Trending
Prev Story
Next Story

शिर मेमोरियलमा संघले बंकर बनाओस्, हामी मेसिन दिन्छौं : मुख्यमन्त्री थापामगर

Ekantipur •
November 18, 2026 • 02:32 PM
2
2 reads 0 reactions

रेडियोथेरापी मेसिनका लागि प्रदेशको २ करोड विनियोजन, थप बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता

शिर मेमोरियलमा संघले बंकर बनाओस्, हामी मेसिन दिन्छौं : मुख्यमन्त्री थापामगर

रेडियोथेरापी मेसिनका लागि प्रदेशको २ करोड विनियोजन, थप बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता

काभ्रे — काभ्रेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा रेडियोथेरापी सेवा सञ्चालनका लागि आवश्यक बंकर (रेडियोथेरापी मेसिन राख्ने विशेष सुरक्षित कोठा) संघीय सरकारले निर्माण गरिदिए प्रदेश सरकारले मेसिन खरिदमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।  प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रेडियोथेरापी मेसिन खरिदका लागि आवश्यक थप रकम चालु आर्थिक वर्षमै व्यवस्थापन गर्ने बताएका हुन्।

अस्पतालको नवनिर्मित ओपीडी भवन उद्घाटन कार्यक्रममा बुधबार मुख्यमन्त्री थापामगरले रेडियोथेरापी मेसिन खरिदका लागि प्रदेश सरकारले २ करोड रुपैयाँ विनियोजन गरिसकेको जानकारी दिए। क्यान्सर उपचारका लागि रेडियोथेरापी मेसिन सञ्चालनका लागि आवश्यक बंकर निर्माण संघीय सरकारले गरिदिए थप बजेट प्रदेशले व्यवस्थापन गर्ने उनको भनाइ थियो। ‘संघीय सरकारले बंकरको व्यवस्था गरिदिने हो भने रेडियोथेरापी मेसिनका लागि थप बजेट यसै वर्ष व्यवस्थापन गर्छौं,’ उनले भने, ‘नगरपालिकासँग समन्वय गरेर लागत अनुमान तयार गर्नुस्, तत्काल टेन्डर निकाल्नुस् र बंकर निर्माणको काम अघि बढाउनुस्।’

मेसिन मात्रै खरिद गरेर नहुने भन्दै उनले त्यसका लागि आवश्यक पूर्वाधार निर्माण पनि सँगसँगै अघि बढाउनुपर्ने बताए। रेडियोथेरापी सेवा सञ्चालनका लागि संघीय सरकारसँग समन्वय गर्ने र मेसिन खरिदमा प्रदेशले थप रकम जुटाउने प्रतिबद्धता उनले व्यक्त गरे।

रेडियोथेरापी सेवा विस्तारसँगै काभ्रे तथा आसपासका जिल्लाका क्यान्सरका बिरामीलाई उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। स्वास्थ्य क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै प्रतिनिधिसभा सदस्य बदन भण्डारीले नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताए।

अस्पतालको नवनिर्मित ओपीडी भवन समाजसेवी राजभाई प्रधानले व्यक्तिगत लगानीमा निर्माण गरिदिएका हुन्। अस्पतालका अनुसार भवन निर्माणमा ५ करोड ३६ लाख रुपैयाँ खर्च भएको छ। भवन निर्माणमा सहयोग गर्ने प्रधानलगायत सम्पूर्ण सहयोगीप्रति अस्पतालकी डा. एन्जेला बस्नेतले आभार व्यक्त गरिन्।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
बागमतीका मुख्यमन्त्री भन्छन्- करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ

बागमतीका मुख्यमन्त्री भन्छन्- करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ

१ मंसिर, मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले करको दर बढाएर मात्र राज्यको राजस्व वृद्धि सम्भव नहुने बताएका छन् । राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आज  आन्तरिक राजस्व कार्यालय हेटौँडाले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री …

#मुख्यमन्त्री #थापामगर
Compare →
Nagarik News
1d ago
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर

करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राज्यको राजस्व वृद्धि सम्भव नहुने बताएका छन्।

#मुख्यमन्त्री #थापामगर
Compare →
Hamro Patro News
1d ago
त्रिवेणी रङ्गशालाको मुख्यमन्त्री पाण्डेद्वारा स्थलगत अवलोकन

त्रिवेणी रङ्गशालाको मुख्यमन्त्री पाण्डेद्वारा स्थलगत अवलोकन

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङको बेँसीसहर नगरपालिका–७ सहजीस्थित त्रिवेणी रङ्गशालाको स्थलगत अवलोकन गरेका छन् । मुख्यमन्त्री पाण्डेसहित प्रदेशका पूर्वमन्त्री भेषबहा...

#मुख्यमन्त्री
Compare →
Arthasansar
4d ago
मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन्। आज बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री यादवले राजीनामा दिएका हुन्। आज बसेको बैठकमा...

#मुख्यमन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2612