काठमाडौँ । मङ्सिर १ गतेदेखि ५ गतेसम्म नेकपा एमाले लगातार बैठक र भेलामा जुट्ने भएको छ । मङ्सिर १ गते स्थायी कमिटी बैठक बोलाएको एमालेले २ र ३ गते राष्ट्रिय भेला गर्दैछ ।
मङ्सिर ४ गते स्थानीय तहका प्रतिनिधिहरूको भेला आयोजना गरेको एमालेले ५ गते चौथो केन्द्रीय कमिटी बैठक बोलाएको छ । राष्ट्रिय भेलामा केन्द्रीय कमिटी सदस्यदेखि पालिका तहका कमिटी र विभिन्न तहका जनप्रतिनिधि सम्म गरी ३ हजार ४१४ सहभागी हुने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )