Trending
Prev Story
Next Story

नियुक्तिको एक महिनापछि आनी छोइङ पदबहाली गर्न लुम्बिनीमा

Ekantipur •
November 18, 2026 • 10:32 AM
3
3 reads 0 reactions

नियुक्तिपछि नागरिकता र आर्थिक पक्षलाई लिएर विरोध हुँदा उनले कोषले पूर्णता पाएपछि मात्र लुम्बिनी आउने अडान लिएकी थिइन्।

नियुक्तिको एक महिनापछि आनी छोइङ पदबहाली गर्न लुम्बिनीमा

नियुक्तिपछि नागरिकता र आर्थिक पक्षलाई लिएर विरोध हुँदा उनले कोषले पूर्णता पाएपछि मात्र लुम्बिनी आउने अडान लिएकी थिइन्।

भैरहवा — सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेको एक महिनापछि आनी छोइङ डोल्मा बुधबार बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेकी छन् ।

कोषले पूर्णता पाएसँगै उनी पदबहालीका लागि भैरहवा विमानस्थल भएर बुधबार दिउँसो लुम्बिनी आएकी हुन् ।उनको नियुक्ति लगत्तै लुम्बिनी बचाउ महाअभियानले बिरोध सुरु गरेको थियो । उनको नागरिकता र आर्थिक पक्षलाई उठान गरेर महाअभियानले विरोध थालेपछि आनी छोइङले कोषले पूर्णता पाएपछि मात्रै लुम्बिनी आउने अडान लिएकी थिइन् । बुधबार भैरहवा विमानस्थलमा कोषका कर्मचारी, स्थानीय बासिन्दा र सरकारी अधिकारीले स्वागत गरेका थिए ।

सरकराले मंगलबार कोषाध्यक्षमा पूर्व एआईजी रमेश शेखर बज्राचार्यलाई नियुक्त गरेसँगै कोषले पूर्णता पाएको हो। कोषका सदस्य सचिव सन्तोष पाण्डेय बुधबार अपरान्ह आनी छोइङले पद बहाली गर्ने कार्यक्रम रहेको बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को गत असोज ३० गतेको बैठकले आनीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

दुई साताअघि बसेको मन्त्रिपरिषद् बैठकले करिब ६ महिनादेखि रिक्त सदस्य–सचिवमा तिलोत्तमा नगरपालिकाका पाण्डेयलाई नियुक्त गरेको थियो । उक्त बैठकले परिषद् सदस्यमा डा. अमित केसी, उपेखा गुरुमा, दीपक कौशल र अर्जुन कुर्मीलाई नियुक्त गरेको थियो । चारै जना रूपन्देहीका हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3h ago
पुछारबाट च्याम्पियन हुँदै लगातार दोस्रो पटक फाइनलमा लुम्बिनी लायन्स

पुछारबाट च्याम्पियन हुँदै लगातार दोस्रो पटक फाइनलमा लुम्बिनी लायन्स

काठमाडौं : पहिलो सिजनको अन्तिम स्थानबाट दोस्रो सिजनमा उपाधि जितेको लुम्बिनी लायन्सले तेस्रो सिजनमा पनि आफ्नो लय कायम राखेको छ। खेलाडी छनोटमा निरन्तरता, नेपाली र विदेशी खेलाडीबीचको सन्तुलन तथा सामूह...

#लुम्बिनी
Compare →
Arthasansar
6h ago
लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । यस अघि संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखेकोमा संस्थापकबाट आवेदन नपरेपछि...

#लुम्बिनी
Compare →
Bizshala
8h ago
लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडका संस्थापक सेयरधनी किशोर राज पाण्डेले आफ्नो नाममा रहेको ६० हजार ७०९ कित्ता...

#लुम्बिनी
Compare →
Nagarik News
10h ago
लुम्बिनीका लागि फेरि सहज बन्यो सुदूरपश्चिम

लुम्बिनीका लागि फेरि सहज बन्यो सुदूरपश्चिम

उपाधि रक्षा गर्ने अभियानमा रहेको लुम्बिनी लायन्सका लागि सुदूरपश्चिम रोयल्स फेरि सहज प्रतिद्वन्द्वी बन्यो।

#लुम्बिनी
Compare →
Onlinekhabar
20h ago
डिकवेलाको अर्धशतकमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा

डिकवेलाको अर्धशतकमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा

काठमाडौं । निरोसन डिकवेलाको अर्धशतक मद्दतमा सुदूरपश्चिम रोयल्सलाई पहिलो क्वालिफायरमा ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले …

#लुम्बिनी
Compare →

Related Stories

Technology
Build #2612