Trending
Prev Story
Next Story

तीन दिनअघि गृहमन्त्री एक्लै गए, अहिले प्रहरी थपिए

Onlinekhabar •
November 15, 2026 • 03:01 PM
4
4 reads 0 reactions

२९ कात्तिक, काठमाडौं । दुबईमा सोमबारदेखि सुरु हुन लागेको विश्व प्रहरी सम्मेलनमा भाग लिन भन्दै गृहमन्त्री सुदन गुरुङ शुक्रबार नै दुबई प्रस्थान गरे । उनी दुबई सरकारकै औपचारिक निमन्त्रणमा त्यहाँ पुगेको सचिवालयले उल्लेख गरेको छ । ‘दुबई …

तीन दिनअघि गृहमन्त्री एक्लै गए, अहिले प्रहरी थपिए

२९ कात्तिक, काठमाडौं । दुबईमा सोमबारदेखि सुरु हुन लागेको विश्व प्रहरी सम्मेलनमा भाग लिन भन्दै गृहमन्त्री सुदन गुरुङ शुक्रबार नै दुबई प्रस्थान गरे ।

उनी दुबई सरकारकै औपचारिक निमन्त्रणमा त्यहाँ पुगेको सचिवालयले उल्लेख गरेको छ ।

‘दुबई सरकारको औपचारिक निमन्त्रणामा विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नु भएको छ । सम्मेलनमा अन्तराष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम अभ्यास आदानप्रदान प्राथमिकतामा रहनेछन्’ सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

रातो पासपोर्ट बोकेर लाइनमा बस्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जाँचपास पार गरेको तस्वीरहरू गृहमन्त्रीको सचिवालयले सार्वजनिक समेत गरेको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलजस्तो सुरक्षा संवेदनशीलता रहेको ठाउँको भिडियो फुटेजसमेत मन्त्रीको सचिवालय सार्वजनिक गर्दै गृहमन्त्री सर्वसाधारण जसरी नै लाइनमा बसेर जाँचपास गरेको सन्देश दिन खोज्यो । तर विमानस्थलको सुरक्षा संवेदनशीलतालाई भने ख्याल गरेन ।

दुबई पुगेर गृहमन्त्री गुरुङले त्यहाँका वैदेशिक व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग भेट गरिसकेका छन् । सचिवालयले प्रेसनोट जारी गर्दा तीन दिने दुबई भ्रमण रहेको उल्लेख गरेको थियो । तर उनी भोलिमात्रै नेपाल फर्किने गृह स्रोतले बताएको छ ।

जबकी गृहमन्त्री सहभागी हुन भन्दै दुबई पुगेका कार्यक्रम भने भोलि अर्थात् सोमबारबाट मात्रै सुरु हुँदैछ । सामान्यतया यस्तो कार्यक्रममा प्रहरीको सहभागिता अनिवार्य जस्तो मानिन्छ । केही देशका गृहमन्त्रीहरू सहभागी भए पनि उनीहरूसँगै उक्त देशका प्रहरी कर्मचारी पनि सहभागी हुन्छन् ।

भोलिबाट हुने यो सम्मेलनमा स्लोभाकियाका गृहमन्त्री मातुस सुताज एस्टोक, नर्थ म्यासोडोनियाका आन्तरिक मामिला मन्त्री पान्से तोस्कोभ्स्की पनि सहभागी छन् ।

तर यस्तो सम्मेलनमा प्रहरीसम्बन्धीकै विषयहरूमा छलफल हुने, अपराध अनुसन्धान र नियन्त्रणलगायतका विषयमा छलफल हुने भएकाले प्रहरी कर्मचारीहरू नै सहभागी हुँदैआएका छन् ।

प्रहरी विश्व सम्मेलनमा सहभागी हुन भन्दै दुबईले नेपाल प्रहरीलाई समेत निमन्त्रणा गरेको थियो । उच्च स्रोतका अनुसार आईजीपी डा. मनोजकुमार केसी आफैं यो कार्यक्रममा सहभागी हुने तयारीमा थिए । गृहमन्त्री गुरुङले आफू जान लागेकाले दुवै जना (गृहमन्त्री र आईजीपी) नजाँदा राम्रो भनेपछि अन्तिम समयमा आईजीपी केसीको दुबई प्रस्थान रोकिएको थियो ।

