Trending
Prev Story
Next Story

एनपीएल सिजन–३ : प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लाग्यो

Onlinekhabar •
November 14, 2026 • 03:31 PM
1
1 reads 0 reactions 4 comments

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को प्लेअफ पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेट पराजित गरेपछि चितवन राइनोज प्लेअफ पुग्ने …

1 / 2
Swipe Photos

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को प्लेअफ पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ ।

शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेट पराजित गरेपछि चितवन राइनोज प्लेअफ पुग्ने अन्तिम टोली बन्यो ।

रुबेन ट्रमपलम्यानले दवस्रो अन्तिम बलमा रुपेश सिंहलाई छक्का प्रहार गरेपछि लुम्बिनीले १६७ रनको लक्ष्य ६ विकेट गुमाएर पूरा गरेको हो ।

लुम्बिनीसँगै सुदूरपश्चिम रोएल्सले यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको थियो ।

आज लुम्बिनीले विराटनगरलाई हराएपछि र काठमान्डु गोर्खाज र चितवन राइनोजले आफ्नो खेल नभएपनि प्लेअफमा स्थान बनाउन सफल भएको छ । हारपछि ७ खेलबाट ६ अंक जोडेर विराटनगर लिग चरणबाटै बाहिरिएको छ ।

चितवनले आइतबार कर्णाली याक्सविरुद्ध लिग चरणको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान पक्का गरेको छ । चितवन ६ खेलबाट ७ अंकसहित चौथो स्थानमा छ । साथै चितवनले एलिमिनेटर खेल्ने पनि पक्का भएको छ । चितवनले अन्तिम खेल जितेपछि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्सलाई भेट्ने छैन ।

अन्तिम खेलमा जितपछि लुम्बिनी ७ खेलबा६ ११ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ र पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ । अब लुम्बिनीसँग पहिलो क्वालिफायर खेल्ने टोलीको टुङ्गो आइतबारको खेलपछि हुनेछ ।

सुदूरपश्चिमले पनि ७ खेल खेलिसकको छ र १० अंक जोडेर दोस्रो स्थानमा छ । ६ खेल खेलेको काठमान्डु ८ अंकसहित तेस्रो स्थानमा छ । काठमान्डुले आफ्नो अन्तिम लिग खेल आइतबार पोखरा एभेन्जर्ससँग खेल्नेछ । यदी काठमान्डुले उक्त खेल जितेमा सुदूरपश्चिमलाई पछि पार्दै दोस्रो स्थानमा उक्लनेछ र पहिलो क्वालिफायर खेल्नेछ ।

एनपीएलको दोस्रो संस्करणमा प्लेअफ खेलेका चार मध्ये तीन टोली लुम्बिनी, सुदूरपश्चिम र काठमान्डुले तेस्रो संस्करणमा पनि प्लेअफमा स्थान बनाउँदा चितवन दोस्रो पटक प्लेअफ पुगेको हो । चितनवले पहिलो संस्करणमा पनि प्लेअफ खेलेको थियो । यस्तै सुदूरपश्चिम तीनवटै संस्करणमा प्लेअफ पुग्ने एक्लो टिम बनेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
1d ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #प्रिमियर-लिग #प्लेअफ
Compare →
Hamro Patro News
1d ago
सुदूरपश्चिम रोयल्स प्लेअफमा मा पुग्ने दोस्रो टोली

सुदूरपश्चिम रोयल्स प्लेअफमा मा पुग्ने दोस्रो टोली

काठमाडौँ । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । काठमान्डू गोर्खाज्लाई ७ रनले पराजित गर्दै सुदूरपश्चिम प्लेअपमा पुगेको हो । यसअघि ...

#एनपीएल #प्रिमियर-लिग #प्लेअफ
Compare →
Nagarik News
1d ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल #प्लेअफ
Compare →
Ekantipur
4h ago
लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्दै

लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्दै

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग क्रिकेटको शनिबारको खेलमा विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर विराटनगरलाई ब्याटिङका लागि बोलाएका हुन्

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →

Related Stories

National (Nepal)
Build #2612