Trending
Prev Story
Next Story

वर्षमानको दाबी- रास्वपा फुट्यो र बालेनले रवि थुने वा रवि प्रधानमन्त्री बने आश्चर्य मान्नुपर्दैन

Onlinekhabar •
November 19, 2026 • 09:01 AM
5
5 reads 0 reactions

३ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सत्तारुढ दल रास्वपाभित्रको अन्तरसंघर्ष एक पछि अर्को गरी बढिराखेको बताएका छन् । उनका अनुसार कुनै पनि बेला रास्वपा फुट्यो, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पार्टी सभापति …

वर्षमानको दाबी- रास्वपा फुट्यो र बालेनले रवि थुने वा रवि प्रधानमन्त्री बने आश्चर्य मान्नुपर्दैन

३ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सत्तारुढ दल रास्वपाभित्रको अन्तरसंघर्ष एक पछि अर्को गरी बढिराखेको बताएका छन् ।

उनका अनुसार कुनै पनि बेला रास्वपा फुट्यो, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पार्टी सभापति रवि लामिछानेलाई थुने वा रविले बालेनलाई टेकओभर गरेर प्रधानमन्त्री बने भने आश्चर्य मान्नु नपर्ने अवस्था बनेको छ ।

दैलेखमा आयोजित नेकपाको राष्ट्रिय जागरण तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘अहिले उनीहरूको संघर्ष एक पछि अर्को बढिराखेको छ’ नेता पुनले भने, ‘कुनै पनि बेला पार्टी फुट्यो भने आश्चर्य मान्नुपर्दैन । कुनै पनि बेला प्रधानमन्त्रीले सभापति रविलाई थुने भने पनि आश्चर्य मान्नुपर्दैन । कुनै बेला प्रधानमन्त्रीलाई सभापतिले टेकओभर गरेर आफू प्रधानमन्त्री भए पनि आश्चर्य मान्नुपर्दैन ।’

यस्ता चलखेलहरू भइराखेको भनेर उनले पार्टीका नेता/कार्यकर्तालाई प्रशिक्षित गरेका हुन् । रास्वपा कसरी उदाएको दल हो भनेर यहाँनेर प्रश्न गर्नुपर्ने उनले टिप्पणी गरे ।

‘अनि स्थिरताको कुरा गर्‍यो होइन ? पाँच वर्षको लागि जनताले स्थिरताको लागि मत दिएको हो । किन अस्थिर बनाउन लागेको ? यो त प्रश्न गर्नुपर्ला नि खोई स्थिर ?’ रास्वपा नेतृत्वलाई प्रश्न गर्नुपर्ने उनले बताए ।

विभिन्न दलहरू मिलेर १८ महिनासम्म पछिल्लो पटक सरकार चलेको स्मरण गर्दै उनले थपे, ‘तर एउटै पार्टीको बहुमत पाएर पनि खै त स्थायित्व ? नीतिगत र संरचनात्मक अस्थिरताले झन् झन् अनिश्चिततातिर देश गइराखेको छ ।’

यो वातावरण बन्नुमा स्वयम रास्वपा जिम्मेवार रहेको र रास्वपाले अस्थिरताको जवाफ दिनुपर्ने उनको आग्रह छ ।

‘अहिले देखिराख्नुभएको छ । खासमा रास्वपामा संघर्ष छ, प्रधानमन्त्री र सभापति बीचमा । त्यो संघर्ष कहाँ पुग्यो भन्दा अदालतमा पुगेको छ । कसको पक्षमा ? अनि त्यो संघर्ष पुगेको छ प्रहरीमा गएर आईजीपी फेर्नेमा,’ उनले भने ।

सर्वोच्च अदालतमा हालै चार जना नयाँ न्यायाधीश नियुक्त भएका छन् । यसबीचमा प्रहरी महानिरीक्षक (आईजीपी) फेरिएका छन् ।

रास्वपाभित्रको संघर्षकै कारण मिडियाहरूमाथि समेत हस्तक्षेप बढेको नेता पुनको निष्कर्ष छ । र, पार्टी भित्रै पनि एक पक्ष र अर्को पक्ष हेर्ने प्रवृति देखा परेको उनको भनाइ छ ।

‘त्यो संघर्ष कहाँ पुगेको छ ? मिडिया कसको ? सभापतिको पक्षकालाई पक्रने, अर्को पक्षका थुन्ने, अर्को पक्ष के गर्नेमा’ नेता पुन भन्छन्, ‘त्यो संघर्ष कहाँ पुगेको छ भने दलहरूमा पनि सभापति नजिक भयो भने थुन्दिने, पक्रिदिने, तर्साउने अनि प्रधानमन्त्री नजिक भयो भने छोड्दिने जस्तो भइराखेको छ ।’

कुनै पनि काम विधि र प्रक्रियासम्मत भन्दा पनि नजिकपना हेरेर गर्ने प्रवृत्ति देखा परेको उनले बताए ।

‘यो स्वेच्छाचारिता, यो निरंकुशता बढेर गइराखेको छ । कुनै विधि, विधान, कानुन प्रमाणसंगत, कानुनसम्मत भन्ने कुरै छैन,’ उनी भन्छन्, ‘रातारात कसलाई के पर्यो उठाइदिने खालको देखिराख्नुभएको छ ।’

