Trending
Prev Story
Next Story

कालिमाटीको विष्णुमतीमा ९० वर्षदेखि छठ, उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्व सम्पन्न

Nagarik News •
November 16, 2026 • 08:32 AM
4
4 reads 0 reactions

सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिनसम्म मनाइएको छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको हो।

कालिमाटीको विष्णुमतीमा ९० वर्षदेखि छठ, उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्व सम्पन्न

काठमाडौंको कालिमाटीस्थित विष्णुमती नदी किनारमा करिब ९० वर्षदेखि मनाइँदै आएको छठ पर्व यस वर्ष पनि धार्मिक आस्था र उल्लासका साथ सम्पन्न भएको छ। सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिनसम्म मनाइएको छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको हो।

तराई–मधेसमा विशेष महत्त्वका साथ मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकामा पनि व्यापक रूपमा मनाउन थालिएको छ। काठमाडौंको कालिमाटी–टंकेश्वर क्षेत्रमा भने पुस्तौंदेखि छठ मनाउने परम्परा रहँदै आएको छ। करिब नौ दशक पुरानो यो परम्पराले काठमाडौंको धार्मिक तथा सांस्कृतिक विविधतालाई समेत झल्काउँदै आएको छ।

सोमबार बिहानैदेखि कालिमाटीस्थित विष्णुमती नदी किनारमा व्रतालु तथा श्रद्धालु भक्तजनको चहलपहल देखिएको थियो। पूजाका सामग्रीले सजिएका बाँसका ढाकी, सुपली र नाङ्लो बोकेर व्रतालुहरू नदी किनारमा पुगेका थिए। उनीहरूले जलाशयमा उभिएर उदाउँदो सूर्यलाई दूध, जल तथा विभिन्न पूजा सामग्रीसहित अर्घ्य अर्पण गरेका थिए।

घाँटमा परिवारका सदस्यसहित छठीमाताको भजन किर्तन गरिरहेका थिए भने भजनकै सांगितीक माहौलले पनि उत्तिकै रौनक थपिदिएको थियो। महिला व्रतालुहरू एक आपसमा नाकबाट सिन्दुर लगाएर श्रीमानको दीर्घायुको कामना समेत गरिरहेका थिए।

छठ व्रतालु पुनम रौनियारले आफू विगत १३ वर्षदेखि छठ व्रत बसेको बताइन्। उनले सासू आमाले समेत व्रत बसेको बताइन्। तराई–मधेशमा मनाइँदै आएको छठ पर्व काठमाडौंको कालिमाटी टंकेश्वरको विष्णुमति नदी किनामा ९० वर्षअघि पहिलो पटक विशेष गरी मधेशी समुदायका रौनियार तथा अन्य जातजाति मिलेर व्रत बस्दै आएको उनले सुनाइन्। ‘तराईबाट आएका मधेशीहरू बढी जसो कालिमाटी तथा कलंकी क्षेत्रमा बसोबास गर्दै आएका छन्। यस कारण कालिमाटी विष्णुमति नदी किनारमा छठ पर्वको सुरुवात ९० वर्ष अघि भयो,’ पुनमले भनिन्, ‘अहिले छठमा प्रयोग हुने सबै प्रसाद सामग्री कालिमाटीमा पाइने भएकाले पनि मधेशी समुदायहरू अब यही छठ मनाउन थालेको पाइयो।’

परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सन्तानको दीर्घायुको कामना गर्दै व्रतालुहरूले सूर्यदेव र छठी माताको पूजा आराधना गरेका थिए। अर्घ्यका लागि ठकुवा, भुसुवा, केरा, नरिवल, उखु, स्याउ, सुन्तला, अदुवालगायतका प्रसाद प्रयोग गरिएको थियो। उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुहरूले प्रसाद ग्रहण गरी व्रत समापन गरेका थिए।

चार दिनसम्म मनाइएको छठ पर्वका व्रतालुहरूले सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजापाठ गरी व्रत सम्पन्न भएपछि मात्र नुनिलो खानेकुरा खाने गर्छन्।

छठ घाँटमा भेटिएकी व्रतालु सीता साह विगत ४० वर्षदेखि छठ व्रत बस्दै आएकी छिन्। उनको पहिलो छोरा पाउनासथा सासूले सीतालाई व्रत बस्न भनेको उनले जनाइन्। ‘हाम्रो घरमा म जेठी बुहारी भएकोले सासूले आफूले गर्दै आएको व्रत मलाई दिनु भयो। यो हाम्रो परम्परा नै हो,’ अर्घ्य दिएपछि सीताले नागरिक सँग भनिन्, ‘मेरो जेठी बुहारीले पनि व्रत बसेकी छिन्। मैले विष्णुमतीमै छठ गरेको ४० वर्ष भयो।’

