काठमाडौं – जिल्लास्थित सुनौलो बागलुङ सामाजिक संस्थाले देउसीभैलो खेलेर सङ्कलित रकम क्यान्सर पीडित तथा दुर्घटनाका घाइतेलाई प्रदान गरेको छ । संस्थाले तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको रु एक लाख ५५ हजार रकम क्यान्सर पीडित तथा दुर्घटनाबाट प्रभावित पाँच परिवारका सदस्यलाई प्रदान गरिएको संस्थाका अध्यक्ष दिलीप प्रतेलले जानकारी दिए ।
उक्त संस्थाले सामाजिक सेवाको उद्देश्यसहित पाच वर्षदेखि निरन्तर देउसीभैलो कार्यक्रम गरी त्यसबाट सङ्कलित रकम परोपकार क्षेत्रमा खर्चंदै आएको छ । जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका विभिन्न स्थानमा खेलेको देउसीभैलोबाट सङ्कलित रकमले जैमिनी नगरपालिका–१ का क्यान्सरपीडित चन्द्रकला थापा र मनबहादुर सोनमलाई रु २०÷२० हजार आर्थिक सहयोग गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )