Trending
Prev Story
Next Story

अवकाश जीवन फलफूल खेतीमा लगाउँदै पूर्वएआईजी आचार्य

Onlinekhabar •
November 19, 2026 • 01:31 PM
2
2 reads 0 reactions

१ मंसिर, स्याङ्जा । ३० वर्ष प्रहरी सेवामा बिताएर अवकाश लिएका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मुकुन्दराज आचार्य कृषिकर्ममा जुटेका छन् । उनले आफ्नै जन्मभूमि स्याङ्जा चापाकोटमा फलफूल खेती सुरु गरेका हुन् । अवकाशपछिको जीवन उत्पादनमूलक क्षेत्रमा …

अवकाश जीवन फलफूल खेतीमा लगाउँदै पूर्वएआईजी आचार्य

१ मंसिर, स्याङ्जा । ३० वर्ष प्रहरी सेवामा बिताएर अवकाश लिएका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मुकुन्दराज आचार्य कृषिकर्ममा जुटेका छन् । उनले आफ्नै जन्मभूमि स्याङ्जा चापाकोटमा फलफूल खेती सुरु गरेका हुन् ।

अवकाशपछिको जीवन उत्पादनमूलक क्षेत्रमा काम गरेर बिताउने उद्देश्यसहित आफू खेतीपातीमा लागेको उनले बताए ।

६२ वर्षीय आचार्यले २०७९ सालमा प्रहरी सेवाबाट अवकाश लिएपछि २०८० सालदेखि चापाकोट नगरपालिका-९, निर्दिममा फलफूल खेती थालेका हुन् । अवकाशपछिको समय सदुपयोग गर्नुका साथै गाउँमा फलफूल खेतीप्रति चेतना फैलाउने उद्देश्यले उनले लिची र आँपका बिरुवा रोपेका छन् ।

करिब ९ रोपनी क्षेत्रफलमा ५२ वटा लिची र १० वटा आँपका बिरुवा लगाएका उनले एभोकाडो र केराखेती पनि गरेका छन् ।

चापाकोटको हावापानी र माटो लिची तथा आँप खेतीका लागि उपयुक्त हुने भएकोले यी फलफूल रोजेको आचार्य बताउँछन् । उनले रोपेका अधिकांश लिचीका बिरुवा राम्रोसँग हुर्किरहेका छन् । लिची र आँपका बिरुवाले आगामी वर्षदेखि फल दिन थाल्ने अपेक्षा उनको छ ।

अवकाशपछि खाली बस्नुभन्दा आफ्नै गाउँमा उत्पादनमूलक काम गर्ने सोचले खेती सुरु गरेको आचार्यले बताए । यसमा हजुरबुबाको अधुरो सपना पूरा गर्ने उद्देश्य पनि जोडिएको छ ।

आचार्यका हजुरबुबा राणा शासनकालमा खरदार थिए । उनले गाउँमै कृषि कर्म गर्ने लक्ष्य राखेर जग्गा किनेका थिए । तर ती जग्गा लामो समयदेखि बाँझै रहे । हजुरबुबाले कृषि गर्ने उद्देश्यले किनेको जमिन उपयोगमा ल्याउने सोचले आफू खेतीमा लागेको आचार्यले बताए ।

आफूलाई पुग्ने पेन्सन आउने र काठमाडौंमा घरसमेत भए पनि गाउँमा बाँझो जमिन राख्नुभन्दा केही उत्पादन गर्ने सोचले खेतीमा लागेको उनको भनाइ छ । उनी र उनकी श्रीमती दुवै फलफूल खेतीमा सक्रिय छन् ।

साधारण जीवनयापन गर्दै आएका आचार्यले आफ्नै बारीमा फलफूल उत्पादन गरेर वर्षभरि खान पाउने र थप आम्दानीको सम्भावना बनाउने लक्ष्य राखेका छन् । त्यसैले १२ महिनै फलफूल खान पाइने गरी अन्य प्रजातिका बिरुवा पनि लगाउने उनको योजना छ ।

आचार्य २०४६ सालमा खरिदार पदमा नाम निकालेर गोरखाको सिँचाइ कार्यालयबाट निजामती सेवामा प्रवेश गरेका थिए । त्यसको तीन वर्षपछि २०४९ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका उनी ३० वर्षे सेवा अवधि पूरा गरी २०७९ सालमा अवकाश भएका हुन् ।

प्रहरी सेवामा रहँदा उनले गद्दी आरोहण रजत पदक, दैप्र पदक, प्रहरी सेवा पदक, संयुक्त राष्ट्रसङ्घ पदक, परदेश सेवा पदक र प्रबल जनसेवाश्री लगायतका विभूषण तथा सम्मान प्राप्त गरेका थिए ।

कृषि कर्ममा सक्रिय आचार्य सामाजिक तथा शैक्षिक क्षेत्रमा पनि संलग्न छन् । उनी चापाकोट बहुमुखी क्याम्पसका अध्यक्ष हुनुका साथै गरिमा विकास बैंक लिमिटेडका सञ्चालकसमेत हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
7h ago
परम्परागत खेतीभन्दा उखु खेतीमा दोब्बर आम्दानी

परम्परागत खेतीभन्दा उखु खेतीमा दोब्बर आम्दानी

परम्परागत रूपमा धान, गहुँ लगायतका खाद्यान्न बाली लगाउँदै आएका कञ्चनपुरका किसान उखु खेतीतर्फ आकर्षित भएका छन्।

#खेती
Compare →
Hamro Patro News
1d ago
अर्गानिक खेतीबाट आत्मनिर्भर बन्दै महिला

अर्गानिक खेतीबाट आत्मनिर्भर बन्दै महिला

नवलपुर, मङ्सिर २ गते । हुप्सेकोट–४ का महिलाले अर्गानिक झोल मल र गँड्यौला मल प्रयोग गरी खेती सुरु गरेका छन् । घरायसी प्रयोजनका लागि मात्र तरकारी खेती गर्दै आएका यहाँका महिला अहिले व्यावसायिक खेतीमा ...

#खेती
Compare →
Ekantipur
3d ago
१० वर्ष दुबइ बसेर फर्किएपछि बेसार खेती र कुखुरापालन गर्दै रञ्जितकुमार

१० वर्ष दुबइ बसेर फर्किएपछि बेसार खेती र कुखुरापालन गर्दै रञ्जितकुमार

ठोरी–३ का ३७ वर्षीय बस्नेतले साढे तीन बिघामा बेसार खेती, आलु उत्पादन र व्यावसायिक ब्रोइलर पालन गर्दै आएका छन्।

#खेती
Compare →

Related Stories

Business & Economy
Build #2612