Trending
Prev Story
Next Story

उपराष्ट्रपति यादव र बेलायती राजदूतबिच भेट

Nagarik News •
November 05, 2026 • 12:53 PM
1
1 reads 0 reactions

उनले नेपालको विकास प्रयासमा बेलायतले पुर्याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गरे।

उपराष्ट्रपति यादव र बेलायती राजदूतबिच भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन्।

भेटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, ब्रिटिश गोर्खा, जलवायु परिवर्तन, सामाजिक तथा आर्थिक विकासका साथै साझा चासोका विविध विषयमा कुराकानी भएको उपराष्ट्रपति यादवको सचिवालयले जानकारी दिए।

उक्त अवसरमा उपराष्ट्रपति यादवले नेपाल र बेलायतबीच सन् १८१६ देखि स्थापित कूटनीतिक सम्बन्ध परम्परागत मित्रता, आपसी सम्मान र सहयोगमा आधारित रहेको उल्लेख गरे।

उनले नेपालको विकास प्रयासमा बेलायतले पुर्याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गरे।

भेटमा उपराष्ट्रपति यादवले जलवायु परिवर्तन, सामाजिक–आर्थिक विकास तथा अन्य साझा सरोकारका क्षेत्रमा पारस्परिक हितका लागि बेलायतसँग सहकार्य विस्तार गर्न नेपाल उत्सुक रहेको बताए।

सो भेटका क्रममा राजदूत फेनले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्न बेलायत इच्छुक रहेको बताउँदै आगामी साता टर्कीमा हुने कोप–३१ सम्मेलनमा नेपालले अघि सारेको ‘माउन्टेन टु सी’ जलवायु एजेन्डालाई बेलायतले समर्थन गर्ने जानकारी दिए।

प्रकाशित: १९ कार्तिक २०८३ १८:३८ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
मधेसका मुख्यमन्त्री यादवले शनिबार विश्वासको मत लिने

मधेसका मुख्यमन्त्री यादवले शनिबार विश्वासको मत लिने

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार प्रदेशसभा बैठक आह्वान गरेका छन् ...

#यादव
Compare →
Onlinekhabar
10h ago
उपराष्ट्रपति भान्सलाई ट्रम्पको निर्देशन : घरेलु मुद्दामा केन्द्रित हुनू

उपराष्ट्रपति भान्सलाई ट्रम्पको निर्देशन : घरेलु मुद्दामा केन्द्रित हुनू

२७ कात्तिक, वासिङ्टन (रासस/एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जे डी भान्सलाई इरान युद्धबाट ध्यान हटाएर भ्रष्टाचार र अपराधविरुद्धको अभियानमा केन्द्रित हुन निर्देशन दिएका छन् । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि युद्धको आर्थिक …

#उपराष्ट्रपति
Compare →
Ekantipur
1d ago
भीमफेदी गाडी दुर्घटना : घाइते पाँचै जना यादव थरका, छठ मनाउन सर्लाही जाँदै थिए

भीमफेदी गाडी दुर्घटना : घाइते पाँचै जना यादव थरका, छठ मनाउन सर्लाही जाँदै थिए

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको माइक्रोबस दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

#यादव
Compare →
Arthasansar
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले...

#यादव
Compare →

Related Stories

Politics & Governance
Build #2611