Trending
Prev Story
Next Story

युएईमा अलपत्र नेपालीद्वारा उद्धारको गुहार, गृहमन्त्रीले भने- २ दिनभित्र स्वदेश फर्काइन्छ

Nagarik News •
November 17, 2026 • 04:04 PM
2
2 reads 0 reactions

संयुक्त अरब इमिरेट्स (युएई) मा अलपत्र परेका नेपाली कामदारहरूले उद्धारका लागि गुहार माग्दै सार्वजनिक गरेको भिडियोमा गृहमन्त्री सुधन गुरुङले प्रतिक्रिया जनाउँदै उनीहरूलाई दुई दिनभित्र स्वदेश फर्काइने बताएका छन्।

युएईमा अलपत्र नेपालीद्वारा उद्धारको गुहार, गृहमन्त्रीले भने- २ दिनभित्र स्वदेश फर्काइन्छ

संयुक्त अरब इमिरेट्स (युएई) मा अलपत्र परेका नेपाली कामदारहरूले उद्धारका लागि गुहार माग्दै सार्वजनिक गरेको भिडियोमा गृहमन्त्री सुधन गुरुङले प्रतिक्रिया जनाउँदै उनीहरूलाई दुई दिनभित्र स्वदेश फर्काइने बताएका छन्।

दुबईमा आयोजित विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन हाल युएईमै रहेका गुरुङले उक्त भिडियोमा कमेन्ट गर्दै उद्धारका लागि दूतावासबाट टोली खटाइसकिएको जानकारी दिएका हुन्।

गृहमन्त्री गुरुङले उद्धार प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै स्वदेश फर्किन चाहनेको सङ्ख्या भने निकै कम देखिएको बताएका छन्।

‘दूतावासबाट हिजै एउटा टोली पठाइसकिएको छ, उनीहरूको उद्धार गरी २ दिनभित्र स्वदेश फर्काइनेछ,’ उनले लेखेका छन्, ‘फर्किन इच्छुक मानिसहरूको सङ्ख्या निकै कम देखिएको छ।’

यसअघि सार्वजनिक भिडियोमा युएईको जाबेल अलीस्थित लेबर क्याम्पमा रहेका नेपाली युवाहरूले गृहमन्त्री गुरुङ युएई आउँदै गरेको थाहा पाएपछि उद्धार गरिदिन अपिल गरेका थिए। भिडियोमा बोल्ने युवाले आफूहरूसहित त्यहाँ २ सयदेखि ३ सय नेपाली युवा बिचल्लीमा परेको दाबी गरेका छन्।

वीरगञ्ज, धादिङ, दोलखा, काठमाडौं र काभ्रेलगायत जिल्लाबाट आएका आफूहरू प्याराडाइज म्यानपावर मार्फत युएई पुगेको उनीहरूको भनाइ छ।

सरकारले १० हजार रुपैयाँ सेवा शुल्क तोकेको भए पनि म्यानपावरले जनही दुईदेखि तीन लाख रुपैयाँसम्म असुलेको आरोप लगाउँदै उनीहरूले उक्त म्यानपावर बन्द गर्न र आफ्ना राहदानी तथा भिसा मगाइदिएर स्वदेश फर्काउन माग गरेका छन्।

प्याकिङ, वेयरहाउस गोदाम, लोडिङ-अनलोडिङ र कार्टुनमा टेप लगाउने काम भनेर लगिए पनि त्यहाँ क्षमताले नधान्ने गरी १५ सेकेन्डमै एउटा सामान टिपेर दिनुपर्ने दबाब दिइएको उनीहरूले गुनासो गरेका छन्।

समयमा काम नसके गाली गर्ने तथा सामान डिस्पोज भए वा ढिला भए तलबबाट पैसा काटिने गरेको र सम्झौताअनुसारको सेवासुविधा नपाएको उनीहरूको दाबी छ।

आफूहरूले अमूल्य मत दिएर त्यहाँसम्म पुऱ्याएको स्मरण गराउँदै ती युवाले क्याम्पमै आएर अवस्था बुझ्न गृहमन्त्री गुरुङसँग आग्रह गरेका छन्।

बालेन सरकारलाई जतिसक्दो चाँडो उद्धार गर्न अपिल गर्दै उनले स्वदेशमै कृषि वा व्यवसाय गर्न सकिने हुँदाहुँदै दुई पैसा बढी कमाउने लोभमा परदेश आउँदा बिचल्लीमा परेको भन्दै घर फर्किने वातावरण बनाइदिन आग्रह गरेका छन्।

प्रकाशित: १ मंसिर २०८३ २१:४९ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4d ago
गृहमन्त्री गुरुङ युएई प्रस्थान

गृहमन्त्री गुरुङ युएई प्रस्थान

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुन लागेको ‘विश्व प्रहरी शिखर सम्मेलन’ मा सहभागी हुन आज साँझ त्यसतर्फ प्रस्थान गरेका छन् । सम्मेलनका क्रममा गृहमन्त्री गुरुङले...

#युएई #गृहमन्त्री
Compare →
Onlinekhabar
7h ago
विदेशबाट शव ल्याउन र बेचबिखनमा परेका व्यक्तिको उद्धार गर्न महिनौं किन लाग्छ ?

विदेशबाट शव ल्याउन र बेचबिखनमा परेका व्यक्तिको उद्धार गर्न महिनौं किन लाग्छ ?

१ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा विदेश पुर्‍याएर बेचबिखन तथा शोषणमा पारिएका नेपालीको उद्धार र विदेशमा मृत्यु भएकाहरूको शव स्वदेश ल्याउन महिनौं लाग्ने गरेको विषय संसदीय समितिमा उठेको छ । सांसदहरूले सरकारी निकायबीच समन्वय अभाव, …

#उद्धार
Compare →
Ekantipur
2d ago
छठ घाटमा सशस्त्र प्रहरीको उद्धार टोली परिचालन

छठ घाटमा सशस्त्र प्रहरीको उद्धार टोली परिचालन

पर्साका सबै छठ घाटमा दुर्घटना न्यूनीकरण तथा आकस्मिक उद्धारका लागि सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटाइएको छ ।

#उद्धार
Compare →
Bizshala
4d ago
नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का...

#युएई
Compare →
Arthasansar
5d ago
युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह

युएईका लगानीकर्तालाई लगानी गर्न ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालका विभिन्न...

#युएई
Compare →

Related Stories

Politics & Governance
Build #2612