Trending
Prev Story
Next Story

विराटनगर ८३ रनमै अलआउट, काठमाडौंलाई प्रतियोगिताकै सहज लक्ष्य

Nagarik News •
November 05, 2026 • 12:54 PM
1
1 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहिबार जारी खेलमा काठमाडौं गोर्खाजको घातक बलिङसामु विराटनगर किंग्स मात्र ८३ रनमा समेटिएको छ।

विराटनगर ८३ रनमै अलआउट, काठमाडौंलाई प्रतियोगिताकै सहज लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहिबार जारी खेलमा काठमाडौं गोर्खाजको घातक बलिङसामु विराटनगर किंग्स मात्र ८३ रनमा समेटिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर १८.३ ओभरमा सबै विकेट गुमाएर ८३ रनमै अलआउट भयो। जितका लागि काठमाडौंले ८४ रनको सहज लक्ष्य पाएको छ।

विराटनगरको सुरुवात निकै खराब रह्यो। शीर्ष तथा मध्यक्रम धराशायी बन्दा टोलीले ३५ रन जोड्दानै ७ विकेट गुमाइसकेको थियो।

त्यसपछि आठौं विकेटका लागि रूपेश सिंह र एन्जेलो म्याथ्युजले ३९ रनको साझेदारी गर्दै टोलीको इनिङ्स केही सम्हाले। रूपेशले २७ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक २६ रन बनाए भने म्याथ्युजले ३१ बलमा २२ रनको योगदान दिए।

विराटनगरका अन्य ब्याटर चल्न सकेनन्। टी-२० करिअरमा १० हजार रन पूरा गरेका आन्द्रे रसेल ३ रनमै पभेलियन फर्किए।

बसिर अहमदले १०, लोकेश बमले ६ र सेहान जयसूर्याले ५ रन बनाए। इमरान शेख, नारायण जोशी र शुभम रन्जाने शून्य रनमै आउट भए भने कप्तान सन्दीप लामिछाने ३ रनमा अविजित रहे।

काठमाडौंका लागि सन्तोष यादवले कसिलो बलिङ गर्दै ३ ओभरमा ११ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। त्यस्तै कप्तान करण केसीले १७ रन दिएर २ विकेट तथा सहाँन अराचिगेले ७ रन खर्चेर २ विकेट हात पारे।

शाहब आलम, जहानदाद खान र देव शाहले १-१ विकेट बाँडे। काठमाडौंका जहानदादले उत्कृष्ट फिल्डिङ गर्दै एक्लै ४ क्याच लिएका थिए।

प्रकाशित: १९ कार्तिक २०८३ १८:३९ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
विराटनगर किङ्स ‘गर या मर’ को अवस्थामा

विराटनगर किङ्स ‘गर या मर’ को अवस्थामा

विराटनगर। नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को लिग चरण अब निर्णायक तथा अन्तिम मोडमा आइपुगेको छ । कुल २८ लिग खेलमध्ये २५ खेल सकिँदा शीर्ष चारको समीकरण निकै रोचक बनेको छ । हालसम्म सुदूरपश्चिम रोयल्स ...

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →
Arthasansar
4h ago
जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

चितवन राइनोजका बलरहरुले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ८९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।...

#एनपीएल #प्रिमियर-लिग #लक्ष्य
Compare →
Onlinekhabar
4h ago
चितवनका स्पिनर चम्कँदा जनकपुर ८८ रनमै समेटियो

चितवनका स्पिनर चम्कँदा जनकपुर ८८ रनमै समेटियो

२७ कात्तिक, काठमाडौं । चितवन राइनोजका स्पिनरहरुले उत्कृष्ट बलिङ गरेपछि जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार ८८ रनमै समेटिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । तर …

#एनपीएल #प्रिमियर-लिग #रनमै
Compare →
Ekantipur
7h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2611