारी दर अक्टोबरमा बढेर ४.९ प्रतिशत पुगेको हो ।

क्यानबेरा — अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार सार्वजनिक सरकारी तथ्यांकअनुसार सन् २०२६ को अक्टोबरमा अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४.९ प्रतिशत पुगेको हो। यो सन् २०२१ को अक्टोबरयताकै उच्च बेरोजगारी दर हो ।

अस्ट्रेलियाली तथ्यांक विभाग (एबीएस) का अनुसार सेप्टेम्बरमा ४.७ प्रतिशत रहेको बेरोजगारी दर अक्टोबरमा बढेर ४.९ प्रतिशत पुगेको हो । अर्थशास्त्रीहरूले बेरोजगारी दर ४.७ प्रतिशतमै स्थिर रहने अनुमान गरेका थिए । तर सार्वजनिक तथ्यांकले उनीहरूको अनुमानभन्दा फरक अवस्था देखाएको छ ।

तथ्यांक विभागका अनुसार सेप्टेम्बरदेखि अक्टोबरसम्मको अवधिमा रोजगारीमा रहेका अस्ट्रेलियाली नागरिकको संख्या ४३ हजार ५०० ले घटेको छ । यसै अवधिमा बेरोजगार व्यक्तिको संख्या भने १७ हजार ८०० ले बढेको छ ।

अस्ट्रेलियन एसोसिएटेड प्रेसका अनुसार अर्थशास्त्रीहरूले अक्टोबरमा अर्थतन्त्रमा २० हजार नयाँ रोजगारी थपिने अपेक्षा गरेका थिए । यसअघि सेप्टेम्बरमा रोजगारीमा रहेका व्यक्तिको संख्या ३९ हजार ३०० ले घटेको थियो ।

यसैबीच, अस्ट्रेलियाको केन्द्रीय बैंक (रिजर्भ बैंक अफ अस्ट्रेलिया) ले नोभेम्बरको सुरुतिर सार्वजनिक गरेको प्रक्षेपणमा बेरोजगारी दर क्रमशः बढ्ने अनुमान गरेको थियो । बैंकका अनुसार सन् २०२६ को जुनमा ४.४ प्रतिशत रहेको बेरोजगारी दर डिसेम्बरसम्म ४.७ प्रतिशत पुग्ने र सन् २०२८ को मध्यतिर पाँच प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरिएको थियो ।

अस्ट्रेलियाली तथ्यांक विभागका श्रम तथ्यांक प्रमुख शन क्रिकले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार १५ देखि २४ वर्ष उमेर समूहका युवामा पनि बेरोजगारी बढेको छ। उक्त उमेर समूहको बेरोजगारी दर सेप्टेम्बरको ११.१ प्रतिशतबाट बढेर अक्टोबरमा ११.३ प्रतिशत पुगेको छ। यो पनि पाँच वर्षयताकै उच्च दर हो ।

त्यस्तै, अक्टोबरमा रोजगारीमा रहेको जनसंख्याको अनुपात ०.३ प्रतिशत विन्दुले घटेर ६३.३ प्रतिशतमा झरेको छ । यो सन् २०२१ को डिसेम्बरयताकै न्यून स्तर हो । श्रमशक्ति सहभागिता दर पनि ०.२ प्रतिशत विन्दुले घटेर ६६.६ प्रतिशतमा पुगेको तथ्यांक विभागले जनाएको छ । यस दरले काम गर्ने उमेरका जनसंख्यामध्ये कति व्यक्ति रोजगारीमा छन् वा रोजगारी खोजिरहेका छन् भन्ने देखाउँछ ।

यसैगरी, अक्टोबरमा अस्ट्रेलियाली नागरिकले काम गरेको कुल समय अघिल्लो महिनाको तुलनामा ०.२ प्रतिशतले घटेको छ ।

लगातार दुई महिनासम्म रोजगारीमा रहेका व्यक्तिको संख्या घट्नु, बेरोजगारी दर बढ्नु तथा श्रमशक्ति सहभागिता दरमा कमी आउनुले अस्ट्रेलियाको श्रम बजारमा आएको परिवर्तनलाई संकेत गरेको छ । विशेषगरी युवा उमेर समूहमा बेरोजगारी बढ्नु रोजगार बजारका लागि चुनौतीका रूपमा देखिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
13m ago
अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च

अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च

३ मङ्सिर, क्यानबेरा (रासस/सिन्ह्वा)। अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार सार्वजनिक सरकारी तथ्यांकअनुसार सन् २०२६ को अक्टोबरमा अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४.९ प्रतिशत पुगेको हो। यो सन् २०२१ को अक्टोबरयताकै उच्च …

#बेरोजगारी #पुगे #अस्ट्रेलिया
Compare →
Bizshala
39m ago
विदेशी मुद्रा सञ्चिति ६.८ प्रतिशत बढेर ४१ खर्ब ६१ अर्ब पुग्यो

विदेशी मुद्रा सञ्चिति ६.८ प्रतिशत बढेर ४१ खर्ब ६१ अर्ब पुग्यो

काठमाण्डौ । मुलुकको विदेशी मुद्रा सञ्चिति बढेर ४१ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक...

#पुगे #बढेर
Compare →
Nagarik News
1d ago
अस्ट्रेलियाविरुद्धको एक दिवसीय शृंखलामा इंल्यान्ड विजयी

अस्ट्रेलियाविरुद्धको एक दिवसीय शृंखलामा इंल्यान्ड विजयी

बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा ९७ रनको जित निकाल्दै भ्रमणकारी टोली इंल्यान्डले एक दिवसीय शृंखला कब्जा गरेको हो।

#अस्ट्रेलिया
Compare →
Hamro Patro News
2d ago
नइ एकेडेमी, अस्ट्रेलियाबाट १४ विधामा पुरस्कार प्रदान

नइ एकेडेमी, अस्ट्रेलियाबाट १४ विधामा पुरस्कार प्रदान

• नइ एकेडेमी, अस्ट्रेलियाले १४ विधामा 'नइ उत्कृष्ट पुरस्कार' प्रदान गर्दै नेपाली समुदायको उत्थान र सांस्कृतिक संरक्षणमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरेको छ। • डा कृष्ण हमाल र भरत नेपाललाई…

#अस्ट्रेलिया
Compare →
Arthasansar
1w ago
आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

अस्ट्रेलियाका पूर्व क्रिकेटर डेभिड वार्नरले सन् २०१८ को चर्चित ‘स्यान्डपेपर प्रकरण’मा टोलीका सबै सदस्यलाई बल टेम्परिङबारे जानकारी रहेको दाबी गरेका...

#अस्ट्रेलिया
Compare →

Related Stories

World News
Build #2612