Trending
Prev Story
Next Story

राष्ट्र बैंकका सबै सञ्चालक समिति बैठकमा उपस्थित हुने सञ्चालक एक जनामात्र

Onlinekhabar •
November 18, 2026 • 01:31 PM
1
1 reads 0 reactions

२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकका सबै सञ्चालक समिति बैठकमा उपस्थित हुने सञ्चालक एक जनामात्र देखिएका छन् । गत वर्ष केन्द्रीय बैंक सञ्चालक समितिका ६४ वटै बैठकमा सहभागी हुने सञ्चालक डा. रविन्द्रप्रसाद पाण्डे हुन् । गत …

राष्ट्र बैंकका सबै सञ्चालक समिति बैठकमा उपस्थित हुने सञ्चालक एक जनामात्र

२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकका सबै सञ्चालक समिति बैठकमा उपस्थित हुने सञ्चालक एक जनामात्र देखिएका छन् ।

गत वर्ष केन्द्रीय बैंक सञ्चालक समितिका ६४ वटै बैठकमा सहभागी हुने सञ्चालक डा. रविन्द्रप्रसाद पाण्डे हुन् ।

गत आवका सबै सञ्चालक समिति बैठकमा सहभागी पाण्डेले बैठक भत्ता मात्रै ५ लाख ७६ हजार रुपैयाँ बुझेका छन् । सरकारले नियुक्त गर्ने ३ सञ्चालकमध्ये सबैभन्दा धेरै भत्ता बुझ्ने व्यक्ति पनि पाण्डे नै हुन् ।

गत आव पाण्डेले करिब २९ लाख रुपैयाँ केन्द्रीय बैंकबाट बुझेका छन् । पाण्डेले बैठक भत्ताबाहेक २३ लाख ३५ हजार रुपैयाँ बराबर अन्य भत्ता तथा सुविधा बुझेको केन्द्रीय बैंकले जनाएको छ ।

सरकारले नियुक्त गरेका सञ्चालक चिन्तामणि सिवाकोटीले बैठक भत्ता ५ लाख ४९ हजार रुपैयाँ बुझेका छन् । तर, सिवाकोटीले अन्य भत्ता तथा सुविधा बापत भने १८ लाख २४ हजार बुझेको केन्द्रीय बैंकले जनाएको छ ।

साथै, अर्का सञ्चालक डा. शंकरप्रसाद आचार्यले ४ लाख ५९ हजार रुपैयाँ बैठक भत्ता पाएका छन् । आचार्यको अन्य भत्ता तथा सुविधा बापत रकम भने १८ लाख २४ हजार बुझेको केन्द्रीय बैंकले जनाएको छ ।

गत आव राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्षता गर्ने गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले गत आव १६ लाख ३२ हजार तलब बुझेका छन् । त्यसैगरी उनले ५ लाख ६७ हजार सञ्चालक समिति बैठक भत्ता बुझेका छन् ।

गभर्नर पौडेलले अन्य भत्ता तथा सुविधा शीर्षकमा २४ लाख ४९ हजार बुझेको केन्द्रीय बैंकले जनाएको छ । गभर्नरको वार्षिक आम्दानी ४६ लाख ४८ हजार ९ सय ५६ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।

गत आव अर्थ सचिव डा. घनश्याम उपाध्यायले ५ लाख ४० हजार बैठक भत्ता र ३ लाख ४८ हजार अन्य भत्ता तथा सुविधा लिएको राष्ट्र बैंकले जनाएको छ । गत आव डेपुटी गभर्नर किरण पण्डितले १३ लाख ६५ हजार तलब बुझेका छन् भने सञ्चालक समिति बैठक भत्ता २ लाख २५ हजार र अन्य भत्ता तथा सुविधामा ४६ लाख ८ हजार ४ सय १५ रुपैयाँ बुझेको केन्द्रीय बैंकले जनाएको छ । पण्डितले बुझेको रकम कार्यकारी निर्देशक हुँदाको तलब तथा भत्तासमेत हो ।

त्यसैगरी पूर्वडेपुटी गभर्नर डा. निलम ढुङ्गानाले ८ लाख ४९ हजार तलब, २ लाख ३४ हजार सञ्चालक समिति बैठक भत्ता र ४२ लाख ३५ हजार ७ सय ११ रुपैयाँ अन्य भत्ता तथा सुविधा बापत लिएको केन्द्रीय बैंकले जनाएको छ ।

त्यसैगरी अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले ९ लाख ४९ हजार तलब, २ लाख ७० हजार सञ्चालक समितिको बैठक भत्ता तथा ३८ लाख ९७ हजार ५ सय ११ रुपैयाँ अन्य भत्ता तथा सुविधा बापत लिएको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सञ्चालक समिति प्रतिबैठक भत्ता ९ हजार रुपैयाँ हो ।

गत आव केन्द्रीय बैंक सञ्चालक समितिका लागि मात्रै कुल ४८ लाख ९६ हजार १ सय रुपैयाँ तलब, ३४ लाख २० हजार भत्ता र २ करोड १५ लाख ९७ हजार रुपैयाँ बराबर अन्य भत्ता तथा सुविधा खर्च गरेको जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1w ago
वडा अधिवेशनमै पराजित पाण्डेलाई केन्द्रीय सदस्यको उपहार: राजनीतिक योगदान कि पहुँचको भरमा पद ?

वडा अधिवेशनमै पराजित पाण्डेलाई केन्द्रीय सदस्यको उपहार: राजनीतिक योगदान कि पहुँचको भरमा पद ?

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ बिष्णु देवि पाण्डेलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने चर्चासँगै उनको राजनीतिक योगदान, नेतृत्वसँगको निकटता, सम्पत्तिको स्रोत र परिवारसँग जोडिएको ठगी प्रकरणले गम्भीर ...

#पाण्डे #केन्द्रीय
Compare →

Related Stories

Business & Economy
Build #2612