Trending
Prev Story
Next Story

छठमा उखु बेच्न व्यस्त सिरहाका किसान (तस्वीरहरू)

Onlinekhabar •
November 14, 2026 • 10:00 AM
2
2 reads 0 reactions

२८ कात्तिक, सिरहा । आस्थाको पर्व छठ नजिकिएसँगै सिरहाका बजार तथा सडक किनारमा उखु बेच्ने किसानहरूको चहलपहल बढेको छ । छठपर्वका लागि उखु किन्न उपभोक्ताहरू बजार पुग्न थालेपछि किसानहरू बिक्री गर्न व्यस्त देखिएका छन् । सिरहाको गोलबजारसहित …

छठमा उखु बेच्न व्यस्त सिरहाका किसान (तस्वीरहरू)

२८ कात्तिक, सिरहा । आस्थाको पर्व छठ नजिकिएसँगै सिरहाका बजार तथा सडक किनारमा उखु बेच्ने किसानहरूको चहलपहल बढेको छ ।

छठपर्वका लागि उखु किन्न उपभोक्ताहरू बजार पुग्न थालेपछि किसानहरू बिक्री गर्न व्यस्त देखिएका छन् ।

सिरहाको गोलबजारसहित जिल्लाका विभिन्न बजार तथा मुख्य चोकमा किसानहरूले सडक किनारमै उखु राखेर बिक्री गरिरहेका छन् ।

छठपर्वमा अस्ताउँदो र उदाउँदो सूर्यदेवलाई अघ्र्य अर्पण गर्दा उखु चढाउने धार्मिक परम्परा रहेकाले यस पर्वमा उखुको विशेष महत्व रहेको छ ।

पर्व नजिकिएसँगै किसानहरूले खेतबाट उखु काटेर बजारमा बिक्रीका लागि ल्याउन थालेका छन् । गोलबजारमा प्रतिघरी २५ रुपैयाँका दरले उखु बिक्री भइरहेको स्थानीय किसान ओमकुमार महतोले बताए ।

छठपर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेसँगै स्थानीय किसानहरूलाई आफ्नो कृषि उत्पादन बिक्री गरी आम्दानी गर्ने अवसरसमेत प्रदान गरेको छ ।

पर्वको रौनकसँगै बजारमा उखु किन्ने उपभोक्ताहरूको चहलपहल पनि बढ्दै गएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
7h ago
छठमा पनि खुला रहने राहदानी विभाग

छठमा पनि खुला रहने राहदानी विभाग

काठमाडौं । छठ पर्वको सार्वजनिक बिदाका दिन पनि राहदानी विभाग खुला रहने भएको छ। सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै विभागले सोमबार (कात्तिक ३० गते) नियमित सेवा सञ्चालन गर्ने निर्णय गरेको हो। राहद...

#पर्व #छठमा
Compare →
Nagarik News
23h ago
झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

मेचीनगर–४ की स्थानीय तुलसीमाया श्रेष्ठका अनुसार यस क्षेत्रमा दैनिकजसो जङ्गली हात्ती आउने गरेका छन्। प्रायः रातको समयमा आउने हात्तीका कारण किसानलाई बालीनालीको सुरक्षा गर्न समस्या हुने गरेको उनले बताइन्।

#किसान
Compare →

Related Stories

Business & Economy
Build #2612