Trending
Prev Story
Next Story

लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी सनराइज बैंकले बाेलायाे साधारणसभा, बुक क्लाेज कहिले ?

Arthasansar •
November 19, 2026 • 05:35 AM
2
2 reads 0 reactions

लक्ष्मी सनराइज बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २५...

लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी सनराइज बैंकले बाेलायाे साधारणसभा, बुक क्लाेज कहिले ?

लक्ष्मी सनराइज बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २५ गतेका लागि २६ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभा काठमाडौंको अग्रवाल भवन, कमलपोखरीमा बिहान १० बजेबाट सुर हुने छ । सभाले छब्बिसौं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने छ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको २०८३ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०८२/०८३ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु (सहायक कम्पनी समेत) छलफल गरी स्वीकृत गर्ने छ । बैंकको लेखापरीक्षण समितिको सिफारिश वमोजिम आ.व. २०८३ /०८४ को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव माथि पनि छलफल गरेर पारित गर्ने छ ।

बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ०.२६ प्रतिशतका दरले हुने ६,९६,३१,०२५.०० (अक्षरेपि) रु. छ करोड छयानब्बे लाख एकतिस हजार पच्चिस मात्र) बराबर नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । विशेष प्रस्तावका रुपमा बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको हालको चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुने १,३३,९०,५८,१७३.०० (अक्षरेपि रु एक अर्ब तेत्तिस करोड नब्बे लाख अन्ठाउन्न हजार एक सय त्रिहत्तर मात्र) बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । त्यस्तै उल्लिखित बोनस सेयर जारी गर्नका लागि आवश्यक हदसम्म अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

त्यस्तै विशेष प्रस्ताव नं. (१) र (२) सम्बन्धी प्रस्ताव कार्यान्वयनका लागि बैंकको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुवाट कुनै फेरवदल वा सुझाव आएमा आवश्यक संसोधन/समायोजन गर्न बैंकको सञ्चालक समिति ( वा सञ्चालक समितिले तोकेको कुनै पदाधिकारी) लाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने छ ।

साधारणसभा प्रयोजनाका लागि बैंकको मंसिर १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यस अनुसार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा मंसिर ११ गतेसम्म सेयर कारोबार भइ कायम सेयरधनीहरुले मात्रै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्ने छन भने साधारणसभामा भाग लिन पनि पाउने छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
2d ago
एनएमबी बैंकले बोलायो साधारण सभा, लाभांश वितरणबारे छलफल हुने

एनएमबी बैंकले बोलायो साधारण सभा, लाभांश वितरणबारे छलफल हुने

काठमाडौं। एनएमबी बैंक लिमिटेडले आफ्नो ३१औँ वार्षिक साधारण सभा आगामी मंसिर २५ गते आयोजना गर्ने भएको छ।  सभामा आर्थिक...

#सभा #लाभांश #बैंकले
Compare →
Nagarik News
1d ago
अर्थ समितिको बैठक मंसिर ७ गते, विधेयकमाथि छलफल हुने

अर्थ समितिको बैठक मंसिर ७ गते, विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको ३३औँ बैठक आगामी मंसिर ७ गते सोमबार बस्ने भएको छ।

#मंसिर #समितिको
Compare →

Related Stories

Business & Economy
Build #2612