Trending
Prev Story
Next Story

धान–गहुँ छाडेर उखु खेतीमा आकर्षित हुँदै कञ्चनपुरका किसान, आम्दानी दोब्बर हुने अपेक्षा

Onlinekhabar •
November 19, 2026 • 01:00 AM
2
2 reads 0 reactions

३ मंसिर, कञ्चनपुर । परम्परागत रुपमा धान, गहुँलगायतका खाद्यान्न बाली लगाउँदै आएका कञ्चनपुरका किसान उखु खेतीतर्फ आकर्षित भएका छन् । अन्य बालीको तुलनामा दोब्बर आम्दानी हुने भएपछि किसान उखु खेतीमा आकर्षित भएका हुन । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ …

धान–गहुँ छाडेर उखु खेतीमा आकर्षित हुँदै कञ्चनपुरका किसान, आम्दानी दोब्बर हुने अपेक्षा

३ मंसिर, कञ्चनपुर । परम्परागत रुपमा धान, गहुँलगायतका खाद्यान्न बाली लगाउँदै आएका कञ्चनपुरका किसान उखु खेतीतर्फ आकर्षित भएका छन् ।

अन्य बालीको तुलनामा दोब्बर आम्दानी हुने भएपछि किसान उखु खेतीमा आकर्षित भएका हुन । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का धनसिंह ठगुन्नाले उखु खेतीबाट दोब्बर आम्दानी हुने देखिएको बताए ।

‘परम्परागत खेतीभन्दा उखु खेतीमा राम्रो प्रतिफल आउने भएपछि तीन जना मिलेर जग्गा भाडामा लिएका छौं । व्यवसायिक रुपमा अगाडि बढेका छौँ,’ उनले भने, ‘उखु खेतीमा कम मेहनत र लगानीमा राम्रो प्रतिफल आउँछ ।’

उनले उखु खेतीबाट उत्पादन लिन सके बजारको समस्या नहुने र एकै पटक राम्रो प्रतिफल लिन सकिने भएकाले उखु खेतीमा लागेको बताए । दुई बिघा जग्गाबाट खेती सुरु गर्नुभएका उनले अहिले १२ बिघा जग्गा भाडामा लिएर उखु खेती गरिरहेको बताए ।

‘पहिलो सिजनमा सबै खर्च कटाएर प्रतिबिघा रु एक लाख बराबरको आम्दानी हुन्छ,’ ठगुन्नाले भने, ‘उखुखेती एक पटक रोपाइँ गरेपछि लगातार तीन सिजनसम्म उत्पादन लिन सकिन्छ ।’

उनका अनुसार पहिलो वर्ष उखु रोपेपछि त्यसको जराबाट पलाउने मुनाबाट दोस्रो र तेस्रो सिजनमा पनि उत्पादन लिन सकिने भएकाले हरेक वर्ष नयाँ रोपाइँ गर्नुपर्ने झन्झट हुँदैन । त्यसबाट खेतीको लागत घटाउनाका साथै आम्दानी बढाउन सहयोग पुगेको उनको भनाइ छ ।

उत्पादन गरेको उखु बेलौरीस्थित महाकाली सुगर मिलमा बिक्री हुने गरेको छ । मिलले उखु किसानलाई प्रोत्साहन गर्दै बीउ र कीटनाशक औषधि उपलब्ध गराउने गरेको उनले बताए ।

‘धान गहुँबाट एक बिघामा सबै खर्च कटौती गरेर बढीमा ४० हजार रुपैयाँसम्म आम्दानी हुन्छ,’ ठगुन्नाले भने, ‘उखु खेतीमा एक विघामा राम्रो उत्पादन भए सबै खर्च कटौती गरेर तीन लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ ।’

उनले प्रति कट्ठा वार्षिक रु दुई हजारका दरले १२ बिघा जग्गा भाडामा लिएर खेती गरिरहेको बताए ।

स्थानीय किसान तारा महरा तीन वर्षदेखि व्यावसायिक उखु खेतीमा लाग्नुभएको छ ।

‘परम्परागत खाद्यान्नभन्दा उखुखेतीमा दोब्बर फाइदा हुने भएकाले यसमा लागेका हौँ,’ उनले भने, ‘दुई बिघा जग्गामा बिक्रीका लागि तयार छ दश बिघा जग्गामा अहिले बीउ रोप्दै छौँ ।’

उनले सिजनमा २० देखि २५ जनासम्मले रोजगारी पाउने गरेको बताए । कृषि ज्ञान केन्द्र कञ्चनपुरको तथ्याङ्कअनुसार जिल्लामा पाँच हजार ६६० हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ । उक्त क्षेत्रफलबाट वार्षिक तीन लाख ४५ हजार २६० मेट्रिक टन उखु उत्पादन हुने गरेको छ । जिल्लामा उखुको उत्पादकत्व प्रतिहेक्टर ६१ मेट्रिक टन बराबर छ ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
सरकारले तोक्न लागेको उखुको समर्थन मूल्यमा किसानको असहमति

सरकारले तोक्न लागेको उखुको समर्थन मूल्यमा किसानको असहमति

बेलाबेला बजारमा चिनी प्रतिकिलो १ सय ३० भन्दा पनि बढी पुगिरहेकाले उखुको समर्थन मूल्य पनि उसैगरी बढाउनुपर्ने किसानको माग

#उखु #किसान
Compare →
Hamro Patro News
1d ago
उखुको मूल्यवृद्धि र बाँकी भुक्तानीको विषयमा सहमति नभए आन्दोलन गर्ने किसानको चेतावनी

उखुको मूल्यवृद्धि र बाँकी भुक्तानीको विषयमा सहमति नभए आन्दोलन गर्ने किसानको चेतावनी

काठमाडौं : उखु उत्पादक किसानले चालु आर्थिक वर्षका लागि सरकारी अनुदानसहित उखुको मूल्य प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन्। बढ्दो उत्पादन लागत र महँगीअनुसार उखुको मूल्यवृ...

#उखु #किसान
Compare →
Nagarik News
1d ago
टमाटर खेतीमा अब्बल बन्दै टोड्केका किसान

टमाटर खेतीमा अब्बल बन्दै टोड्केका किसान

इलामको माङसेबुङ गाउँपालिका–६ स्थित टोड्के गाउँ व्यावसायिक टमाटरखेतीको केन्द्र बन्दै गएको छ।

#खेती #किसान
Compare →
Bizshala
11h ago
किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

काठमाण्डौ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ मा किसानबाट १...

#किसान #धान
Compare →

Related Stories

Business & Economy
Build #2612