मंगलबार सम्पन्न जिल्ला अधिवेशनबाट पुन निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनले जिल्लाका दुवै संघीय निर्वाचन क्षेत्र र स्थानीय तहको नेतृत्व निर्विरोध चयन गरेको छ ।
परासी — नेपाली कांग्रेसको देउवा समूह पश्चिम नवलपरासीको सभापतिमा गोपी पुन चयन भएका छ्न् ।मंगलबार सम्पन्न जिल्ला अधिवेशनबाट पुन निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनले जिल्लाका दुवै संघीय निर्वाचन क्षेत्र र स्थानीय तहको नेतृत्व निर्विरोध चयन गरेको छ ।
अधिवेशनबाट क्षेत्र नम्बर १ को सभापतिमा राजु अधिकारी, क्षेत्र नम्बर २ को सभापतिमा विक्रम राना चयन भएको निर्वाचन अधिकृत राजेन्द्र खनालले बताए । यसीगरी रामग्राम नगर सभापतिमा प्रकाश चौधरी, सुनवल नगर सभापतिमा पुरुषोत्तम पाण्डेय, बर्दघाट नगर सभापतिमा तिलकुमारी श्रेष्ठ, पाल्हीनन्दन गाउँपालिका सभापतिमा तारानन्द बर्मा, सरावल गाउँपालिका सभापतिमा कृष्णदत्त लाल, प्रतापपुर गाउँपालिका सभापतिमा कमलेश्वर गुप्ता चयन भएका छन् ।
महाधिवेशन तथा प्रदेश प्रतिनिधि चयन अधिवेशनबाट केन्द्रीय महाधिवेशन र लुम्बिनी प्रदेश अधिवेशनका लागि प्रतिनिधिहरूसमेत सर्वसम्मत चयन भएका छन् । जसअनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट ३५ जना र क्षेत्र नम्बर २ बाट ३५ जना गरी जम्मा ७० जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।