रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–३ झुल्नेटास्थित एक गेस्टहाउसको कोठामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा मुसिकोट नगरपालिका–३ माछिमी निवासी अन्दाजी ३९ वर्षीय राजेन्द्र केसी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी हेमन्त गिरीका अनुसार केसीले शनिबार त्रिवेणी गेस्टहाउस एन्ड रेस्टुरेन्टमा साँझ खाना खाएर सुतेका थिए । कोठाको ढोकाभित्रबाट बन्द रहेको र झ्यालबाट हेर्दा केसी ओछ्यानमा सुतिरहेको अवस्थामा देखिएपछि सञ्चालकले बोलाउँदा कुनै प्रतिक्रिया नदिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
Read full story at source ( gorkhapatraonline.com )