Trending
Prev Story
Next Story

उपराष्ट्रपति यादव र प्रधानसेनापति सिग्देलबीच शिष्टाचार भेटवार्ता

Onlinekhabar •
October 16, 2026 • 11:10 AM
1
1 reads 0 reactions

३० असोज, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानसेनापति अशोकराज सिग्देलबीच शिष्टाचार भेटवार्ता भएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार भएको भेटमा बडादशैंको शुभकामना आदानप्रदान पश्चात मुलुकको समग्र सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय विषय लगायत विविध …

उपराष्ट्रपति यादव र प्रधानसेनापति सिग्देलबीच शिष्टाचार भेटवार्ता

३० असोज, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानसेनापति अशोकराज सिग्देलबीच शिष्टाचार भेटवार्ता भएको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार भएको भेटमा बडादशैंको शुभकामना आदानप्रदान पश्चात मुलुकको समग्र सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय विषय लगायत विविध पक्षमा सौहार्दपूर्ण छलफल भएको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता र आन्तरिक सुरक्षा कायम राख्न नेपाली सेनाले खेल्दै आएको भूमिका र भोटेकोशी बाढीले निम्त्याएको विपत्तिमा सेनाले पुर्याएको महत्वपूर्ण योगदानको उच्च प्रशंसा गरे ।

प्रधान सेनापति सिग्देलले नेपाली सेनाले देशभर सम्हालिरहेको सुरक्षा प्रबन्ध, सीमा सुरक्षा र शान्तिसुरक्षाको वर्तमान अवस्था तथा भोटेकोशी विपत्तीमा सेनाले गरेको उद्धार कार्यबारे उपराष्ट्रपति यादवलाई जानकारी गराए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
उपराष्ट्रपति यादव र बेलायती राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

उपराष्ट्रपति यादव र बेलायती राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ / उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का महामहिम राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

#उपराष्ट्रपति #यादव #शिष्टाचार
Compare →
Nagarik News
1w ago
उपराष्ट्रपति यादव र बेलायती राजदूतबिच भेट

उपराष्ट्रपति यादव र बेलायती राजदूतबिच भेट

उनले नेपालको विकास प्रयासमा बेलायतले पुर्याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गरे।

#उपराष्ट्रपति #यादव
Compare →
Ekantipur
1d ago
भीमफेदी गाडी दुर्घटना : घाइते पाँचै जना यादव थरका, छठ मनाउन सर्लाही जाँदै थिए

भीमफेदी गाडी दुर्घटना : घाइते पाँचै जना यादव थरका, छठ मनाउन सर्लाही जाँदै थिए

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको माइक्रोबस दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

#यादव
Compare →
Arthasansar
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले...

#यादव
Compare →

Related Stories

National (Nepal)
Build #2611