तर कार्यक्रममा अधिकांशजसो प्रहरी अधिकारीहरू नै सहभागी हुने भएपछि अहिले भने तीन प्रहरीलाई दुबई पठाइएको छ । नेपाल प्रहरीका सहप्रवक्ता तथा एसएसपी दीप शमशेर जबराले तीन प्रहरीलाई दुबई पठाइएको पुष्टि गरे ।

आज आइतबार सम्मेलनमा सहभागी हुन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ऋषिराम कँडेलसहित तीन प्रहरी दुबई प्रस्थान गरेका हुन् ।

‘एसएसपीको नेतृत्वमा तीन सदस्यीय टोली सम्मेलनमा सहभागी हुन दुबई प्रस्थान गरेको छ’ सहप्रवक्ता जबराले अनलाइखबरसँग भने । एसएसपी कँडेलको साथमा एक डीएसपी र एक इन्स्पेक्टर पनि सहभागी छन् ।

प्रहरी सम्मेलनमै प्रहरीको सहभागिता नभएको भन्दै आलोचना समेत भएको थियो । त्यसपछि गृहमन्त्रीकै निर्देशनअनुसार आज तीन प्रहरीलाई दुबई पठाइएको स्रोतले जानकारी दियो ।

नेपाल प्रहरीका पूर्वआईजीपी धीरजप्रताप सिंह पनि यस्तो कार्यक्रममा आईजीपी आफैं वा नभएको अवस्थामा अन्य प्रहरी अधिकारी नै सहभागी हुँदा राम्रो हुने बताउँछन् ।

‘प्रहरी सम्बन्धी कामका विषयमा सहयोग र सहकार्य आदान प्रदान, बदलिँदो परिस्थिति र अपराधका नयाँ आयम र चुनौतीबारे छलफल हुने भएकाले प्रहरीकै सहभागिता हुँदा अझै प्रभावकारी हुन्छ,’ पूर्वआईजीपी सिंहले अनलाइनखबरसँग भने, ‘गृहमन्त्री आफैं जानु नराम्रो त होइन तर यस्तोमा प्रहरीको सहभागिता पनि अनिवार्य हुनुपर्छ ।’

पूर्वआईजीपी सिंहले भनेजस्तै यो सम्मेलनमा छलफल हुने विषयहरू पनि अधिकांश प्रहरी केन्द्रीत नै छन् ।

डिफेन्स एण्ड क्राइसिस रेस्पोन्स, अपरेशनल एक्सेलेन्स इन पुलिसिङ, क्रिप्टो एण्ड फाइनान्सियल क्राइम रेस्पोन्स, स्मार्ट पुलिसिङ एण्ड रोड सेफ्टी, स्याटेलाइट इन्टेलिजेन्स एण्ड स्पेस सेक्युरेटी, फायर इन्भेष्टिकेशन एण्ड इन्सिडेन्ड रेस्पोन्स, पुलिस इन्भेष्टिकेशनः क्रिमिनल इन्टेलिजेन्स एण्ड इन्नोभेटिभ फरेन्जिस, कम्युनिटी पुलिसिङ, एन्टी नार्कोटिक एण्ड अर्गनाइज्ड क्राइम, एआई ड्रिभन पुलिसिङ एण्ड डिजिटल ट्रान्सफरमेशन, लिडरसीप एट द कोर, फ्रड एण्ड साइबर अट्याक डिफेन्स सिस्टम, सेफ बोर्ड–स्मार्ट सिस्टम र एअर, रेल, रोड एण्ड मारिटाइम सेक्युरेटी इन अ कनेक्टेड वल्र्ड गरी यसपटक १४ शीर्षकमा गहन छलफल हुने बताइएको छ ।

यो सम्मेलनमा नेपाल प्रहरीको तर्फबाट पहिलो पटक सहभागिता जनाइएको हो । सन् २०२२ देखि दुबई प्रहरी तथा सरकारले विश्व प्रहरी शिखर सम्मेलनको सुरु गरेको हो । त्यतिबेला नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री थिए । त्यतिबेला पनि नेपाल प्रहरीको सहभागिता भएको थिएन ।

१६ देखि १८ नोभेम्बर (सोमबारदेखि बुधरबा)सम्म दुबईको वर्ल्ड ट्रेड सेन्टरमा यो सम्मेलन हुँदैछ । एक महिनाअघि भएको सम्मलेनले यसको मिति तय गरेको थियो । यो सम्मेलन दुबई प्रहरी र त्यहाँको सरकारले आफैं आयोजना गर्दै आएको छ ।

