Trending
Prev Story
Next Story

आगलागीमा परी खोटाङमा एक वृद्धको मृत्यु

Ekantipur •
November 14, 2026 • 04:32 AM
10
10 reads 0 reactions

साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७० वर्षीय धिरजबहादुर राईको आगलागीमा परेर ज्यान गएको छ।

आगलागीमा परी खोटाङमा एक वृद्धको मृत्यु

साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७० वर्षीय धिरजबहादुर राईको आगलागीमा परेर ज्यान गएको छ।

खोटाङ — साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७० वर्षीय धिरजबहादुर राईको आगलागीमा परेर ज्यान गएको छ। परिवारदेखि छुट्टिएर एक्लै बाँझेच्यानडाँडाको रातमाटेस्थित गोठमा बस्दै आएका वृद्ध राई गोठमा मृत फेला परेका हुन्।

करिब एक वर्षदेखि गोठमा बसेर सुन्तलाखेती र सुङ्गुरपालन गर्दै आएका राई आफैंले अगेनामा बालेको आगो गोठमा सल्किँदा जलेर उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको वडाध्यक्ष हेमन राईले जानकारी दिए।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ पठाइएको छ। घटनाको जानकारी पाएलगत्तै जिल्लाबाट टोली पठाएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए।

उत्तम चाैलागाई खोटाङबाट रिपोटिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
७० वर्षीय वृद्धको आगलागीमा परेर मृत्यु

७० वर्षीय वृद्धको आगलागीमा परेर मृत्यु

खोटाङ। साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७० वर्षीय धिरजबहादुर राईको आगलागीमा परेर ज्यान गएको छ । परिवारदेखि छुट्टिएर एक्लै बाँझेच्यानडाँडाको रातमाटेस्थित गोठमा बस्दै आएका वृद्ध राई बुधबार गोठमा...

#राई #बाँझेच्यानडाँडा #गोठ
Compare →
Onlinekhabar
20h ago
यूएन पार्क अगाडिको एक भवनमा आगलागी

यूएन पार्क अगाडिको एक भवनमा आगलागी

२८ कात्तिक, काठमाडौं । काठमाडौंको यूएन पार्क अगाडिको एक भवनमा आगलागी भएको छ । ललितपुर महानगरपालिका–१० कार्यालयको देब्रेपट्टि रहेको उक्त भवनमा ‘सेकुवालय’ नामक रेस्टुरेन्ट सञ्चालित थियो । केहीबेर अघिबाट लागेको आगो अहिले नियन्त्रणमा आएको छ । आगलागीको …

#आगलागी
Compare →

Related Stories

National (Nepal)
Build #2612