काठमाण्डौ । भुजुङ हाइड्रोपावर लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ८३ लाख ४ हजार ७३६ रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ६० लाख ५७५ रुपैयाँ खुद घाटा व्यहोरेको थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानीमा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा २ करोड २९ लाख ६६ हजार ९३१ रुपैयाँ रहेको विद्युत बिक्री आम्दानी बढेर चालु वर्षको सोही अवधिमा ५ करोड १४ लाख ११ हजार १२९ रुपैयाँ पुगेको छ। यो करिब १२३.८५ प्रतिशतको वृद्धि हो।
कम्पनीको कुल नाफा पनि १ करोड ६४ लाख १९ हजार २९५ रुपैयाँबाट बढेर ४ करोड ४३ लाख १३ हजार ४०८ रुपैयाँ पुगेको छ।
त्यस्तै, कम्पनीको वित्तीय खर्च २ करोड ४५ लाख ४६ हजार ८८१ रुपैयाँबाट घटेर १ करोड ६४ लाख १७ हजार ६३७ रुपैयाँमा सीमित भएको छ।
कम्पनीको चुक्तापूँजी १ अर्ब रुपैयाँ रहेको छ भने जगेडा तथा सञ्चित नाफा ८ करोड ९९ लाख २९ हजार ४२४ रुपैयाँ रहेको छ।
यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (ईपीएस) ३.३२ रुपैयाँ कायम भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ऋणात्मक १३ रुपैयाँ थियो।
कम्पनीको प्रतिसेयर नेटवर्थ ८९.९३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) १६८.८८ गुणा रहेको छ। दोस्रो बजारमा कम्पनीको प्रतिसेयर मूल्य ५६१ रुपैयाँ कायम भएको वित्तीय विवरणमा उल्लेख छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।