Trending
Prev Story
Next Story

युवाहरुलाई निर्वाण चौधरीको सुझाव- 'अर्थपूर्ण काम गर्ने र केही नयाँ सिर्जना गर्ने लक्ष्य राख्नुहोस्'

Ekantipur •
November 17, 2026 • 10:32 AM
3
3 reads 0 reactions

नबिल बैंक नवौँ पटक सम्मानित भएको हो, सीजी इम्पेक्स पहिलोपटक सम्मानित भएकाे हाे ।

युवाहरुलाई निर्वाण चौधरीको सुझाव- 'अर्थपूर्ण काम गर्ने र केही नयाँ सिर्जना गर्ने लक्ष्य राख्नुहोस्'

नबिल बैंक नवौँ पटक सम्मानित भएको हो, सीजी इम्पेक्स पहिलोपटक सम्मानित भएकाे हाे ।

काठमाडौँ —  सीजी कर्प ग्लोबल (चौधरी ग्रुप) काे नबिल बैंक र सीजी इम्पेक्स राष्ट्रिय कर दिवस २०८३ को अवसरमा सम्मानित भएका छन् । नबिल बैंक लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा नेपाल सरकारबाट सम्मानित भएको हो । नबिल बैंक नवौँ पटक सम्मानित भएको हो । सीजी इम्पेक्स पहिलोपटक सम्मानित भएकाे हाे। यसै सन्दर्भमा नबिल बैंकका अध्यक्ष एवं सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरीसँग कान्तिपुले गरेको कुराकानी :

१. सरकारबाट सम्मान प्राप्त गर्दा तपाईंलाई कस्तो लागिरहेको छ ? यो सम्मानले तपाईं र तपाईंको संस्थाका लागि के अर्थ राख्छ ?

नबिल बैंक र सीजी इम्पेक्सका लागि यो सम्मान लिन पाउँदा हामी अत्यन्तै गौरवान्वित र सम्मानित महसुस गरिरहेका छौँ । यो सम्मान हाम्रो सम्पूर्ण टिम, साथै हामीप्रति विश्वास राख्ने ग्राहकवर्ग र व्यावसायिक साझेदारहरूको पनि हो, जसको विश्वासले हाम्रो प्रगतिलाई सम्भव बनाएको छ । समग्रमा सीजी र नबिल परिवारले नेपालको कुल कर राजस्वमा २.५ प्रतिशतभन्दा बढी योगदान गर्दै आएक छन् । हाम्रा लागि सफलता भनेको जिम्मेवारी पनि हो । रोजगारी सिर्जना गर्नु, व्यवसाय विस्तार गर्नु र देशको प्रगतिमा अर्थपूर्ण योगदान पुर्‍याउनु नै हाम्रो मुख्य उद्देश्य हो ।

२. के यो सम्मानले नेपालको लगानी वातावरणप्रतिको तपाईंको विश्वासलाई थप बलियो बनाएको छ र थप लगानी गर्न प्रोत्साहित गरेको छ ?

नेपालप्रतिको हाम्रो प्रतिबद्धता सधैँ दीर्घकालीन रहँदै आएको छ ।  यस सम्मानले नेपालमा लगानी गर्ने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र व्यवसाय विस्तार गर्ने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ । नेपालमा अपार सम्भावना छन् । तर ती सम्भावनालाई वास्तविक लगानीमा रूपान्तरण गर्न नीतिगत स्थिरता, प्रभावकारी कार्यान्वयन र जिम्मेवार उद्यमशीलतालाई प्रोत्साहन गर्ने वातावरण चाहिन्छ । हामी नेपालको भविष्यप्रति विश्वस्त छौँ र यसको निर्माणमा योगदान दिन सधैँ प्रतिबद्ध छौँ ।

३.  विशेषगरी कुन-कुन क्षेत्रमा लगानी गर्न वा व्यवसाय विस्तार गर्न इच्छुक हुनुहुन्छ ?

