Trending
Prev Story
Next Story

६ किलो चरेस र ब्राउनसुगरसहित ६ जिल्लाबाट १३ जना पक्राउ

Nagarik News •
November 16, 2026 • 10:45 AM
2
2 reads 0 reactions

आइतबार दिउँसोदेखि रातिसम्म भएका छुट्टाछुट्टै कारबाहीमा चरेस, ब्राउनसुगर र खैरो हेरोइनजस्तो देखिने पदार्थ तथा नगदसहित उनीहरू पक्राउ परेका हुन्।

६ किलो चरेस र ब्राउनसुगरसहित ६ जिल्लाबाट १३ जना पक्राउ

प्रहरीले देशका ६ जिल्लाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ।

आइतबार दिउँसोदेखि रातिसम्म भएका छुट्टाछुट्टै कारबाहीमा चरेस, ब्राउनसुगर र खैरो हेरोइनजस्तो देखिने पदार्थ तथा नगदसहित उनीहरू पक्राउ परेका हुन्।

सबैभन्दा ठुलो परिमाणमा मकवानपुरको थाहा नगरपालिका-९ चित्लाङबाट ६ किलो ४० ग्राम चरेसजस्तो देखिने पदार्थ बरामद भएको छ।

इलाका प्रहरी कार्यालय चित्लाङसमेतको टोलीले गए राति गोरखाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-०३५ च ४५६१ नम्बरको जिप जाँच गर्दा उक्त पदार्थ फेला परेको हो।

प्रहरीले जिप चालक काभ्रेको बनेपा नगरपालिका-८ तीनदोबाटो बस्ने धुलिखेल नगरपालिका-३ सञ्जिवनी चोक घर भएका ३३ वर्षीय हेविन श्रेष्ठ र जिपमा सवार चितवनको भरतपुर महानगरपालिका-२ क्षेत्रपुर बस्ने सोही महानगरपालिका-११ कोल्टाँडी घर भएकी २१ वर्षीया दिव्याश्री काफ्लेलाई पक्राउ गरेको छ।

यसैगरी इलामको इलाम नगरपालिका-९ बाट ब्राउनसुगरजस्तो देखिने ६ ग्राम ३०० मिलिग्राम पदार्थसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय इलामसमेतबाट खटिएको प्रहरीले झापाबाट इलामतर्फ आउँदै गरेको मे.९ प २१९० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा आइतबार बेलुकी सोही नगरपालिका-८ का २४ वर्षीय रविन लिम्बुसमेत २ जनालाई पक्राउ गरेको हो।

कञ्चनपुरको भीमदत्त नगरपालिका-११ बाट खैरो हेरोइनजस्तो देखिने ३ ग्राम ३५० मिलिग्राम पदार्थसहित आइतबार साँझ सोही नगरपालिका-१० का २२ वर्षीय बिरेन्द्र बहादुर ऐर र २५ वर्षीय राम बहादुर चन्द पक्राउ परेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीसमेतबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

बर्दियाका दुई स्थानबाट तीन जना पक्राउ परेका छन्। मधुवन नगरपालिका-७ ताराताल शुक्रबस्तीबाट ब्राउनसुगरजस्तो देखिने १ ग्राम ९२० मिलिग्राम पदार्थसहित सोही ठाउँका २० वर्षीय आयुश बाठालाई प्रहरी चौकी तारातालको टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो।

यस्तै, बाँसगढी नगरपालिका-६ मोतिपुर गाउँबाट ब्राउनसुगरजस्तो देखिने ७९० मिलिग्राम पदार्थसहित सोही नगरपालिका-६ दमौलीका २८ वर्षीय प्रकाश थारू र २६ वर्षीय प्रताप थारूलाई इलाका प्रहरी कार्यालय मोतिपुरको टोलीले आइतबार साँझ पक्राउ गरेको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका-६ बाट ब्राउनसुगरजस्तो देखिने ३८० मिलिग्राम पदार्थ र नगद ११ हजार ७५० रुपैयाँसहित सोही ठाउँका ३२ वर्षीय सुनु विक आइतबार दिउँसो पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

बाँकेको कोहलपुर नगरपालिका-११ नयाँ बसपार्कबाट खैरो हेरोइनजस्तो देखिने १५० मिलिग्राम पदार्थसहित दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ घर भएका ५७ वर्षीय अबिलाल जैसीसमेत ३ जना आइतबार बेलुकी पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जसमेतको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० कार्तिक २०८३ १६:३० सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
9h ago
कारको डिकीभित्र ६ किलो बढी चरेस, चालकसहित दुई जना पक्राउ

कारको डिकीभित्र ६ किलो बढी चरेस, चालकसहित दुई जना पक्राउ

३० कात्तिक,काठमाडौं । मकवानपुरको थाहा नगरपालिका-९, चित्लाङबाट ६ किलो ४० ग्राम चरेसजस्तो देखिने लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। गए राति करिब १:४५ बजेको समयमा हेटौंडाबाट काठमाडौं आउँदै गरेको बा.प्र.०१–०३५ च ४५६१ नम्बरको कार चेकजाँच गर्ने क्रममा …

#परे #नगरपालिका #किलो
Compare →
Hamro Patro News
5d ago
भक्तपुरबाट ४९ जना जुवाडे पक्राउ

भक्तपुरबाट ४९ जना जुवाडे पक्राउ

भक्तपुर : भक्तपुरमा गएराति जुवातास खेलिरहेको अवस्थामा २४ जना पक्राउ परेका छन्। मध्यपुर थिमि नगरपालिका-५, एसएस चोकस्थित लोकल खाजाघर बाट रु ९९ सय हजार १ सय ५० रुपैयाँ नगद सहित ९ जना पक्राउ परेका जिल्...

#परे #नगरपालिका
Compare →

Related Stories

National (Nepal)
Build #2612