यो सम्मेलनमा विश्वभरका प्रहरी प्रमुख, नीति निर्माता, विभिन्न अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधि, सुरक्षा विज्ञ, कुटनीतिज्ञ, आईटी विज्ञहरूसमेत उपस्थित हुन्छन् ।

यो सम्मेलनको आयोजनाबारे एक महिनाअघि भएको छलफलमा चीन, चेक रिपब्लिक, भारत, जापान, श्रीलंका, स्वीडेनका लगायतका कटनीतिज्ञ तथा कन्सुलरका प्रतिनिधिहरू सहभागी थिए । अमेरिका र बेलायतका वरिष्ठ अधिकारीहरू पनि सहभागी थिए । जहाँ बढ्दो डिजिटल प्रयोग, एआई, इन्टेलिजेन्स लगायतका विषयमा छलफल भएको थियो ।

जहाँ ‘आधुनिक प्रहरी सेवामा प्रविधि र गुप्तचरः एआई, नवप्रवर्तन र सम्पत्ति शुद्धीकरण निवारण’ शिर्षकमा गहन छलफल भएको बताइन्छ । वित्तिय अपराध निस्तेज पार्न प्रविधि र गुप्तचरको भूमिका तथा नवप्रवर्तनलाई अझ बलियो प्रहरी सेवामा रुपान्तरण गर्न आवश्यक साझेदारीको विषयमा चर्चा भएको थियो ।

‘कनेक्टेट फरर इम्प्याक्टः भावि पुस्ताको सुरक्षाका लागि विश्वव्यापी प्रहरी सेवालाई एकताबद्ध गर्दै’ भन्ने मुल नाराका साथ यसको उद्घाटन हुँदैछ ।

हरेक वर्ष हुने प्रहरी विश्व शिखर सम्लेन यसअघि २०२५ मा भएको थियो । त्यतिबेला ११० भन्दा बढी देशका सुरक्षा अधिकारीहरू तथा विज्ञहरूको सहभागिता थियो ।

यसको उद्देश्य भनेको साझा चुनौतीहरूलाई सम्बोधन गर्नु, विश्वव्यापी नीति निर्माण गर्नु र भविष्यको सुरक्षालाई थप मजबुत पार्नु रहेको ‘वर्ल्ड पुलिस समिट’को वेबसाइटमा उल्लेख छ । विश्वभरका प्रहरी प्रमुख, सुरक्षा अधिकारी तथा कानून कार्यान्वयनका विज्ञलाई एक ठाउँमा यो कार्यक्रमले ल्याउने दाबी गरिन्छ ।

यो शिखर सम्मेलनमा सुरुवाती चरणदेखि नै एफबीआई (फेडेरल ब्यूरो अफ इन्भेष्टिकेशन), न्यूयोर्क पुलिस डिपार्टमेन्ट, इन्टरपोल, युपोल, अष्ट्रेलियन फेडेरल पुलिस, कोरियन नेशनल पुलिस एजेन्सीलगायत ११० बढी देशका सुरक्षा अधिकारीहरू सहभागी हुँदै आएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
तीन दिनअघि गृहमन्त्री एक्लै गए, अहिले प्रहरी थपिए

तीन दिनअघि गृहमन्त्री एक्लै गए, अहिले प्रहरी थपिए

२९ कात्तिक, काठमाडौं । दुबईमा सोमबारदेखि सुरु हुन लागेको विश्व प्रहरी सम्मेलनमा भाग लिन भन्दै गृहमन्त्री सुदन गुरुङ शुक्रबार नै दुबई प्रस्थान गरे । उनी दुबई सरकारकै औपचारिक निमन्त्रणमा त्यहाँ पुगे...

#दुबई #गृहमन्त्री #दिनअघि
Compare →
Ekantipur
2d ago
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

दुबईमा हुने सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधि र अपराध नियन्त्रणका विषयमा छलफल हुने

#दुबई #सम्मेलन #प्रस्थान
Compare →
Nagarik News
2d ago
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान

गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलन (वर्ल्ड पुलिस समिट) मा सहभागी हुन शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् ।

#सम्मेलन #गृहमन्त्री #प्रस्थान
Compare →

Related Stories

Politics & Governance
Build #2612