Trending
Prev Story
Next Story

काठमाडौं–तराई/मधेस द्रुतमार्गको काम निर्धारित समयभित्रै सक्न मन्त्री लम्सालको निर्देशन

Nagarik News •
November 18, 2026 • 01:05 PM
1
1 reads 0 reactions

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन्।

काठमाडौं–तराई/मधेस द्रुतमार्गको काम निर्धारित समयभित्रै सक्न मन्त्री लम्सालको निर्देशन

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन्।

आयोजनाअन्तर्गत मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकामा निर्माणाधिन महादेवटार सुरुङको आज आयोजित ब्रेक थ्रुु समारोहलाई सम्बोधन गर्दै उहाँले सरकारले यस आयोजनाको काम तीन वर्षभन्दा बढी अगाडि बढेको हेर्न नचाहेको बताए।

द्रुतमार्ग निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गरिने उनले बताए। लचकता अपनाउँदै व्यवसायीहरूलाई पटक–पटक अवसर र सुविधा दिए पनि त्यसको अपेक्षित परिणाम आउन नसकेको उल्लेख गर्दै उनले निर्धारित समयभित्र काम नसकिने अवस्था देखिए तत्काल ठेक्का अन्त्य गर्न निर्देशन दिए।

हाल काम गर्ने मुख्य सिजन सुरु भइसकेको बताउँदै उनले आगामी जेठसम्म निर्धारित कार्यतालिकाअनुसार ठोस प्रगति हासिल हुनुपर्ने धारणा राखे।

द्रुतमार्गलाई केवल सडक निर्माणमा मात्र सीमित नराखी नेपाली प्राविधिक जनशक्ति उत्पादन र अनुभव अभिवृद्धिको ठूूलो अवसरका रूपमा समेत लिइएको बताउँदै उहाँले आयोजनामा खटिएका नेपाली इन्जिनियर, परामर्शदाता, सुपरभाइजर तथा नेपाली सेनाका प्राविधिकहरू भविष्यका ठूला पूर्वाधार निर्माणका लागि देशकै अमूल्य सम्पत्ति बन्ने बताए। यस्ता प्रकृतिका आयोजना बढाउने सरकारको तयारी रहेको उनले बताए।

विपद् व्यवस्थापनका साथै छोटो समयमै ‘बेली ब्रिज’ निर्माणमा सेनाले देखाएको कार्यक्षमताको प्रशंसा गर्दै उनले आगामी दिनमा नेपाल सरकारले नेपाली सेनालाई अन्य धेरै आयोजनाहरूमा सहभागी गराउँने बताए।

प्रकाशित: २ मंसिर २०८३ १८:५० बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
7h ago
काठमाडौं–तराई द्रुतमार्गले यातायात प्रणालीमा गुणात्मक परिवर्तन ल्याउँछ : राष्ट्रपति पौडेल

काठमाडौं–तराई द्रुतमार्गले यातायात प्रणालीमा गुणात्मक परिवर्तन ल्याउँछ : राष्ट्रपति पौडेल

२ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने बताएका छन्। बुधबार काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङ मार्गको 'ब्रेक थ्रु' कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले द्रुतमार्गले काठमाडौं र तराई–मधेशबीचको …

#द्रुतमार्ग #काठमाडौं #तराई
Compare →
Hamro Patro News
5h ago
द्रुतमार्गमा ढिलाइ गर्ने निर्माण कम्पनीको ठेक्का तत्काल रद्द गरिनेछ : मन्त्री लम्साल

द्रुतमार्गमा ढिलाइ गर्ने निर्माण कम्पनीको ठेक्का तत्काल रद्द गरिनेछ : मन्त्री लम्साल

काठमाडौँ । काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा ढिलाइ गर्ने तथा संशोधित कार्यतालिकाअनुसार काम अघि बढाउन नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गरिने पूर्वाधार विकासमन्त्री...

#द्रुतमार्ग #काठमाडौं #लम्साल
Compare →
Ekantipur
59m ago
काठमाडौंका होटल तथा पर्यटन व्यवसाय २४सै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाउन माग

काठमाडौंका होटल तथा पर्यटन व्यवसाय २४सै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाउन माग

मध्यरातमा होटल बन्द हुँदा पर्यटकलाई आवास र खानपानमा समस्या भएको भन्दै जिल्ला होटल व्यवसायी संघ काठमाडौंले प्रशासनसँग माग गरेको हो ।

#काठमाडौं
Compare →
Bizshala
4h ago
काठमाण्डौमा भोलिदेखि  स्टार्टअप तथा इनोभेसन प्रदर्शनी हुँदै, एआईदेखि रोबोटिक्ससम्मका प्रविधि प्रदर्शन गरिने

काठमाण्डौमा भोलिदेखि स्टार्टअप तथा इनोभेसन प्रदर्शनी हुँदै, एआईदेखि रोबोटिक्ससम्मका प्रविधि प्रदर्शन गरिने

काठमाण्डौ । नेपालको स्टार्टअप तथा नवप्रवर्तन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाण्डौमा ‘स्टार्टअप एण्ड...

#काठमाडौं
Compare →
Arthasansar
6h ago
काठमाडौंको मेयरमा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले उम्मेदवारी दिने

काठमाडौंको मेयरमा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले उम्मेदवारी दिने

पूर्व शिक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद सुमना श्रेष्ठले अब हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयर पदमा उम्मेदवारी दिने...

#काठमाडौं
Compare →

Related Stories

Politics & Governance
Build #2612