Trending
Prev Story
Next Story

बजार सुनिश्चित भएसँगै जुम्लाका किसान स्याउ खेतीतर्फ आकर्षित

Onlinekhabar •
November 19, 2026 • 12:30 PM
3
3 reads 0 reactions

३ मंसिर, मंसिर । हिमाली जिल्ला जुम्लाको स्याउ नेपाली बजारमा उपभोक्ताको रोजाइमा पर्न थालेसँगै जुम्ली किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् । नेपाली उपभोक्ताले विदेशबाट आयातित आकर्षक स्याउभन्दा  जुम्लामा उत्पादित स्याउलाई मनपराउन थालेपछि जुम्लामा स्याउखेती गर्ने किसानको …

बजार सुनिश्चित भएसँगै जुम्लाका किसान स्याउ खेतीतर्फ आकर्षित

३ मंसिर, मंसिर । हिमाली जिल्ला जुम्लाको स्याउ नेपाली बजारमा उपभोक्ताको रोजाइमा पर्न थालेसँगै जुम्ली किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् ।

नेपाली उपभोक्ताले विदेशबाट आयातित आकर्षक स्याउभन्दा  जुम्लामा उत्पादित स्याउलाई मनपराउन थालेपछि जुम्लामा स्याउखेती गर्ने किसानको सङ्ख्या उल्लेख्य बढ्न थालेको हो ।

माग बढेसँगै स्थानीय व्यापारी तथा सहकारी संस्थाहरूले स्थानीय बगैँचाबाटै स्याउ खरिद गर्न थालेपछि स्याउखेतीतर्फ जुम्ली जनाता आकर्षित भएका हुन् ।

स्थानीय चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था, खलङ्गाका  प्रबन्धक रतनराज शाहीका अनुसार नेपाली बजारमा जुम्ली स्याउको माग बढेसँगै स्थानीय स्याउ कृषक लाभान्वित भई खेती गर्ने क्रम बढेको छ ।

यस वर्ष प्रतिकेजी ९० देखि १०० रुपैयाँका दरले जुम्लाका बगैँचाबाट स्याउ खरिद गरी काठमाडौंसहित सर्खेत, नेपालगञ्ज, बुटवल, पोखरालगायतका देशका प्रमुख सहरहरूमा बिक्रीवितरण गर्दै आएको सो सहकारी संस्थाले जनाएको छ ।

उक्त सहकारी संस्थाले स्थानीय बगैँचामा गई छ करोड रुपैयाँको लगानीमा तीन लाख केजी स्याउ खरिद गरी देशका विभिन्न सहरमा बिक्री–वितरण गर्दे आएको प्रबन्धक शाहीले जानकारी दिए ।

यस वर्ष काठमाडौंमा मात्र दुई लाख ९६ केजी बिक्री गर्न लागेकामा अब २९ हजार केजी बाँकी रहेको तथा  नेपालगञ्जमा र चितवनमा सात हजार केजी स्याउ बिक्रीका क्रममा रहेको छ  ।

प्रबन्धक शाहीका अनुसार स्याउ बिक्रीको यकिन तथ्याङ्क सबै स्याउ बिक्री भएपछि मात्र आउने बताउँदै काठमाडौंको भद्रकाली र जुम्लाको खलङ्गा बजारमा ‘मिनिमार्केट’ मार्फत तथा नेपालगञ्ज र सुर्खेतको विमानस्थलबाट पनि स्याउ बिक्री–वितरण हुँदै आएको छ ।

सो सहकारी संस्थाले स्थानीय र फुजी जातका स्याउ किसानको बगैँचामै पुगेर सङ्कलन गरी बजारीकरण गर्दै आएको छ ।

यसैबीच, कर्णालीमा उत्पादित रैथाने बाली मार्सी चामल, फापर, सिमी, भटमास, चिनो, कागुनो, चामल, पीठो ‘मिनिमार्केट’ मार्फत बजारीकरण गर्दै आएको चन्दननाथ सहकारी संस्थाका प्रमुख व्यवस्थापक ऋषिराज पाण्डेले जानकारी दिए ।

बुधबार बङ्गलादेशी सहकारी प्रतिनिधिमण्डले काठमाडौं भद्रकालीस्थित चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित ‘अर्ग्यानिक मिनी मार्केट’को अवलोकन गरेको  प्रमुख व्यवस्थापक पाण्डेले बताए ।

उच्च हिमाली भेगको चिसो हावापानीमा फल्ने भएकाले जुम्लासहित माथिल्लो कर्णालीका स्याउ निकै गुलियो, रसिलो र स्वादिलो हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीको भनाइ छ ।

