Trending
Prev Story
Next Story

रोनाल्डोको सन्यसापछि पोर्चुगलको फराकिलो हार

Onlinekhabar •
November 15, 2026 • 05:30 AM
5
5 reads 0 reactions 4 comments

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि पोर्चुगलले खेलेको पहिलो खेलमा डेनमार्कसँग ४-१ ले पराजित भएको छ । युइएफए नेसन्स लिग अन्तर्गत शनिबार राती भएको खेलमा पोर्चुगलका खेलाडीहरुले रोनाल्डोको सम्मानमा जर्सी नम्बर ७ लगाएर मैदान …

रोनाल्डोको सन्यसापछि पोर्चुगलको फराकिलो हार

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि पोर्चुगलले खेलेको पहिलो खेलमा डेनमार्कसँग ४-१ ले पराजित भएको छ ।

युइएफए नेसन्स लिग अन्तर्गत शनिबार राती भएको खेलमा पोर्चुगलका खेलाडीहरुले रोनाल्डोको सम्मानमा जर्सी नम्बर ७ लगाएर मैदान प्रवेश गरेका थिए । अनी खेलको सातौं मिनेटमा स्ट्यान्डिङ ओभेएसन पनि दिए ।

तर घरेलु मैदान स्टाडियो मुनिसिपालमा भएको खेलमा भने पोर्चुगल डेनमार्कसँग फराकिलो अन्तरले पराजित यभो ।

रोनाल्डोको सन्यसापछिको पहिलो खेलमा पोर्चुगलको प्रदर्शन बिर्सनलायक रह्यो ।

डेनमार्कका लागि रासमस होएलन्डले ५०औं र ५७औं मिनेटमा गोल गरे । पिएरे एमिल होएवर्गले ४३औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । यस्तै योकिम एन्डरसनले ७५औं मिनेटमा गोल गरे ।

पोर्चुगलका लागि दोस्रो हाफको इन्जुरी टाइममा बर्नार्डो शिल्भाले सान्त्वना गोल फर्काए ।

डेनमार्कसँग पराजित भएपनि लिग ए को ग्रुप फोरमा ५ खेलबाट १२ अंकसहित पोर्चुगल शीर्ष स्थानमै छ र यसअघि नै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको छ ।

तेस्रो जितपछि डेनमार्क पनि ९ अंक जोडेर दोस्रो स्थानमा छ र क्वाटरफाइनल नजिक छ । अब समूहको अन्तिम खेलमा डेनमार्कले नर्वेसँग खेल्नेछ ।

नर्वेले पनि वेल्सलाई ३-१ ले पराजित गर्दै दोस्रो जित हात पारेको छ । नर्वेका लागि एन्टोनियो नुसा, आन्द्रेस सेल्ड्रुप र एर्लिङ हालान्डले एक-एक गोल गरे । वेल्सका डेभिड ब्रुक्सले एक गोल फर्काए । नर्वेको ५ खेलबाट ६ अंक भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
16h ago
रोनाल्डोको संन्यासपछिको खेलमा पोर्चुगल पराजित

रोनाल्डोको संन्यासपछिको खेलमा पोर्चुगल पराजित

लन्डन, (एजेन्सी) क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय करिअरबाट संन्यास लिएपछिको खेलमा पोर्चुगल पराजित भएको छ । नेसन्स लिग कपअन्तर्गत खेलमा पोर्चुगल आफ्नै घरेलु मैदानमा डेनमार्कसँग ४–१ ले हारेको...

#पोर्चुगल #रोनाल्डो #डेनमार्क
Compare →
Ekantipur
1d ago
रोनाल्डो विनाको पोर्चुगल पराजित

रोनाल्डो विनाको पोर्चुगल पराजित

क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएयताको पहिलो खेलमा पोर्चुगल डेनमार्कको हातबाट शनिबार ४–१ ले पराजित भएको छ ।

#पोर्चुगल #रोनाल्डो #डेनमार्क
Compare →
Nagarik News
2d ago
सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको नयाँ अध्याय सुरु गर्दै समर्थकलाई सरप्राइज दिएका छन्।

#रोनाल्डो
Compare →

Related Stories

Education & Youth
Build #2612