३० कात्तिक, काठमाडौं । आधा किलो भन्दा बढी सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ४२ वर्षीय चिनियाँ नागरिक झाङ गोअक्वीङ छन् । उनलाई त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालय सानो गौचरले पक्राउ गरेको हो ।
उनी आइतबार राति साढे १० बजे हङकङबाट क्याथे प्यासिफिक एअरको विमानमार्फत काठमाडौं आएका थिए ।
उनले भित्री वस्त्रमा प्लाष्टिकले बेरेर अर्धठोस आकारको सुन ल्याएको पाइएको विमानस्थलका डीएसपी ढुण्डिराज नेउपानेले बताए । बरामद सुनको तौल ६३५.९६ ग्राम रहेको प्रहरीले बताएको छ ।