नेता पुनले सरकारले विभिन्न व्यक्तिहरूलाई पक्राउ गर्दै आएको पनि स्मरण गरे ।

‘पूर्वप्रधानन्यायाधीशका बदमासी होलान्, कमजोरी होलान् तर रातारात बिना कारण उठाएर लाने ? अर्को मान्छेलाई उठाएर लाने, सचिवहरूलाई उठाएर लान्छ, भोलि केही पनि छैन,’ नेता पुनले सरकारी शैलीको आलोचना गर्दै भने ।

उनले थपे, ‘व्यापारी उद्योगीलाई उठाएर लान्छ भोलि केही पनि छैन । त्यहीँ छोड्ने । यस्ता एकदम स्वेच्छाचारी ढंगले राज्य सञ्चालनका कुराहरू एक पछि बढेर गएका छन् ।’

यसको कारण सत्तारुढ दल रास्वपाभित्र चलिराखेको पार्टी सभापति लामिछाने र प्रधानमन्त्रीबीच संघर्ष रहेको उनको दाबी छ ।

पार्टी सभापति लामिछानेसँग संघर्ष चर्किँदै जाँदा आन्तरिक द्वन्द्वलाई व्यवस्थापन गर्नको लागि प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने पनि नेता पुनले जिकिर गरे ।

उनी भन्छन्, ‘अर्को चिन्ताको विषय भूराजनीतिक द्वन्द्व झन् चर्केर गएको छ । चर्किराखेको छ भन्दा प्रधानमन्त्रीले कहिँ न कहिँ मिडियामा पनि आइसकेको छ । आन्तरिक द्वन्द्वलाई व्यवस्थापन गर्नको लागि संसद विघटन गर्ने, मध्यावधितिर जाने तर मध्यावधि नगर्ने र एक रूपले लिने, जो २३–२४ गते थियो नि !’

२३–२४ भनेर नेता पुनले २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई स्मरण गरेका हुन् । यी विषय राख्दै उनले मुलुकमा प्रतिक्रान्तिको खतरा टरिनसकेको तर्क गरे ।

आन्तरिक द्वन्द्वलाई व्यवस्थापन गर्न प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने दोहोर्‍याउँदै उनले भने, ‘संसद विघटन गर्ने, संविधान खारेज गर्ने, व्यवस्था खारेज गर्ने र तानाशाही ढंगले जरुरी परे राजा अर्को कुनै एकाधिकारी ढंगले लाने खालको कोसिस, त्यो बाटोमा छ । प्रतिक्रान्तिको बाटो अब टर्‍यो, अब खतरा छैन भन्ने हैन । त्यसका विरुद्ध हामीले लड्नुपर्नेछ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
बालेन्द्र र रविसँगको ‘अविस्मरणीय’ तस्बिर छ ? रास्वपा सांसदले दिने भए नगद पुरस्कार

बालेन्द्र र रविसँगको ‘अविस्मरणीय’ तस्बिर छ ? रास्वपा सांसदले दिने भए नगद पुरस्कार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पारश मणि गेलालले अनौठो घोषणा गरेका छन्। उनले सचिवालयमार्फत फोटो तथा भिडियो प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका हुन्। सचिवालयले आगामी फाग...

#बालेन-शाह #रास्वपा #बालेन
Compare →
Nagarik News
23h ago
‘बालेनले रविलाई पनि थुन्न सक्छन्’

‘बालेनले रविलाई पनि थुन्न सक्छन्’

‘सरकार अहिले भारतसँग लम्पसार परेको छ। कुनै पनि बेला बालेनले रविलाई थुनेमा आश्चर्य नमाने हुन्छ,’ पुनले भने, ‘कुनै बेला रविले प्रधानमन्त्री हटाएमा पनि आश्चर्य हुनेछैन।’

#बालेन-शाह #बेला #बालेन
Compare →
Ekantipur
23h ago
प्रधानमन्त्रीले सभापतिलाई थुने वा सभापतिले टेकओभर गरी प्रधानमन्त्री भए आश्चर्य मान्नु पर्दैन : पुन

प्रधानमन्त्रीले सभापतिलाई थुने वा सभापतिले टेकओभर गरी प्रधानमन्त्री भए आश्चर्य मान्नु पर्दैन : पुन

प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीचको शक्ति संघर्ष अदालत, प्रहरी, मिडिया र राजनीतिक दलमा कसलाई के गर्ने भन्ने तहसम्म पुगेको नेकपा सांसद तथा पूर्वमन्त्री वर्षमान पुनले दाबी गरेका छन् ।

#रास्वपा #थुने #आश्चर्य
Compare →
Bizshala
23h ago
प्रधानमन्त्री बालेनका प्रमुख सल्लाहकारविरुद्ध प्रहरीमा उजुरी, डिजिटल प्रमाण नष्ट गरी अनुसन्धान प्रभावित पारेको आरोप

प्रधानमन्त्री बालेनका प्रमुख सल्लाहकारविरुद्ध प्रहरीमा उजुरी, डिजिटल प्रमाण नष्ट गरी अनुसन्धान प्रभावित पारेको आरोप

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का प्रमुख राजनीतिक सल्लाहकार तथा रणनीतिकार कुमार ब्यञ्जनकार ‘कुमार...

#बालेन-शाह #बालेन
Compare →

Related Stories

Politics & Governance
Build #2612