३० कात्तिक, जनकपुरधाम । धनुषामा छटघाट कुरेर बसेका एक वृद्ध शंकास्पद अवस्थामा मृत फेला परेका छन् ।
गए राति छटघाट कुरेर बसेका शहीदनगर नगरपालिका-२ निवासी मनेजर भन्ने ६० वर्षीय रामजतन यादव छटघाटमा मृत फेला परेका हुन् ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार मतौना गाउँदेखि पूर्वतर्फ निर्माण भएको शिव मन्दिरको प्राङ्गणस्थित छठघाटमा राति एक्लै पूजा सामग्री कुरेर बसेका उनको शंकास्पद मृत्यु भएको छ ।
यादवको गालामा चोटको निशान र रगत देखिएको उनले बताए ।
प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको डीएसपी खनालको भनाइ छ।