Trending
Prev Story
Next Story

एनआईसी एसिया बैंकको हकप्रद शेयरका लागि बुक क्लोज मिति तय

Bizshala •
November 19, 2026 • 05:05 AM
2
2 reads 0 reactions

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि मंसिर ११ गते शेयरधनी दर्ता पुस्तिका बन्द...

एनआईसी एसिया बैंकको हकप्रद शेयरका लागि बुक क्लोज मिति तय

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि मंसिर ११ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।

बैंकले हाल कायम चुक्ता पुँजीको १ः२ अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो । यसअनुसार हाल कायम प्रत्येक दुई कित्ता साधारण शेयर बराबर एक कित्ता हकप्रद शेयर प्राप्त हुनेछ ।

बैंकले जारी गरेको सूचनाअनुसार मंसिर ११ गते एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द रहनेछ । मंसिर १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शेयर कारोबार भई शेयरधनी कायम भएका लगानीकर्ताले मात्र हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् ।

बैंकले सम्बन्धित शेयरधनी तथा शेयर खरिदकर्तालाई सोहीअनुसार शेयर नामसारी गर्न अनुरोध गरेको छ ।

त्यस्तै, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीलाई सीएम पूल खातामा शेयर नराखी सम्बन्धित हकप्रद शेयरधनीको हितग्राही खातामा शेयर हस्तान्तरण गर्न बैंकले आग्रह गरेको छ । तोकिएको व्यवस्थाअनुसार शेयर हस्तान्तरण नगरे त्यसको जिम्मेवारी बैंक, शेयर रजिस्ट्रार तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले नलिने सूचनामा उल्लेख छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
12m ago
मंसिर ११ गतेसम्म कायम सेयरधनीले मात्रै एनआईसी एसिया बैंकको हकप्रद सेयरमा आवेदन दिन पाउने

मंसिर ११ गतेसम्म कायम सेयरधनीले मात्रै एनआईसी एसिया बैंकको हकप्रद सेयरमा आवेदन दिन पाउने

एनआईसी एसिया बैंकले हकप्रद सेयर निष्काशनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हाल कायम चुक्तापुँजीको २ः१ अनुपातमा...

#हकप्रद #मंसिर #एनआईसी
Compare →
Onlinekhabar
18h ago
हकप्रद निष्कासनका सूचनालाई सेयर बेच्ने मौका बनाइँदै

हकप्रद निष्कासनका सूचनालाई सेयर बेच्ने मौका बनाइँदै

२ मंसिर, काठमाडौं । कात्तिक १७ गते एनआईसी एसिया बैंकले नेपाल धितोपत्र बोर्डबाट ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पायो । यो स्वीकृतिपछि भोलिपल्ट सेयर बजारमा कम्पनीको मूल्य तीव्र उतारचढाव देखियो । अघिल्लो दिन प्रतिकित्ता …

#हकप्रद
Compare →
Nagarik News
1d ago
अर्थ समितिको बैठक मंसिर ७ गते, विधेयकमाथि छलफल हुने

अर्थ समितिको बैठक मंसिर ७ गते, विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको ३३औँ बैठक आगामी मंसिर ७ गते सोमबार बस्ने भएको छ।

#मंसिर #मिति
Compare →

Related Stories

Business & Economy
Build #2612