काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५.९६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चीनको ग्वाङ्दोङका ४२ वर्षीय नागरिक रहेका छन्। उनी आइतबार हङकङबाट क्याथे प्यासिफिक एयरको विमानमार्फत काठमाडौं आएका थिए। विमानस्थल सुरक्षा कार्यालयले शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )