Trending
Prev Story
Next Story

मंसिर १० गतेसम्म सेयर हुनेले एनआईसी एसिया बैंकको हकप्रद किन्न पाउने

Ekantipur •
November 19, 2026 • 09:35 AM
3
3 reads 0 reactions

मंसिर १० गतेसम्म बैंकको सेयरधनी कायम भएका लगानीकर्ताले यस्तो हकप्रद सेयरमा आवेदन दिन पाउँछन् ।

मंसिर १० गतेसम्म सेयर हुनेले एनआईसी एसिया बैंकको हकप्रद किन्न पाउने

मंसिर १० गतेसम्म बैंकको सेयरधनी कायम भएका लगानीकर्ताले यस्तो हकप्रद सेयरमा आवेदन दिन पाउँछन् ।

काठमाडौँ — एनआईसी एसिया बैंकले जारी गर्न लागेको ५० प्रतिशत हकप्रद सेयरको लागि बुक क्लोज मिति सार्वजनिक गरेको छ ।

यसले मंसिर ११ गतेको लागि बुक क्लोज मिति घोषणा गरेको छ । मंसिर १० गतेसम्म बैंकको सेयरधनी कायम भएका लगानीकर्ताले यस्तो हकप्रद सेयरमा आवेदन दिन पाउँछन् ।

बैंकले २ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो । उदाहरणको लागि, यो अवधिसम्म दुई सय कित्ता सेयर हुनेले एक सय कित्ता सेयरको लागि आवेदन दिन पाउँने छन् ।

प्रतिकित्ता एक सय रूपैयाँको दरमा लगानीकर्ताले सेयरमा आवेदन दिन पाँउछन् । हाल बजारमा यसको सेयर ३ सय ४० रूपैयाँको दरमा कारोबार भइरहेको छ ।

पहिले नै सर्वसाधारणमा सेयर जारी (आईपीओ) गरिसकेका कम्पनीले थप पुँजी जुटाउन थप सेयर जारी गर्ने माध्यम नै हकप्रद सेयर निष्कासन हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
6h ago
मंसिर ११ गतेसम्म कायम सेयरधनीले मात्रै एनआईसी एसिया बैंकको हकप्रद सेयरमा आवेदन दिन पाउने

मंसिर ११ गतेसम्म कायम सेयरधनीले मात्रै एनआईसी एसिया बैंकको हकप्रद सेयरमा आवेदन दिन पाउने

एनआईसी एसिया बैंकले हकप्रद सेयर निष्काशनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हाल कायम चुक्तापुँजीको २ः१ अनुपातमा...

#हकप्रद #मंसिर #गतेसम्म
Compare →
Bizshala
6h ago
एनआईसी एसिया बैंकको हकप्रद शेयरका लागि बुक क्लोज मिति तय

एनआईसी एसिया बैंकको हकप्रद शेयरका लागि बुक क्लोज मिति तय

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि मंसिर ११ गते शेयरधनी दर्ता पुस्तिका बन्द...

#हकप्रद #मंसिर #एनआईसी
Compare →
Hamro Patro News
2d ago
बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गतेसम्म मात्रै

बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गतेसम्म मात्रै

काठमाडौं । बजाज नेपालको ‘बजाज गेम अफ पावर – खेल्ने हो ?’ अभियानको अवधि मंसिर ४ गते समाप्त हुने भएको छ । एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार, रोमाञ्चक खेल गतिविधि तथा नेपालका चर्चित खेलाडीहरूसँग भेट...

#मंसिर #गतेसम्म
Compare →
Onlinekhabar
6h ago
मंसिर ८ गते पुनर्गठन दिवस मनाउँदै विप्लवको पार्टी

मंसिर ८ गते पुनर्गठन दिवस मनाउँदै विप्लवको पार्टी

३ मंसिर, काठमाडौं । विप्लव सीको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( माओवादी) ले देशैभर पार्टी पुनर्गठन दिवस मनाउँदैछ । यही मंसिर ८ गते पार्टी पुनर्गठन दिवस मनाउने गरी केन्द्रीय कार्यालयले विभिन्न कार्यक्रमसहित परिपत्र जारी गरेको छ …

#मंसिर
Compare →
Nagarik News
1d ago
आईजीपी हटाउने निर्णयविरुद्धको रिटमा मंसिर ७ गते पेसी

आईजीपी हटाउने निर्णयविरुद्धको रिटमा मंसिर ७ गते पेसी

सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाउने मन्त्रिपरिषद्को निर्णयबारे छलफल गर्न आगामी मंसिर ७ गतेको पेसी तय गरेको छ।

#मंसिर
Compare →

Related Stories

Business & Economy
Build #2612