Trending
Prev Story
Next Story

बन्दीपुर केबलकार पहिलो त्रैमासमै झण्डै २ करोड घाटामा, आम्दानी बढे पनि खर्चको चाप उच्च

Bizshala •
November 16, 2026 • 08:34 AM
9
9 reads 0 reactions

काठमाण्डौ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ करोड ९६ लाख ९६ हजार...

बन्दीपुर केबलकार पहिलो त्रैमासमै झण्डै २ करोड घाटामा, आम्दानी बढे पनि खर्चको चाप उच्च

काठमाण्डौ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ करोड ९६ लाख ९६ हजार रुपैयाँ घाटामा गएको छ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ६१ लाख ३६ हजार रुपैयाँ घाटा व्यहोरेको थियो। यस आधारमा कम्पनीको घाटा करिब २४.६४ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १ करोड ३० लाख ३ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १ करोड २८ लाख २७ हजार रुपैयाँ थियो। यस आधारमा सञ्चालन आम्दानी करिब १.३८ प्रतिशतले बढेको छ।

कम्पनीको अन्य आम्दानी १८ लाख ९३ हजार रुपैयाँ रहेको छ भने कुल आम्दानी १ करोड ४९ लाख २६ हजार रुपैयाँ पुगेको छ।

यस अवधिमा कम्पनीको कुल सञ्चालन खर्च २ करोड ५९ लाख २२ हजार रुपैयाँ र वित्तीय खर्च ८७ लाख रुपैयाँ रहेको छ।

कम्पनीको चुक्तापूँजी २ अर्ब ८२ करोड ९९ लाख ९३ हजार रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको सञ्चित घाटा २९ करोड ९४ लाख ८६ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै कम्पनीको कुल सम्पत्ति ४ अर्ब ४० करोड ९५ लाख ४८ हजार रुपैयाँ पुगेको छ भने कुल दायित्व १ अर्ब ४१ करोड ४८ लाख ५७ हजार रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ऋणात्मक २.७९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०५.९६ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
1d ago
घाटाबाट नाफामा फर्कियो राष्ट्रिय बीमा कम्पनी, यस्ता छन् अन्य सूचक

घाटाबाट नाफामा फर्कियो राष्ट्रिय बीमा कम्पनी, यस्ता छन् अन्य सूचक

सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य वित्तीय सुधार गरेको...

#घाटा #त्रैमास
Compare →
Ekantipur
1d ago
बन्दीपुरमा पर्यटकको चाप, होटल भरिभराउ

बन्दीपुरमा पर्यटकको चाप, होटल भरिभराउ

चाडपर्वको बिदा र पर्यटकीय यामका कारण बन्दीपुरमा पर्यटकको आगमन बढेको हो ।

#बन्दीपुर #चाप
Compare →
Hamro Patro News
1d ago
बन्दीपुरमा पर्यटकको चाप थामिनसक्नु, होटल भरिभराउ

बन्दीपुरमा पर्यटकको चाप थामिनसक्नु, होटल भरिभराउ

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ। चाडपर्वको बिदा र पर्यटकीय याम सुरु भएसँगै पर्यटकको आगमन बढेको हो। पर्यटकको चाप बढेपछि यहाँका होटल तथा घरबास भरिभराउ भएका छ...

#बन्दीपुर #चाप
Compare →
Onlinekhabar
2d ago
साहस ऊर्जाको नाफा २१ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति ?

साहस ऊर्जाको नाफा २१ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२९ कात्तिक, काठमाडौं । साहस ऊर्जाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा २१ प्रतिशत बढेको छ । पहिलो त्रैमासमा कम्पनीले ५९ करोड ९१ लाख रुपैयाँ …

#आम्दानी
Compare →
Nagarik News
4d ago
बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

तनहुँको बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पर्यटकीय पार्क निर्माण गरिने भएको छ।

#बन्दीपुर
Compare →

Related Stories

Business & Economy
Build #2612