Trending
Prev Story
Next Story

काठमाडौं–तराई द्रुतमार्गले यातायात प्रणालीमा गुणात्मक परिवर्तन ल्याउँछ : राष्ट्रपति पौडेल

Onlinekhabar •
November 18, 2026 • 06:30 AM
1
1 reads 0 reactions

२ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने बताएका छन्। बुधबार काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङ मार्गको 'ब्रेक थ्रु' कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले द्रुतमार्गले काठमाडौं र तराई–मधेशबीचको …

काठमाडौं–तराई द्रुतमार्गले यातायात प्रणालीमा गुणात्मक परिवर्तन ल्याउँछ : राष्ट्रपति पौडेल

२ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने बताएका छन्।

बुधबार काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङ मार्गको ‘ब्रेक थ्रु’ कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले द्रुतमार्गले काठमाडौं र तराई–मधेशबीचको दूरी घटाउनुका साथै आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताएका हुन् ।

उनले करिब ७३ किलोमिटर लामो अत्याधुनिक प्रविधिमा आधारित द्रुतमार्ग सञ्चालनमा आएपछि यात्रा समय र दूरी उल्लेख्य रूपमा घट्ने, इन्धन खपत कम हुने तथा सवारीसाधनको सञ्चालन र मर्मतसम्भार खर्चमा समेत बचत हुने बताए ।

राष्ट्रपति पौडेलले राष्ट्रिय गौरवको आयोजना निर्माणमा नेपाली सेनाले हासिल गरेको प्रगति र उत्साहको प्रशंसा गर्दै निर्धारित समयमै आयोजना सम्पन्न हुने विश्वास व्यक्त गरे ।

विकट भौगोलिक अवस्था, जटिल भू–बनावट र प्रतिकूल परिस्थितिका बाबजुद नेपाली सेनाले पूर्वाधार निर्माणमा देखाएको दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय रहेको उनको भनाइ छ ।

उनले द्रुतमार्गको महत्त्व भौतिक पूर्वाधार निर्माणमा मात्रै सिमित नरहेको बताए । यसले राजधानी र तराई–मधेशबीचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उहाँले विश्वास व्यक्त गरे ।

त्यस्तै, पर्यटन प्रवर्द्धन, व्यापार तथा पारवहन सहजीकरण, क्षेत्रीय आर्थिक गतिविधिको विस्तार र दिगो विकासका लक्ष्य प्राप्तिमा समेत द्रुतमार्गको योगदान महत्वपूर्ण हुने राष्ट्रपति पौडेलले बताए ।

आफूले द्रुतमार्गको तेस्रो पटक स्थलगत अवलोकन गरेको उल्लेख गर्दै उनले नेपाली सेनाले हालसम्म हासिल गरेको प्रगतिले आयोजना सफलतापूर्वक सम्पन्न हुनेमा थप विश्वस्त बनाएको बताए ।

पौडेलले भने, ‘नेपाली सेनाले आफ्नो संवैधानिक जिम्मेवारी निर्वाह गर्नुका साथै राष्ट्र निर्माण र विकासका क्षेत्रमा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय छ । जटिल भौगोलिक अवस्था र विभिन्न चुनौतीका बाबजुद यस आयोजनामा सेनाले देखाएको दक्षता, कार्यकुशलता र प्रतिबद्धता सराहनीय छ । काठमाडौँ उपत्यकालाई तराई–मधेशसँग जोड्ने यस द्रुतमार्गको निर्माण सम्पन्न भएपछि यात्रा समय र दूरी घट्नुका साथै यातायात, व्यापार, पर्यटन तथा समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु ।’

राष्ट्रपति पौडेलले आयोजना निर्माणमा सरकार, रक्षा मन्त्रालय, नेपाली सेना, निर्माण व्यवसायी तथा अन्य सम्बन्धित पक्षले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै प्रभावकारी समन्वय र प्रतिबद्धताका साथ काम गर्न आग्रह गरे ।

उनले निर्धारित समयभित्रै आयोजना सम्पन्न होस् भन्ने शुभकामनासमेत व्यक्त गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2h ago
द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल मकवानपुरमा

द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल मकवानपुरमा

राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङ छिचोल्ने (ब्रेक थ्रु) कार्यक्रममा सहभागी हुन आज मकवानपुर आएका छन्।

#द्रुतमार्ग #राष्ट्रपति #पौडेल
Compare →
Hamro Patro News
1h ago
एनपीएल एलिमिनेटर : चितवन र काठमाडौंको परीक्षा, उपाधि होडबाट को बाहिरिएला ?

एनपीएल एलिमिनेटर : चितवन र काठमाडौंको परीक्षा, उपाधि होडबाट को बाहिरिएला ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आफ्नो उपाधि होडलाई जीवित राख्न आज चितवन राइनोज र काठमाडौं गोर्खाजबीच निर्णायक भिडन्त हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिके...

#काठमाडौं
Compare →
Bizshala
3h ago
विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा, एक्यूआई १७२ पुग्यो

विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा, एक्यूआई १७२ पुग्यो

काठमाडौँ । काठमाडौँको वायु प्रदूषण बढ्दै विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा पाँचौँ स्थानमा पुगेको छ ।आईक्यूएयरका...

#काठमाडौं
Compare →
Ekantipur
18h ago
काठमाडौं–दानाङ सिधा चार्टर उडान हुने

काठमाडौं–दानाङ सिधा चार्टर उडान हुने

रुप्से होलिडेजले आगामी डिसेम्बर ९ र १३ मा काठमाडौं–दानाङ सिधा चार्टर उडान सञ्चालन गर्ने भएको हो ।

#काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2612