Trending
Prev Story
Next Story

रुसी विमानद्वारा जापानी हवाई क्षेत्र उल्लङ्घन

Ekantipur •
November 17, 2026 • 04:32 AM
2
2 reads 0 reactions

जापान सरकारका प्रवक्ता मिनोरु किहाराका अनुसार मङ्गलबार बिहान फुकुओकाको दक्षिणपश्चिममा पर्ने ओकिनोसिमा टापुनजिकै रुसी विमान प्रवेश गरेका थिए

रुसी विमानद्वारा जापानी हवाई क्षेत्र उल्लङ्घन

जापान सरकारका प्रवक्ता मिनोरु किहाराका अनुसार मङ्गलबार बिहान फुकुओकाको दक्षिणपश्चिममा पर्ने ओकिनोसिमा टापुनजिकै रुसी विमान प्रवेश गरेका थिए

काठमाडौँ — दुई संदिग्ध रुसी सैन्य विमानले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेपछि जापानले रुससँग कडा विरोध जनाएको छ ।

जापान सरकारका प्रवक्ता मिनोरु किहाराका अनुसार मङ्गलबार बिहान फुकुओकाको दक्षिणपश्चिममा पर्ने ओकिनोसिमा टापुनजिकै रुसी विमान जापानी हवाई क्षेत्रमा प्रवेश गरेका थिए । त्यसपछि जापानको आत्मरक्षा बलले ती विमानलाई चेतावनी दिन लडाकू जेट परिचालन गरेको थियो ।

किहाराले हवाई क्षेत्रको उल्लङ्घन जापानको सार्वभौमिकता र सुरक्षामाथिको गम्भीर खतरा भएको बताए । उनले यस्तो गतिविधि अस्वीकार्य रहेको उल्लेख गरे ।

उनले कूटनीतिक माध्यमबाट रुससँग कडा विरोध जनाइएको र घटना नदोहोर्‍याउन माग गरिएको जानकारी दिए ।

यसैबीच, दक्षिण कोरियाले पनि आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रुसी विमानको निगरानीका लागि लडाकू जेट परिचालन गरेको जनाएको छ ।

यद्यपि, रुसी विमानले दक्षिण कोरियाको सार्वभौम हवाई क्षेत्र उल्लङ्घन नगरेको सियोलले स्पष्ट पारेको छ ।

जापान र रुसबीच प्रशान्त महासागरका विवादित टापुको स्वामित्वलाई लिएर दशकौँदेखि तनाव रहँदै आएको छ । युक्रेन युद्धपछि जापानले रुसविरुद्ध अन्तर्राष्ट्रिय प्रतिबन्धमा सहभागिता जनाएसँगै सम्बन्ध थप बिग्रिएको हो ।

गत अगस्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विवादित कुरिल टापुको भ्रमण गरेको तथा त्यहाँबाट क्षेप्यास्त्र परीक्षण गर्ने रुसको घोषणाप्रति पनि जापानले विरोध जनाएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6d ago
अमेरिकी सैन्य विमान बेलायतको दोस्रो हवाई अड्डाबाट पनि बाहिरिए

अमेरिकी सैन्य विमान बेलायतको दोस्रो हवाई अड्डाबाट पनि बाहिरिए

काठमाडौं । अमेरिकी वायुसेनाका कम्तीमा १० वटा इन्धन भर्ने विमान सोमबार बेलायतको दोस्रो हवाई अड्डाबाट बाहिरिएका छन् । बीबीसी भेरिफाइले हेरेको उडान ट्र्याकिङ तथ्यांकअनुसार ती विमान सफोकस्थित आरएएफ मि...

#विमान #हवाई
Compare →
Onlinekhabar
16h ago
प्रधानमन्त्रीको भारत भ्रमण : हवाई रुटमा ‘ब्रेक थ्रु’ आशा

प्रधानमन्त्रीको भारत भ्रमण : हवाई रुटमा ‘ब्रेक थ्रु’ आशा

३० कात्तिक, काठमाडौं । नेपाल र भारतबीच हवाई रुट र एयरस्पेस प्रयोग विषय दशकौंदेखि जटिल छ । अर्कातर्फ, हरेक उच्चस्तरीय भ्रमणमा यी विषय छलफलको एजेन्डा बन्छन् । तर, ठोस सहमति र कार्यान्वयन भने हुँदैन । यसले …

#हवाई
Compare →
Arthasansar
19h ago
मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

जापानको अर्थतन्त्र चालु वर्षको तेस्रो त्रैमासिकमा स्थिर भएको छ। इरान युद्धका कारण बढेको मुद्रास्फीति, खराब मौसम र भूकम्पको असरले जुलाईदेखि...

#जापान #जापानी
Compare →
Nagarik News
1d ago
प्राविधिक समस्या हुँदा अमेरिकाको हवाई सेवा अस्तव्यस्त, १७ हजार उडान रद्द

प्राविधिक समस्या हुँदा अमेरिकाको हवाई सेवा अस्तव्यस्त, १७ हजार उडान रद्द

अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौँ यात्रु प्रभावित भएका छन्।

#हवाई
Compare →

Related Stories

World News
Build #2612