उनले थपिन्, ‘त्यसअघि मेरो सासू आमाले पनि यही विष्णुमती नदी किनारमै छठ व्रत बस्नु हुन्थ्यो। परिवारको सुख, शान्ति, दीर्घायु र समृद्धिको कामनाको लागि व्रत बसेका हौं।’

यसअघि आइतबार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका थिए। रातभर नदी किनारमा जाग्राम बसेर भजनकीर्तन तथा छठी माताको आराधना गरेका उनीहरूले सोमबार बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएका हुन्।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई उषा अर्घ्य दिने परम्परा छ। खरनापछि सुरु हुने निर्जला व्रत उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पारन गरी समापन गरिन्छ।

छठ पर्व नेपालमा कति ठाउँमा मनाइन्छ भन्ने यकिन राष्ट्रिय तथ्यांक भने उपलब्ध छैन। संस्कृति तथा पर्यटनसम्बन्धी सरकारी निकाय र स्थानीय तहबाट देशभरका छठ घाट तथा पूजा स्थलको एकीकृत अभिलेख सार्वजनिक भएको देखिँदैन। तर विभिन्न स्थानमा हुने पूजा व्यवस्थापन र स्थानीय तहका विवरणले यसको विस्तार व्यापक हुँदै गएको गौरीघाँट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहले जनाए।

अध्यक्ष सिंहका अनुसार यस वर्ष काठमाडौं उपत्यकामा मात्रै १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ र व्यवस्थापन भइरहेको छ। टंकेश्वरको विष्णुमती, गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, थापाथली, टेकु, वंशीघाट, कुपण्डोल, बल्खु, नख्खु नदी किनार, तीनकुने दोभान, टंकेश्वर, बोक्सीदह, कुलेश्वर, रामघाट र बालाजुको बाइसधारालगायत स्थानमा छठ पूजा गरियो।

अध्यक्ष सिंहका अनुसार तराई–मधेसमा भने जनकपुरधाम, वीरगन्ज, राजविराज, विराटनगर, लहान, सिरहा, कलैया, गौर, मलंगवा, जलेश्वर, इनरुवा, भैरहवा, नेपालगन्जलगायत सहर तथा ग्रामीण बस्तीका नदी, पोखरी र जलाशयमा छठ मनाइन्छ। मधेस प्रदेशका आठवटै जिल्लामा यो पर्वको विशेष महत्त्व छ। पछिल्लो समय पोखरा, चितवन, बुटवल, दाङ, सुर्खेत र धनगढीलगायत सहरमा पनि छठ मनाउने समुदायको उपस्थिति बढेको छ।

प्रकाशित: ३० कार्तिक २०८३ १४:१७ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
कालिमाटीको विष्णुमतीमा ९० वर्षदेखि छठ, उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्व सम्पन्न

कालिमाटीको विष्णुमतीमा ९० वर्षदेखि छठ, उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्व सम्पन्न

काठमाडौंको कालिमाटीस्थित विष्णुमती नदी किनारमा करिब ९० वर्षदेखि मनाइँदै आएको छठ पर्व यस वर्ष पनि धार्मिक आस्था र उल्लासका साथ सम्पन्न भएको छ। सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिनसम्...

#पर्व #सम्पन्न #काठमाडौं
Compare →
Ekantipur
6h ago
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

छठघाटमा व्रतालुहरूले दर्शन गर्न पुगेका विवाहित महिलालाई नाकदेखि सिउँदोसम्म सौभाग्यको टीका लगाइदिएका थिए। यसो गर्दा पति र सन्तानको दीर्घायु हुने धार्मिक विश्वास छ।

#पर्व #सम्पन्न #उदाउँदो
Compare →
Bizshala
8h ago
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सकियो

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सकियो

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै यस वर्षको छठ पर्व आज सम्पन्न भएको छ। कात्तिक शुक्ल सप्तमीका दिन बिहान...

#पर्व #उदाउँदो #सूर्य
Compare →
Onlinekhabar
9h ago
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो यो वर्षको छठ

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो यो वर्षको छठ

३० कात्तिक, काठमाडौं । छठपर्व आज समापन गरिएको छ । शुक्रबारदेखि सुरु भएको छठ पर्व आज सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो । आज बिहानै व्रतालुहरुले छठघाट वा नजिकैको नदी र पोखरीमा पुगेर …

#पर्व #उदाउँदो #सूर्य
Compare →

Related Stories

World News
Build #2612