Trending
Prev Story
Next Story

विश्व प्रहरी सम्मेलनमा गृहमन्त्री गुरुङले गरे यूएईका समकक्षीसँग भेट

Nagarik News •
November 17, 2026 • 02:00 AM
12
12 reads 0 reactions

भेटअघि गृहमन्त्री गुरुङसहित विभिन्न देशका सहभागी मन्त्रीलाई दुबईका युवराज तथा यूएईका उपप्रधानमन्त्री एवं रक्षामन्त्री शेख हमदान बिन मोहम्मद बिन राशिद अल मकतुमले स्वागत गरेका थिए।

विश्व प्रहरी सम्मेलनमा गृहमन्त्री गुरुङले गरे यूएईका समकक्षीसँग भेट

गृहमन्त्री सुधन गुरुङले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा गृहमन्त्री लेफ्टिनेन्ट जनरल शेख सैफ बिन जायद अल नाह्यानसँग भेटवार्ता गरेका छन्।

दुबईमा आयोजित पाँचौँ विश्व प्रहरी सम्मेलनमा सहभागी हुन पुगेका गृहमन्त्री गुरुङले सम्मेलनका क्रममा यूएईका गृहमन्त्रीसँग सोमबार भेट गरेका हुन्। उक्त भेटमा सम्मेलनमा सहभागी अन्य देशका मन्त्रीहरू पनि उपस्थित थिए।

भेटअघि गृहमन्त्री गुरुङसहित विभिन्न देशका सहभागी मन्त्रीलाई दुबईका युवराज तथा यूएईका उपप्रधानमन्त्री एवं रक्षामन्त्री शेख हमदान बिन मोहम्मद बिन राशिद अल मकतुमले स्वागत गरेका थिए।

अबुधाबीस्थित नेपाली दूतावासका अनुसार गृहमन्त्री गुरुङले सम्मेलनस्थलमा राखिएको प्रदर्शनीको समेत अवलोकन गरेका थिए। प्रदर्शनीमा प्रहरी तथा कानुन कार्यान्वयनका क्षेत्रमा विकास भएका नवीनतम प्रविधि, उपकरण र आविष्कार प्रस्तुत गरिएको थियो। उनले विभिन्न प्रदर्शकका प्रतिनिधिसँग भेट गरी नयाँ प्रविधि तथा विकासबारे जानकारी लिएका थिए।

दुबई प्रहरीको आयोजनामा पाँचौँ विश्व प्रहरी सम्मेलन सोमबारदेखि बुधबारसम्म दुबई वर्ल्ड ट्रेड सेन्टरमा सञ्चालन भइरहेको छ। यूएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री एवं दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मकतुमको संरक्षणमा आयोजित सम्मेलनको नारा ‘प्रभावका लागि एकजुट : भावी पुस्ताको सुरक्षाका लागि विश्व प्रहरीबीच सहकार्य’ रहेको छ।

सम्मेलनमा ९० देशका २२० जना सुरक्षा क्षेत्रका नेता, विज्ञ तथा विशेषज्ञ सहभागी छन्। अन्तर्राष्ट्रिय प्रहरी सहकार्य बलियो बनाउने, अनुभव तथा विशेषज्ञता आदानप्रदान गर्ने र नयाँ सुरक्षा चुनौतीको सामना गर्ने उद्देश्य सम्मेलनले राखेको छ।

प्रकाशित: १ मंसिर २०८३ ०७:४५ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
तीन दिनअघि गृहमन्त्री एक्लै गए, अहिले प्रहरी थपिए

तीन दिनअघि गृहमन्त्री एक्लै गए, अहिले प्रहरी थपिए

२९ कात्तिक, काठमाडौं । दुबईमा सोमबारदेखि सुरु हुन लागेको विश्व प्रहरी सम्मेलनमा भाग लिन भन्दै गृहमन्त्री सुदन गुरुङ शुक्रबार नै दुबई प्रस्थान गरे । उनी दुबई सरकारकै औपचारिक निमन्त्रणमा त्यहाँ पुगेको सचिवालयले उल्लेख गरेको छ । ‘दुबई …

#गृहमन्त्री #सम्मेलन
Compare →
Hamro Patro News
1h ago
गृहमन्त्री गुरुङकी आमाको भिडिओ सार्वजनिक गर्ने छत्र बोगटी प्रहरी नियन्त्रणमा

गृहमन्त्री गुरुङकी आमाको भिडिओ सार्वजनिक गर्ने छत्र बोगटी प्रहरी नियन्त्रणमा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको भिडिओ सार्वजनिक गर्ने एक युट्यूवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कालीकोट घर भई भक्तपुर बस्ने छत्र बोगटीलाई भक्तपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौ...

#गृहमन्त्री #गुरुङ
Compare →
Ekantipur
2d ago
विश्व प्रहरी शिखर सम्मेलनः गृहमन्त्री हिँडेको दुई दिनपछि प्रहरी टोली दुबईतर्फ

विश्व प्रहरी शिखर सम्मेलनः गृहमन्त्री हिँडेको दुई दिनपछि प्रहरी टोली दुबईतर्फ

आइतबार दुबईतर्फ गएको कँडेल नेतृत्वको टोलीमा केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत कँडेलसहित प्रहरी निरीक्षक देवराज काफ्ले र लागूऔषध नियन्त्रण ब्युरोका डीएसपी गोविन्द राउत रहेको नेपाल प्रहरीका सहप्रवक्ता दिपशमशेर जबराले कान्तिपुरलाई बताए ।

#सम्मेलन #गृहमन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2612