हाम्रा प्राथमिकताका क्षेत्रहरूमा स्वच्छ ऊर्जा, डिजिटल पूर्वाधार, वित्तीय सेवा, विद्युतीय सवारी  र उत्पादनमूलक उद्योग हुन् । यसका साथै स्वास्थ्य सेवा र शिक्षामा पनि हामी ठूलो सम्भावना देखेका छौं । हाम्रो मुख्य ध्यान नेपालको उत्पादन क्षमता अभिवृद्धि गर्ने, दक्ष रोजगारी सिर्जना गर्ने र अत्यावश्यक सेवाहरूलाई बढीभन्दा बढी नागरिकको पहुँचमा पुर्‍याउने व्यवसाय बनाउनु हो । हामी नेपालका लागि दीर्घकालीन मूल्य सिर्जना गर्ने संस्थाहरू निर्माण गर्न चाहन्छौँ ।

४. सबैजना धनी र ठूलो करदाता बन्न चाहन्छन्। यस सन्दर्भमा तपाईंको सुझाव के छ?

युवाहरूलाई मेरो सरल सुझाव  छ । अर्थपूर्ण काम गर्ने र केही नयाँ सिर्जना गर्ने लक्ष्य राख्नुस् । वास्तविक समस्या समाधान गर्नुस्, मानिसहरूको विश्वास जित्नु र छोटो बाटो अपनाउने प्रलोभन देखिए पनि इमानदारिता कहिल्यै नत्याग्नुस् । सम्पत्तिसँगै जिम्मेवारी पनि जोडिएर आउँ छ। ठूलो करदाता बन्ने आकांक्षा राख्नुहोस्, किनकि ठूलो करदाता बन्नु भनेको रोजगारी सिर्जना गर्नु, व्यवसाय विस्तार गर्नु र आफ्नो देशलाई अगाडि बढाउन योगदान पुर्‍याउनु हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
4h ago
सीजी इम्पेक्स र नबिल बैंकलाई उत्कृष्ट करदाता सम्मान

सीजी इम्पेक्स र नबिल बैंकलाई उत्कृष्ट करदाता सम्मान

१ मंसिर, काठमाडौं । व्यावसायिक घराना चौधरी ग्रुप अन्तर्गतको सीजी इम्पेक्स प्रालि वस्तु व्यापार कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेर सरकारबाट उत्कृष्ट करादाताका रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८३ का अवसरमा सरकारले …

#सीजी #इम्पेक्स #चौधरी
Compare →
Arthasansar
5h ago
सबैभन्दा बढी आयकर तिर्ने बैंक नबिल, कर दिवसका दिन  सम्मानित

सबैभन्दा बढी आयकर तिर्ने बैंक नबिल, कर दिवसका दिन सम्मानित

बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा नबिल बैंक सम्मानित भएको छ । राष्ट्रिय कर दिवसको अवसरमा आयोजित विशेष...

#सम्मानित #नबिल
Compare →
Nagarik News
7h ago
जलवायु संकट न्यूनीकरणको साझा कार्ययोजनासहितको प्रतिवेदन मन्त्री चौधरीलाई हस्तान्तरण

जलवायु संकट न्यूनीकरणको साझा कार्ययोजनासहितको प्रतिवेदन मन्त्री चौधरीलाई हस्तान्तरण

प्रतिनिधिसभा सदस्य तथा पूर्वाधार विकास समिति सभापति आशिष गजुरेल, कृषि विकास समिति सभापति अशोककुमार चौधरी र कमल सुवेदीले संयुक्त रूपमा प्रतिवेदन हस्तान्तरण गेका हुन्।

#चौधरी
Compare →
Hamro Patro News
23h ago
हाम्रा मुद्दा जलवायु न्याय वित्त र पर्वतीय विषय हुन् : मन्त्री चौधरी

हाम्रा मुद्दा जलवायु न्याय वित्त र पर्वतीय विषय हुन् : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालको मुख्य मुद्दा जलवायु न्याय, वित्त र पर्वतीय विषय भएको बताएकी छन्। नेपालले टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम...

#चौधरी
Compare →

Related Stories

Business & Economy
Build #2612