Trending
Prev Story
Next Story

सार्क लाइफटाइम एचिभमेन्ट अवार्डबाट कवि केशव सिग्देल पुरस्कृत

Onlinekhabar •
November 16, 2026 • 04:30 AM
3
3 reads 0 reactions

काठमाडौं । कवि, लेखक, अनुवादक तथा समीक्षक केशव सिग्देल सार्क लाइफटाइम एचिभमेन्ट अवार्डबाट पुरस्कृत भएका छन् । ६७औँ सार्क लिटरेचर फेस्टिभलमा सिग्देललाई एक लाख भारतीय रुपैयाँ नगदसहित सम्मान गरिएको हो । भारतको नयाँ दिल्लीस्थित फाइन आर्ट एकेडेमीको …

सार्क लाइफटाइम एचिभमेन्ट अवार्डबाट कवि केशव सिग्देल पुरस्कृत

काठमाडौं । कवि, लेखक, अनुवादक तथा समीक्षक केशव सिग्देल सार्क लाइफटाइम एचिभमेन्ट अवार्डबाट पुरस्कृत भएका छन् ।

६७औँ सार्क लिटरेचर फेस्टिभलमा सिग्देललाई एक लाख भारतीय रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

भारतको नयाँ दिल्लीस्थित फाइन आर्ट एकेडेमीको सभाकक्षमा आइतबारदेखि बुधबारसम्म आयोजना भइरहेको उक्त कार्यक्रममा नेपाल, बङ्गलादेश, भुटान, श्रीलङ्का, भारत र अफगानिस्तानका कवि तथा लेखकहरूको सहभागिता रहेको छ ।

चार दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन आइतबार नेपालका लागि पूर्वराजदूत मञ्जीवसिंह पुरी, श्रीलंकाली नियोगकी हाइकमिसनर माइसिनी कोलुनी, महात्मा गान्धीकी नातिनी डा. तारा गान्धी भट्टाचार्यले र फाउन्डेसन अफ सार्क राइटर्स एन्ड लिटरेचरकी अध्यक्ष तथा साहित्यकार अजित कौरले मन्तव्य राखेका थिए ।

विश्वमै आफ्नो छुट्टै पहिचान बनाउन सफल चित्रकार अर्पणा कौरले स्वागत मन्तव्य राखेकी थिइन् ।

कार्यक्रममा प्रा. आशिष नन्दी, प्रा. अशोक भल्ला, प्रा. फकरुल आलमलगायतका सार्क राष्ट्रका ख्यातिप्राप्त कवि तथा लेखकहरूको उपस्थिति रहेको छ ।

उक्त सम्मेलनमा नेपालको तर्फबाट डा. रामदयाल राकेश अभय श्रेष्ठ, सरस्वती तिवारी, अनिश घिमिरे, विधान आचार्य, भिष्म उप्रेती, चन्द्र गुरुङ, प्रकाश थाम्सुहाङ, रजनी मिला, रमी प्रिया, लक्ष्मी रुम्बा, सुन्दर कुरुप, हेमन्त विवश, अनुषा शर्मा सहभागी छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
4d ago
भारत–पाकिस्तान सम्बन्ध नसुध्रिएसम्म सार्क सक्रिय हुन कठिन : शम्भुराम सिम्खडा

भारत–पाकिस्तान सम्बन्ध नसुध्रिएसम्म सार्क सक्रिय हुन कठिन : शम्भुराम सिम्खडा

भारत र पाकिस्तानबीचको समझदारीबिना सार्कलाई सक्रिय बनाउन कठिन हुने र सदस्य राष्ट्रका नेताहरूले क्षेत्रीय सहयोगको अवधारणालाई आत्मसात् गर्नुपर्ने पूर्वराजदूत डा. शम्भुराम सिम्खडाको भनाइ छ ।

#सार्क
Compare →
Nagarik News
1w ago
सार्कको अधुरो सपना

सार्कको अधुरो सपना

दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र अर्थात् साफ्टा सार्क क्षेत्रका देशहरूबिचको व्यापार प्रवर्धन गरी यस क्षेत्रको अर्थतन्त्रलाई सुदृढ बनाउने उद्देश्यले भएको साझा सम्झौता रहेको देखिन्छ।

#सार्क
Compare →
Hamro Patro News
2w ago
अमेरिका भ्रमणको तयारीमा प्रधानसेनापति सिग्देल, १५ करोड डलरभन्दा बढीको विपद् सहयोग घोषणा

अमेरिका भ्रमणको तयारीमा प्रधानसेनापति सिग्देल, १५ करोड डलरभन्दा बढीको विपद् सहयोग घोषणा

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देलले भारत, चीन र बेलायत भ्रमणपछि अमेरिका जाने तयारी गरेका छन्। उनको सम्भावित अमेरिका भ्रमणको सन्दर्भमा अमेरिकाले नेपाली सेनाको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि...

#सिग्देल
Compare →

Related Stories

World News
Build #2612