काठमाडौं । क्रिस्टियानो रोनाल्डोको नामसँग जोडिएको पोर्चुगलको प्रतिष्ठित ७ नम्बर जर्सीले फेरि नयाँ खेलाडी पाएको छ। यसअघि रोनाल्डोले लगाउने गरेको उक्त जर्सी राफायल लियोलाई दिइएको थियो। तर शनिबार राति डेनमार्कविरुद्धको खेलमा भने अर्कै खेलाडी ७ नम्बरको जर्सीमा मैदानमा देखिए।
नेसन्स लिगअन्तर्गत डेनमार्कविरुद्धको खेलमा २२ वर्षीय कार्लोस फोर्ब्स ७ नम्बरको जर्सी लगाएर मैदान उत्रिएका हुन्। उनी खेलको ६४औँ मिनेटमा जोआओ फेलिक्सको स्थानमा मैदान प्रवेश गरेका थिए।
Read full story at source ( barnanmedia.com )