Trending
Prev Story
Next Story

पर्वतीय एजेन्डालाई कोप–३१ को अन्तिम निर्णयमा समेट्न नेपालको कूटनीतिक पहल

Nagarik News •
November 14, 2026 • 03:23 PM
2
2 reads 0 reactions

नेपालले पर्वतीय क्षेत्रसँग सम्बन्धित जलवायु मुद्दालाई संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) को अन्तिम निर्णयमा समेट्न कूटनीतिक पहल तीव्र बनाएको छ।

पर्वतीय एजेन्डालाई कोप–३१ को अन्तिम निर्णयमा समेट्न नेपालको कूटनीतिक पहल

नेपालले पर्वतीय क्षेत्रसँग सम्बन्धित जलवायु मुद्दालाई संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) को अन्तिम निर्णयमा समेट्न कूटनीतिक पहल तीव्र बनाएको छ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेकी कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पर्वतीय एजेन्डालाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्राथमिकतामा स्थापित गर्न सम्मेलनको अध्यक्ष राष्ट्र तथा प्रमुख वार्ता समूहसँग छलफल अघि बढाएकी छन्।

नेपाल र भुटानले संयुक्त रूपमा प्रस्तुत गरेको प्रस्ताव तथा किर्गिजस्तानको प्रस्तावलाई एकीकृत गर्दै ‘पर्वत तथा जलवायु परिवर्तन’ विषयमा छलफल अघि बढाउने सहमति भइसकेको चौधरीले बताएकी छन्। यसअन्तर्गत जलवायु परिवर्तनसम्बन्धी सहायक निकायका आगामी अधिवेशनमा पर्वतीय मुद्दाबारे संवाद शृङ्खला सञ्चालन गरिनेछ।

नेपालले उक्त संवादबाट प्राप्त निष्कर्षलाई आगामी कोप सम्मेलनमा प्रस्तुत गर्ने व्यवस्था कभर डिसिजनमै समेट्न माग गरेको छ। साथै पर्वतीय क्षेत्रका लागि छुट्टै कार्यढाँचा निर्माण, पर्वतविशेष सूचक तय तथा जलवायु अनुकूलन र वित्तमा पर्वतीय मुलुकको सहज पहुँच सुनिश्चित गर्नुपर्ने प्रस्ताव पनि अघि सारेको छ।

नेपालले हिमनदी पग्लिने, नदी प्रणाली प्रभावित हुने र समुद्री सतह बढ्ने विषयबीचको अन्तरसम्बन्धलाई ‘सगरमाथादेखि समुद्रसम्म’ अवधारणाका आधारमा अन्तर्राष्ट्रिय जलवायु बहसमा स्थापित गर्नसमेत जोड दिएको छ।

मन्त्री चौधरीले पर्वतीय एजेन्डाको संस्थागत मान्यता सुनिश्चित गर्नुका साथै हानि तथा नोक्सानी कोषमा रकम वृद्धि र जलवायु परिवर्तनबाट प्रभावित मुलुकको सहज पहुँचका लागि नेपालले निरन्तर पैरवी गरिरहेको बताएकी छन्।

कोप–३१ को अन्तिम निर्णय सबै पक्ष राष्ट्रको सहमतिमा पारित हुने भएकाले नेपालको प्रस्तावलाई अन्तिम निर्णयमा समेट्न सम्मेलनको अध्यक्ष राष्ट्र तथा प्रमुख वार्ता समूहसँगको समन्वयलाई प्राथमिकता दिइएको छ।

नेपालले पर्वतीय क्षेत्रले भोगिरहेका जलवायु परिवर्तनका विशिष्ट चुनौतीलाई विश्वव्यापी जलवायु वार्ताको मूलधारमा स्थापित गर्ने उद्देश्यसहित कोप–३१ मा आफ्नो कूटनीतिक पहललाई केन्द्रित गरेको छ।

प्रकाशित: २८ कार्तिक २०८३ २१:०८ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2d ago
कोपमा नेपालसहितका पर्वतीय देशका मुद्दा कम प्राथमिकतामा

कोपमा नेपालसहितका पर्वतीय देशका मुद्दा कम प्राथमिकतामा

जलवायु परिवर्तनबाट भएको क्षतिबापत् प्राप्त हुने हानी तथा नोक्सानी कोषको वित्तिय सहयोगमा छिटो पहुँच पुर्‍याउने र हिमालसँग सम्बन्धित जोखिमका मुद्दाहरुलाई कोप ३१ मा उठाएर विश्व समुदायमा दबाब सिर्जना गर्ने लक्ष्य नेपालको छ

#जलवायु #पर्वतीय #कोप
Compare →
Onlinekhabar
8h ago
स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, भने- कोप–३१ मा नेपालको हिमाली एजेन्डा स्थापित गर्न प्रयास गर्‍यौं

स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, भने- कोप–३१ मा नेपालको हिमाली एजेन्डा स्थापित गर्न प्रयास गर्‍यौं

२८ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन् । तुर्कीएको अन्ताल्यामा जारी सम्मेलनमा सहभागी हुन गत साता …

#जलवायु #कोप #एजेन्डा
Compare →
Bizshala
1d ago
कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

काठमाण्डौ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार खेपिरहेका मुलुकमध्ये एक नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन...

#जलवायु #कोप #एजेन्डा
Compare →
Hamro Patro News
1d ago
नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह

नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह

नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसीसी) अन्तर्गतको वार्तामा स्थायी तथा संस्थागत एजेन्डाका रूपमा स्थापित गर्न आग्र...

#जलवायु #पर्वतीय #एजेन्डा
Compare →

Related Stories

National (Nepal)
Build #2612