हङकङबाट काठमाडौं आएका झाङ गोउजिङ नामक चिनियाँ नागरिकले भित्री वस्त्रमा प्लास्टिकले बेरेर अर्धठोस अवस्थामा सुन लुकाएर ल्याएको प्रहरीले जनाएको छ ।
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५.९६ ग्राम सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झाङ गोउजिङ छन् ।
विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज नेउपानेका अनुसार, आइतबार बिहान साढे १० बजे हङकङबाट आएको क्याथे प्यासिफिकको विमानमार्फत काठमाडौं आएका उनले शंकास्पद गतिविधि गरेको देखिएपछि केरकार गरिएको थियो ।
त्यसक्रममा उनले लगाएको भित्री वस्त्रमा प्लास्टिकमा बेरेर सुन ल्याएको पाइएको उनको भनाइ छ । ‘सुन अर्धठोस आकृतिमा थियो,’ नेउपानेले भने ।