२९ कात्तिक, काठमाडौं । छठ पर्वको तेस्रो तथा महत्त्वपूर्ण दिन आज तराई–मधेशसहित देशका अधिकांश ठाउँमा व्रतालु तथा भक्तजनले सूर्यदेव र छठी माताको आराधना गरेका छन् ।
विशेषगरी तराई–मधेशतिर परिवारको सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामना गर्दै मनाइने यो पर्वका अहिले राजधानी काठमाडौंमा पनि धुमधामसँग मनाइन्छ । यसैक्रममा काठमाडौंको कमलपोखरीलाई पनि धुमधामसँग सजाइएको छ ।
विशेषगरी तराई मूल घर भएर हाल काठमाडौंमा बस्दैआएका हिन्दु धर्मावलम्बीले अहिले काठमाडौंमा पनि छठ मनाउँछन् । त्यसका लागि कमलपोखरी पनि छठ मनाउने केन्द्र बनेको छ ।
यसैले यहाँ बत्ती तथा फूलमालाले कमलपोखरी सजाइएको छ । जसले यहाँको सन्ध्याकालीन दृश्य निकै लोभलाग्दो बनेको छ ।
प्रसाईं अनलाइनखबरका फोटोपत्रकार हुन् ।