Trending
Prev Story
Next Story

निगमलाई ग्यास विक्रेताको पत्र — उद्योगबाट खुद्रा बिक्री बन्द गर

Arthasansar •
October 06, 2026 • 01:20 PM
1
1 reads 0 reactions

नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिँदै गएको र उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास बिक्रेता महासंघ नेपालले आयल निगमको ध्यानाकर्षण गराएको...

निगमलाई ग्यास विक्रेताको पत्र — उद्योगबाट खुद्रा बिक्री बन्द गर

नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिँदै गएको र उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास बिक्रेता महासंघ नेपालले आयल निगमको ध्यानाकर्षण गराएको छ । महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलरमार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकभन्दा धेरै सिलिन्डर हुनु नै ग्यास अभावको मुख्य कारण रहेको बताएका छन् ।

यो सत्यलाई बेवास्ता गर्दै विभिन्न ग्यास उद्योगहरूले धमाधम २५ सय देखि २७ सय रुपैयाँसम्ममा नयाँ सिलिन्डर बिक्री गरिरहेको भन्दै महासंघले कडा आपत्ति जनाएको छ । यसरी उद्योगले नयाँ सिलिन्डर बेच्दा पनि नेपाल आयल निगम र सरकार मूकदर्शक बनेको भन्दै महासंघले उद्योगी, निगम र सरकारको कार्यशैलीप्रति संशय व्यक्त गरेको छ। बजारमा रहेका अनावश्यक सिलिण्डरको धरौटी रकम फिर्ता गर्नुको सट्टा आगामी वर्षहरूमा आम उपभोक्तालाई लुट्ने उद्देश्यले ५ किलो, १९ किलो, ५० किलो र ४५० किलोका नयाँ सिलिन्डर बिक्री गर्ने योजना ल्याइएको भन्दै त्यस्तो योजना सभ्य समाजलाई स्वीकार्य नहुने महासंघको चेतावनी छ ।

महासंघले हाल सर्वसाधारणले प्रयोग गर्दै आएको १४.२ किलो क्षमताको ग्यास सिलिन्डरको उचित व्यवस्थापन गर्नसमेत निगमसँग माग गरेको छ। बजारमा रहेका सिलिन्डरको प्रभावकारी व्यवस्थापन र अनावश्यक सिलिन्डरको धरौटी फिर्तासम्बन्धी विषय समाधान गर्नुपर्ने महासंघको भनाइ छ। विद्यमान सिलिन्डरको व्यवस्थापन नगरी थप आकार र क्षमताका सिलिन्डर बजारमा ल्याउँदा समस्या थपिन सक्ने महासंघले जनाएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थाल्यो

बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थाल्यो

छठ पर्व नजिकिएसँगै बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थालेको छ । तिहारदेखि छठ पर्वसम्म पूजाआजामा प्रयोग हुने कोनिया, ढकिया, नाङ्लो, पङ्खालगायत सामग्रीको माग बढ्ने गरेको छ । इनरुवा उपमहानगर...

#बिक्री
Compare →
Ekantipur
3d ago
बाह्र कट्ठामा प्रेमले फुलाए दस क्विन्टल सयपत्री

बाह्र कट्ठामा प्रेमले फुलाए दस क्विन्टल सयपत्री

दोधारा चाँदनीका प्रेम रोकायाले चार वर्षदेखि गर्दै आएको फूल खेतीबाट यस वर्ष १० क्विन्टल हाराहारी उत्पादन गरेका छन् । उनले महेन्द्रनगर बजारमा प्रतिकिलो ३५० देखि ४०० रुपैयाँसम्ममा सयपत्री बिक्री गरिरहेका छन् ।

#बिक्री #पत्र
Compare →
Bizshala
4d ago
पाकिस्तानमा १५ हजारको ग्यास सिलिन्डर २५ हजारसम्म किन पुग्यो ?

पाकिस्तानमा १५ हजारको ग्यास सिलिन्डर २५ हजारसम्म किन पुग्यो ?

काठमाण्डौ। पाकिस्तानमा खाना पकाउने ग्यासको सरकारी दर र बजार मूल्यबीच ठूलो अन्तर देखिएको छ। त्यहाँको तेल तथा ग्यास...

#ग्यास
Compare →

Related Stories

National (Nepal)
Build #2611