स्थानीय कृषकका अनुसार पछिल्लो समय कर्णाली राजमार्गको सहजतासँगै जुम्लाका बगैँचाबाट सङ्कलन गरी सुर्खेत, नेपालगञ्ज, बुटवल, पोखरा र काठमाडौंलगायतका देशका मुख्य सहरहरूमा बिक्रीका लागि स्याउ ओसारपसार गर्न सकिने भएपछि प्रमुख चुनौतीका रुपमा रहेको बजारको समस्या समाधान भएको छ ।

व्यापारीले बगैँचामा पुगी ढुवानी साधनमार्फत स्वदेशका मुख्य सहरमा बिक्री गर्न थालेपछि उपभोक्तालाई खरिद गर्न झनै सजिलो भएको र किसानलाई पनि राहत मिलेको कार्यालय प्रमुख अधिकारीले बताए ।

जुम्लाबाट यो वर्ष करिब ७० करोड रुपैयाँ मूल्यको स्याउ निर्यात हुने अनुमान गरिएको छ । हालसम्म ५५ करोड रुपैयाँको स्याउ बिक्री भएको कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लामा करिब चार हजार ६०५ हेक्टर अर्थात् ९२ हजार ८० रोपनी क्षेत्रफलमा स्याउखेती हुने गरेको छ । चालु आव २०८३/८४ मा करिब १०८ हेक्टर अर्थात् दुई हजार १६० रोपनी थप क्षेत्रफलमा स्याउखेती विस्तार गरिने लक्ष्य  लिएको कार्यालय प्रमुख अधिकारीको भनाइ छ ।

उच्च जातको फुजी स्याउको खेती भने जम्मा ५२ हेक्टर क्षेत्रफलमा भएको छ । यस वर्ष ४९ हेक्टरमा मात्र फुजी स्याउ फलेको कृषि कार्यालयले जनाएको छ । यसैगरी, रेड डेलिसेस, रोयल डेलिसेस, गोल्डेन, रिचारेड, जनाथन, स्पोरलगायत स्थानीय जातका स्याउको खेती हुने गरेको कृषि कार्यालयले बताएको छ ।

कार्यालयका अनुसार जुम्लाका आठ स्थानीय तहका करिब १९ हजार घरधुरी स्याउखेतीमै निर्भर रहेका छन् ।  जिल्लामा स्थापित बगैँचा सङ्ख्या २० हजार ४६१ रहेको छ ।

पछिल्लो समयमा सहकारी, स्थानीय तह र कृषि विकास कार्यालयको पहलमा ‘ग्रेडिङ’ तथा आकर्षक ‘कार्टुन प्याकेजिङ’ हुन थालेपछि बजार विस्तारमा थप मद्दत पुगेको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतको भनाइ छ ।

पछिल्ला वर्षमा जुम्लाको स्याउ आमउपभोक्ताको रोजाइमा परेपछि वातावरणीय दृष्टिले अनुकूल जिल्लाका अधिकांश स्थानमा स्याउखेती गर्ने क्रम बढेको छ ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3h ago
बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

हिमाली तथा उच्च पहाडी क्षेत्रको हावापानी स्याउखेतीका लागि अनुकूल मानिने बाजुरामा पछिल्लो समय उत्पादनमा वृद्धि हुँदै गएको छ।

#स्याउ
Compare →
Ekantipur
9h ago
जुम्ला बसपार्क ८ बर्षपछि सञ्चालनमा

जुम्ला बसपार्क ८ बर्षपछि सञ्चालनमा

निर्माण कार्य सकिएको ८ बर्षपछि सबै विवाद सल्टाएर बसपार्कदेखि गाडीहरु छुट्न थालेपछि सदरमुकाम खलंगाका सडकहरूमा पार्किङ गर्नुपर्ने बाध्यता हटेको हो ।

#जुम्ला
Compare →
Bizshala
23h ago
किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

काठमाण्डौ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ मा किसानबाट १...

#किसान
Compare →
Hamro Patro News
2d ago
जुम्लामा मतदाता नामवलीबाट एक हजार २८९ जनाको नाम खारेजी

जुम्लामा मतदाता नामवलीबाट एक हजार २८९ जनाको नाम खारेजी

जुम्ला । जिल्ला निर्वाचन कार्यालय, जुम्लाले मतदाता नामवलीमा दोहोरो नाम भएका एक हजार २८९ जनाको नाम मतदाता नामवलीबाट खारेज गरिएको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र कँडेलका अनुसा...

#जुम्ला
Compare →

Related Stories

Business & Economy
Build #2612