नवलपुर, मङ्सिर २ गते । हुप्सेकोट–४ का महिलाले अर्गानिक झोल मल र गँड्यौला मल प्रयोग गरी खेती सुरु गरेका छन् । घरायसी प्रयोजनका लागि मात्र तरकारी खेती गर्दै आएका यहाँका महिला अहिले व्यावसायिक खेतीमा आत्मनिर्भर बन्दै गएका हुन् । शङ्खदेवमा १४ जना महिलाले अर्गानिक तरकारी खेती गरिरहेको स्थानीय कृषक रूपा रानाले बताउनुभयो ।
रासायनिक मल तथा विषादीको प्रयोगलाई निषेध गर्दै प्राङ्गारिक मल, गँड्यौला मल र झोल मलको प्रयोगबाट तरकारी खेती सुरु गरेको उहाँको भनाइ छ । उत्पादन लागत केही बढी भए पनि बजारमा मूल्य पाउन समस्या छैन । यहाँ उत्पादित तरकारी कावासोती, काठमाडौँ र बुटवल पठाइन्छ ।
Read full story at source ( gorkhapatraonline.com )