Trending
Prev Story
Next Story

बन्दीपुरमा पर्यटकको चाप, होटल भरिभराउ

Ekantipur •
November 16, 2026 • 05:02 AM
3
3 reads 0 reactions

चाडपर्वको बिदा र पर्यटकीय यामका कारण बन्दीपुरमा पर्यटकको आगमन बढेको हो ।

बन्दीपुरमा पर्यटकको चाप, होटल भरिभराउ

चाडपर्वको बिदा र पर्यटकीय यामका कारण बन्दीपुरमा पर्यटकको आगमन बढेको हो ।

दमौली (तनहुँ) — तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा यतिबेला स्वदेशी तथा विदेशी पर्यटकको चाप  बढेको छ । चाडपर्वको बिदा र पर्यटकीय यामका कारण बन्दीपुरमा पर्यटकको आगमन बढेको हो । पर्यटकको चाप बढेसँगै यहाँका होटल तथा घरबास भरिभराउ भएका छन् ।

पर्यटकको आगमन बढेपछि बन्दीपुर बजारमा चहलपहल निकै बढेको छ । होटलमा कोठा पाउन मुस्किल हुन थालेको छ भने बास बस्ने ठाउँ नपाएर केही पर्यटक फर्किनुपर्ने अवस्था सिर्जना भएको छ । बन्दीपुरमा कोठा नपाएपछि कतिपय पर्यटक नजिकैको डुम्रे बजारसम्म पुग्नुपर्ने अवस्था रहेको व्यवसायीले बताएका छन् ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष राजु बानियाँका अनुसार अहिले बन्दीपुरमा पर्यटकको चाप थामिनसक्नु छ । होटल तथा घरबासमा पर्यटक भरिभराउ हुँदा व्यवस्थापन गर्न पनि कठिन भएको उनले बताए।

उनका अनुसार बन्दीपुरमा स्वदेशी तथा विदेशी दुवै खालका पर्यटकको आगमन बढेको छ । चाडपर्वका कारण लामो बिदा हुनु र पर्यटकीय याम पनि सुरु भएकाले पर्यटकको चाप अत्यधिक बढेको हो । बन्दीपुरमा बास बस्न चाहने सबै पर्यटकलाई कोठा उपलब्ध गराउन नसकिएको उनको भनाइ छ ।

बन्दीपुरमा रहेका होटल तथा होमस्टेमा गरी करिब एक हजार ४०० जनालाई बास बसाउने क्षमता रहेको छ । यहाँ करिब ८० वटा होटल र चारवटा होमस्टे सञ्चालनमा छन् । तर, पानीको समस्याका कारण होटलले आफ्नो पूर्ण क्षमताअनुसार पर्यटक राख्न नसक्ने अवस्था रहेको अध्यक्ष बानियाँले बताए । पानीको उपलब्धताले होटल सञ्चालन र पर्यटक व्यवस्थापनमा असर पारेको उनको भनाइ छ ।

पर्यटकको चाप बढे पनि बासको व्यवस्थापन गर्न नसक्दा केही पर्यटक बन्दीपुरमै बस्न नपाई फर्किनुपर्ने अवस्था आउनु पर्यटन व्यवसायका लागि चुनौती बनेको छ । बन्दीपुरमा उपलब्ध होटल तथा होमस्टेको क्षमता र पूर्वाधारलाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए ।

होटल व्यवसायी वैशबहादुर गुरुङले चाडपर्वको बिदाका कारण बन्दीपुरमा पर्यटक ओइरिएको बताए। बिदाको समय घुमफिरका लागि उपयुक्त हुने भएकाले परिवार तथा साथीभाइसँग आउने आन्तरिक पर्यटकको सङ्ख्या बढेको उनको भनाइ छ । पर्यटकको चाप बढ्दा होटल व्यवसायमा उत्साह थपिएको भए पनि सबैलाई कोठा उपलब्ध गराउन कठिन भएको उनले बताए।

बन्दीपुरको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, ऐतिहासिक बजार र हिमशृङ्खलाको दृश्यावलोकनका कारण यो ठाउँ पर्यटकको रोजाइमा पर्दै आएको छ । विशेषगरी बिदाको समयमा परिवारसहित घुम्न आउने आन्तरिक पर्यटकको आकर्षण बढ्ने गरेको छ । विदेशी पर्यटक पनि बन्दीपुरको पुरानो बजार, स्थानीय जीवनशैली र प्राकृतिक वातावरणको अनुभव लिन पुग्ने गरेका छन् । पर्यटकको बढ्दो आगमनले होटल, रेस्टुरेन्ट, होमस्टे तथा स्थानीय व्यवसायमा आर्थिक गतिविधि बढाएको छ ।

खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार र पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रुपमा सूचीकृत गरेको छ ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्र बन्ने गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
बन्दीपुरमा पर्यटकको चाप थामिनसक्नु, होटल भरिभराउ

बन्दीपुरमा पर्यटकको चाप थामिनसक्नु, होटल भरिभराउ

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ। चाडपर्वको बिदा र पर्यटकीय याम सुरु भएसँगै पर्यटकको आगमन बढेको हो। पर्यटकको चाप बढेपछि यहाँका होटल तथा घरबास भरिभराउ भएका छ...

#पर्यटक #बन्दीपुर #बढे
Compare →
Bizshala
17h ago
अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटकको ओइरो, एक महिनामै झण्डै ४२ हजार पुगे, गत वर्षभन्दा १३ प्रतिशतले वृद्धि

अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटकको ओइरो, एक महिनामै झण्डै ४२ हजार पुगे, गत वर्षभन्दा १३ प्रतिशतले वृद्धि

काठमाण्डौ । नेपालको प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको...

#पर्यटक #पर्यटकीय
Compare →
Onlinekhabar
4d ago
बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

२६ कात्तिक, रसुवा । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक …

#पर्यटक #आगमन
Compare →
Nagarik News
4d ago
बाढीपछि गोसाइँकुण्डमा बढ्न थाल्याे पर्यटकको चहलपहल

बाढीपछि गोसाइँकुण्डमा बढ्न थाल्याे पर्यटकको चहलपहल

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ।

#पर्यटक #आगमन
Compare →

Related Stories

Business & Economy
Build #2612