Trending
Prev Story
Next Story

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानको पहल

Nagarik News •
November 16, 2026 • 01:06 PM
3
3 reads 0 reactions

पाकिस्तानले अमेरिका र इरानबीचको तनाव कम गर्न क्षेत्रीय मुलुकको समर्थनसहित कूटनीतिक प्रयास जारी राख्ने प्रतिबद्धता जनाएको छ।

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानको पहल

पाकिस्तानले अमेरिका र इरानबीचको तनाव कम गर्न क्षेत्रीय मुलुकको समर्थनसहित कूटनीतिक प्रयास जारी राख्ने प्रतिबद्धता जनाएको छ।

विदेशमन्त्री इशाक दारले सोमबार इस्लामाबादमा आयोजित क्षेत्रीय आर्थिक सहयोग संगठन (इको) को बैठकमा शान्ति र स्थिरताबिना आर्थिक विकास तथा व्यापार विस्तार सम्भव नहुने बताए।

दस सदस्यीय इको बैठकमा इरानी विदेशमन्त्री अब्बास अराघचीसहित विभिन्न देशका कूटनीतिज्ञ सहभागी थिए।

अराघचीले अन्तर्राष्ट्रिय कानून र शान्तिपूर्ण समाधानको पक्षमा उभिन आग्रह गर्दै अमेरिकामाथि आक्रामकता र आर्थिक दबाब सिर्जना गरेको आरोप लगाए।

उनले फारसको खाडी र हर्मुज जलमार्गको तनावका लागि अमेरिका र इजरायललाई जिम्मेवार ठहर्‍याए।

पाकिस्तानले गत अप्रिलमा अमेरिका र इरानबीच प्रत्यक्ष वार्ताको पहिलो चरण आयोजना गरेको थियो।

हर्मुज जलमार्गको गतिरोधले तेलको मूल्य र आफ्नो अर्थतन्त्रमा असर पारेको भन्दै पाकिस्तानले उक्त जलमार्ग पुनः सञ्चालन गर्न आग्रह गर्दै आएको छ।

बैठकमा अफगानिस्तानसँगको सम्बन्ध सुधारको विषय पनि उठेको थियो। विदेशमन्त्री दारले अफगानिस्तानसँग व्यापार तथा पारवहन सहकार्य विस्तार गर्न चाहेको बताउँदै त्यसका लागि तालिबान सरकारले छिमेकी मुलुकका सुरक्षा चासो र आतङ्कवादको खतरा सम्बोधन गर्नुपर्नेमा जोड दिए।

पाकिस्तानले टिटिपी, बीएलए र अलकायदालाई आश्रय दिएको अफगान तालिबान सरकारमाथि आरोप लगाउँदै आएको छ।

काबुलले भने आतङ्कवादी समूहलाई समर्थन गरेको आरोप अस्वीकार गर्दै आएको छ।

प्रकाशित: ३० कार्तिक २०८३ १८:५१ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1d ago
ट्रम्पको दाबीलाई अमेरिकी गुप्तचर रिपोर्टकै चुनौती : इरानसँग अझै २५०० मिसाइल, फेरि युद्ध भड्किए अमेरिका र इजरायललाई भारी पर्न सक्ने

ट्रम्पको दाबीलाई अमेरिकी गुप्तचर रिपोर्टकै चुनौती : इरानसँग अझै २५०० मिसाइल, फेरि युद्ध भड्किए अमेरिका र इजरायललाई भारी पर्न सक्ने

काठमाण्डौ । अमेरिका र इजरायलको लगातारको सैन्य आक्रमणपछि इरानको सैन्य शक्ति लगभग ध्वस्त भएको दाबी गरिरहेका अमेरिकी...

#अमेरिका #इरान
Compare →
Hamro Patro News
4h ago
जनसम्पर्क समिति अमेरिकाको सभापतिमा सञ्जीव श्रेष्ठ सर्वसम्मत निर्वाचित

जनसम्पर्क समिति अमेरिकाको सभापतिमा सञ्जीव श्रेष्ठ सर्वसम्मत निर्वाचित

• नेपाली कांग्रेसको जनसम्पर्क समिति अमेरिकाको तेस्रो अधिवेशनले सञ्जीव श्रेष्ठलाई सभापति चयन गर्दै नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। • सभापति शेरबहादुर देउवाले प्रवासमा रहेका नेपालीहरूको मातृभू…

#अमेरिका
Compare →
Ekantipur
6h ago
सुडान र इथियोपियाबीच तनाव चुलिदैं, नयाँ क्षेत्रीय युद्ध सुरु हुने जोखिम

सुडान र इथियोपियाबीच तनाव चुलिदैं, नयाँ क्षेत्रीय युद्ध सुरु हुने जोखिम

'सुडान–इथियोपियाबीचको यो तनावलाई धेरैले सामान्य रुपमै लिएका हुनसक्छन् । तर, यसलाई बेवास्ता गर्दा यो अझै चुलिन सक्छ । जसले ठूलो मात्रामा मानिसहरूको विस्थापन निम्त्याउन सक्छ ।'

#तनाव
Compare →
Onlinekhabar
13h ago
अमेरिकामा हवाई सेवा अझै अस्तव्यस्त, आइतबार मात्रै १० हजार बढी उडान प्रभावित

अमेरिकामा हवाई सेवा अझै अस्तव्यस्त, आइतबार मात्रै १० हजार बढी उडान प्रभावित

३० कात्तिक, काठमाडौं । अमेरिकामा शुक्रबार देशभरका विमानको उडान रोक्नुपरेको प्राविधिक समस्याको असर तेस्रो दिनसम्म पनि कायम रहेको छ । आइतबार मात्रै १० हजारभन्दा बढी उडान रद्द तथा ढिलाइ हुँदा हजारौँ यात्रु प्रभावित भएका छन् …

#अमेरिका
Compare →
Arthasansar
1d ago
अमेरिकाको मियामी विमानस्थलमा दुई विमान ठाेक्कीएर दुर्घटना

अमेरिकाको मियामी विमानस्थलमा दुई विमान ठाेक्कीएर दुर्घटना

अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार राति दुईवटा विमान आपसमा ठोक्किँदा दुई जना सामान्य घाइते भएका छन्। ट्याक्सीवेमा गुडिरहेका बेला कोपा...

#अमेरिका
Compare →

Related Stories

World News
Build #2612