Trending
Prev Story
Next Story

एसियाली क्लियरिङ युनियन अध्यक्षमा नेपाल राष्ट्र बैंक

Onlinekhabar •
November 19, 2026 • 09:01 AM
5
5 reads 0 reactions

३ मंसिर, काठमाडौं । एसियाली क्लियरिङ युनियन (एसीयू) को अध्यक्षता सन् २०२६/२७ का लागि नेपाल राष्ट्र बैंकले पाएको छ । एसीयू सञ्चालक समितिको ५४औं बैठकले राष्ट्र बैंकलाई आगामी एक वर्षका लागि अध्यक्षता हस्तान्तरण गरेको हो । राष्ट्र …

एसियाली क्लियरिङ युनियन अध्यक्षमा नेपाल राष्ट्र बैंक

३ मंसिर, काठमाडौं । एसियाली क्लियरिङ युनियन (एसीयू) को अध्यक्षता सन् २०२६/२७ का लागि नेपाल राष्ट्र बैंकले पाएको छ ।

एसीयू सञ्चालक समितिको ५४औं बैठकले राष्ट्र बैंकलाई आगामी एक वर्षका लागि अध्यक्षता हस्तान्तरण गरेको हो ।

राष्ट्र बैंकको आयोजनामा एसीयूको स्थायी प्राविधिक समिति बैठक नोभेम्बर १७ र सञ्चालक समितिको ५४औं बैठक नोभेम्बर १८ मा काठमाडौंमा सम्पन्न भएको हो ।

बैठकमा अन्तरदेशीय भुक्तानी प्रणालीको आधुनिकीकरण तथा नीतिगत सुधारका विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।

बैठकमा भारतीय रिजर्भ बैंकका गभर्नर लगायत सदस्य राष्ट्रका केन्द्रीय बैंकका उच्च अधिकारी, पर्यवेक्षक तथा एसीयू सचिवालय प्रतिनिधि सहभागी थिए ।

बैठकले सन् २०२७/२८ का लागि एसीयूको अध्यक्षमा सेन्ट्रल बैंक अफ म्यानमार र उपाध्यक्षमा भारतीय रिजर्भ बैंकलाई चयन गरेको छ ।

त्यस्तै सञ्चालक समितिको आगामी बैठक २०२७ जुनमा म्यानमारको नेपिडोमा आयोजना गर्ने निर्णय भएको छ ।

बैठकले एसीयू महासचिवालयले तयार गरेको २०२४/२५ को प्रतिवेदन पनि ग्रहण गरेको छ । स्थायी प्राविधिक समितिले गरेका सिफारिस समेत अनुमोदन गरेको छ ।

बैठकमा ‘डिजिटल इकोनोमी एन्ड क्रस बोर्डर रिजनल कोअपरेसन रोडम्याप’ विषयमा पनि छलफल भएको थियो ।

सन् १९७४ मा अन्तरदेशीय भुक्तानी कारोबार व्यवस्थित र सहजीकरण गर्ने उद्देश्यले स्थापना भएको एसीयूको सचिवालय इरानको तेहरानमा छ ।

यसमा बंगलादेश, भुटान, भारत, इरान, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान, मौरिसस, बेलारुस र श्रीलंका सहित ११ देशका केन्द्रीय बैंक आबद्ध छन् ।

एसीयूको द्विमासिक नेट सेटलमेन्ट प्रणालीले सदस्य राष्ट्रबीच हुने भुक्तानीमा सम्भावित कठिनाइ कम गर्दै कारोबार सहज बनाउन सहयोग गर्ने विश्वास राष्ट्र बैंकले व्यक्त गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
6h ago
एसियाली क्लियरिङ युनियनको वैठकमा सदस्य राष्ट्रबीच आफ्नै मुद्रा प्रयोगमा जोड

एसियाली क्लियरिङ युनियनको वैठकमा सदस्य राष्ट्रबीच आफ्नै मुद्रा प्रयोगमा जोड

बैठकले सन् २०२७-२८ का लागि संघको अध्यक्षमा म्यानमारको केन्द्रीय बैंक र उपाध्यक्षमा भारतीय रिजर्भ बैंकलाई चयन गरेको छ ।

#एसियाली #क्लियरिङ #युनियन
Compare →
Bizshala
6h ago
एसियन क्लियरिङ युनियनको बैठक सम्पन्न, नेपाल राष्ट्र बैंकलाई अध्यक्षता हस्तान्तरण

एसियन क्लियरिङ युनियनको बैठक सम्पन्न, नेपाल राष्ट्र बैंकलाई अध्यक्षता हस्तान्तरण

काठमाडौं । नेपाल राष्ट्र बैंकको आयोजनामा एसियन क्लियरिङ युनियन (एसीयू)को सञ्चालक समितिको ५४औँ बैठक काठमाडौंमा सम्पन्न...

#एसीयू #क्लियरिङ #युनियन
Compare →
Hamro Patro News
2d ago
ट्रेड युनियनका संरचना हटाउने निर्णयविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

ट्रेड युनियनका संरचना हटाउने निर्णयविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

काठमाडौँ। ट्रेड युनियनका संरचना हटाउने गरी सरकारको निर्णयविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गाना र चन्द्रबहादुर सारुको संयुक्त इजलासले मंग...

#युनियन
Compare →
Nagarik News
2w ago
एसियाली राजमार्ग : निर्माणमा अव्यवस्था, यात्रु र स्थानीयवासीलाई सास्ती

एसियाली राजमार्ग : निर्माणमा अव्यवस्था, यात्रु र स्थानीयवासीलाई सास्ती

पूर्व–पश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडक खण्डको निर्माणलाई व्यवस्थित गरी यात्रुमैत्री बनाउन जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयवासीले माग गरेका छन्।

#एसियाली
Compare →

Related Stories

National (Nepal)
Build #2612