Trending
Prev Story
Next Story

उखुको मूल्यवृद्धि र बाँकी भुक्तानीको विषयमा सहमति नभए आन्दोलन गर्ने किसानको चेतावनी

Hamro Patro News •
November 17, 2026 • 04:40 AM
2
2 reads 0 reactions

काठमाडौं : उखु उत्पादक किसानले चालु आर्थिक वर्षका लागि सरकारी अनुदानसहित उखुको मूल्य प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन्। बढ्दो उत्पादन लागत र महँगीअनुसार उखुको मूल्यवृ...

उखुको मूल्यवृद्धि र बाँकी भुक्तानीको विषयमा सहमति नभए आन्दोलन गर्ने किसानको चेतावनी

काठमाडौं : उखु उत्पादक किसानले चालु आर्थिक वर्षका लागि सरकारी अनुदानसहित उखुको मूल्य प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन्। बढ्दो उत्पादन लागत र महँगीअनुसार उखुको मूल्यवृद्धि गर्नुपर्ने मागसहित किसानले आगामी बिहीबार सरकारसँग औपचारिक वार्ता गर्ने भएका छन्। मूल्यवृद्धि र बाँकी भुक्तानीको विषयमा सहमति नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने किसानले चेतावनी दिएका छन्।

उखु उत्पादन किसान महासंघका अध्यक्ष श्यामबाबु रायका अनुसार किसानले सरकारी अनुदानसहित प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ पाउनुपर्ने माग अघि सारेका छन्। गत वर्ष सरकारले प्रतिक्विन्टल ६ सय २० रुपैयाँ उखुको मूल्य निर्धारण गरेको थियो भने प्रतिक्विन्टल ७० रुपैयाँ प्रोत्साहन अनुदान उपलब्ध गराउँदा किसानले ६ सय ९० रुपैयाँ प्राप्त गरेका थिए। तर बढ्दो उत्पादन लागत, श्रम, मल, बीउ तथा ढुवानी खर्चका कारण उक्त रकमले किसानको लागतसमेत धान्न नसक्ने महासंघको भनाइ छ।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
छठमा उखु बेच्न व्यस्त सिरहाका किसान (तस्वीरहरू)

छठमा उखु बेच्न व्यस्त सिरहाका किसान (तस्वीरहरू)

२८ कात्तिक, सिरहा । आस्थाको पर्व छठ नजिकिएसँगै सिरहाका बजार तथा सडक किनारमा उखु बेच्ने किसानहरूको चहलपहल बढेको छ । छठपर्वका लागि उखु किन्न उपभोक्ताहरू बजार पुग्न थालेपछि किसानहरू बिक्री गर्न व्यस्त देखिएका छन् । सिरहाको गोलबजारसहित …

#उखु #किसान
Compare →
Ekantipur
19h ago
दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ नपाए आन्दोलन गर्ने चितवनका किसानको चेतावनी

दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ नपाए आन्दोलन गर्ने चितवनका किसानको चेतावनी

दाना, मकै र ढुटोको मूल्य बढे पनि दूधको मूल्य नबढ्दा उत्पादन लागत धान्न नसकेको किसानको गुनासो छ।

#किसान #आन्दोलन
Compare →
Nagarik News
5d ago
‘किसान तीन महिना मात्रै काम गर्छन्, बाँकी नौ महिना गाँजा पिएर जय भोले भन्छन्’

‘किसान तीन महिना मात्रै काम गर्छन्, बाँकी नौ महिना गाँजा पिएर जय भोले भन्छन्’

किसानले खेतीपातीका लागि वर्षभरि नै मेहनत गर्नुपर्ने अवस्थामा उनीहरूको कामलाई तीन महिनामा सीमित गरेर गरिएको टिप्पणीप्रति असन्तुष्टि जनाइएको छ।

#किसान #बाँ
Compare →

Related Stories

Business & Economy
Build #2612