काठमाडौं । पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले सरकारले सातामा दुई दिन दिएको सार्वजनिक बिदाले विद्यालयको पठनपाठन व्यवस्थापनमा चुनौती थपेको छ । लगातार दुई दिन विद्यालय बन्द हुँदा विद्यार्थीको सिकाइ निरन्तरता, वार्षिक पाठ्यक्रम पूरा गर्ने समय र बालबालिकाको खाली समय व्यवस्थापनलाई लिएर प्रश्न उठ्न थालेपछि दुईदिने बिदाको औचित्यमाथि बहस सुरु भएको हो ।
दुईदिने बिदाको समय सदुपयोग हुन नसक्दा विद्यार्थीहरू मोबाइल र अन्य विद्युतीय उपकरणमा बढी समय बिताउन थालेको अभिभावकहरूको गुनासो छ । कामकाजी अभिभावकले बिदाको समयमा बालबालिकालाई पर्याप्त समय दिन नसक्दा सहरी क्षेत्रका बालबालिकामा मोबाइलको लत नै लागिसकेको गुनासो उत्तिकै सुनिन्छन् । सामाजिक सञ्जालमा समेत अभिभावकहरूले दुईदिने बिदाले विद्यार्थीको सिकाइमा कस्तो उपलब्धि हासिल हुन्छ भन्दै प्रश्न उठाइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )