Trending
Prev Story
Next Story

कार्कीको रिट निवेदनमा मंगलबार तोकिएन पेशी

Ekantipur •
November 17, 2026 • 04:31 AM
2
2 reads 0 reactions

यसअघि रिट निवेदन दर्ता हुँदा सोमबारका लागि पेशी तोकिएको थियो। तर, सरकारले छठ पर्वको अवसरमा सार्वजनिक बिदा दिएका कारण मंगलबारको सुनुवाइ हुन नसकेको हो।

कार्कीको रिट निवेदनमा मंगलबार तोकिएन पेशी

यसअघि रिट निवेदन दर्ता हुँदा सोमबारका लागि पेशी तोकिएको थियो। तर, सरकारले छठ पर्वको अवसरमा सार्वजनिक बिदा दिएका कारण मंगलबारको सुनुवाइ हुन नसकेको हो।

काठमाडौँ — प्रहरी महानिरीक्षकबाट हटाइएपछि सर्वोच्च अदालतमा रिट निवेदन दिएका दानबहादुर कार्कीको मुद्दाको पेशी मंगलबार तोकिएन ।

यसअघि रिट निवेदन दर्ता हुँदा सोमबारका लागि पेशी तोकिएको थियो। तर, सरकारले छठ पर्वको अवसरमा सार्वजनिक बिदा दिएका कारण मंगलबारको सुनुवाइ हुन नसकेको हो। त्यसपछि मंगलबार पेशी तोकिने भनिए पनि सार्वजनिक बिदा परेका कारण निवेदकले तारिख लिन नपाएपछि मंगलबार गोलाप्रथाबाट पेशी तोक्ने प्रक्रिया नपुगेको बताइएको छ।

कार्कीका कानून व्यवसायी टीकाहादुर कुँवरका अनुसार मंगलबार सर्वोच्च अदालतमा उपस्थित भएर नयाँ तारिख लिइनेछ। उनले भने, ‘त्यसपछि मात्रै सुनुवाइ कहिले हुने भन्ने बारेमा जानकारी हुनेछ।’

बालेन्द्र शाह नेतृत्वको सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकबाट बर्खास्त गर्दै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो । त्यसविरुद्ध कार्कीले अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । लगातारको बिदा र प्रक्रियागत कारणले सुनुवाइ केही समयका लागि धकेलिएको छ।

दुर्गा कान्तिपुर मिडिया ग्रुपका कानुन संवाददाता हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

२० कात्तिक, काठमाडौं । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ । उनले हिजो (बिहीबार) वकिलहरूमार्फत सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । उक्त रिट …

#रिट #निवेदन #कार्की
Compare →
Hamro Patro News
1w ago
दानबहादुर कार्कीको रिट सर्वोच्चमा आज पनि दर्ता भएन

दानबहादुर कार्कीको रिट सर्वोच्चमा आज पनि दर्ता भएन

प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट आफूलाई गैरकानुनी रूपमा हटाइएको दाबी गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दिएको रिट निवेदनको सुनुवाइ तिहारपछि मात्रै हुने भएको छ । कार्कीका तर्फबाट सर्वोच्च अ...

#रिट #निवेदन #कार्की
Compare →
Nagarik News
1w ago
दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, पेसी अनिश्चित

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, पेसी अनिश्चित

निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

#रिट #कार्की
Compare →
Arthasansar
1w ago
दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता

दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) आफूलाई आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।...

#रिट #कार्की
Compare →
Bizshala
1d ago
प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको नियुक्तिपत्र खल्तीमा, सरकारविरुद्ध सर्वोच्चमा मुद्दा, कार्कीको दोहोरो कदमले तरंग

प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको नियुक्तिपत्र खल्तीमा, सरकारविरुद्ध सर्वोच्चमा मुद्दा, कार्कीको दोहोरो कदमले तरंग

काठमाण्डौ । प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सुरक्षा...

#कार्की
Compare →

Related Stories

Education & Youth
Build #2612